Year: 2021

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, यी हुन् एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठक आज पनि, यी हुन् एजेण्डा

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज आइतबार बिहान बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक बिहान ११ बजे भक्तपुरको गठ्ठाघरमा बस्नेछ। शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीमा १५ एजेण्डा छन् । पहिलो दिनको बैठकमा सपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराइएको थियो भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको थियो । त्यस्तै, आगामी २३ पुसमा जिल्ला अधिवेशन एकै साथ र ८ माघ ८ गते सबै प्रदेश कमिटीको अधिवेशन एकैसाथ निर्देशन दिइएको छ । बैठकले नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने र प्रदेशमा रिक्त रहेका पदाधिकारीहरू मनोनित गर्नेछ । बैठक सञ्चालन कार्यविधि बनाउने बैठकका एजेण्डा…
Read More
पौडेल निवासमा देउवाको ४५ मिनेट वार्ता : देउवाले भने– मलाई सहयोग गर्नुहोस्

पौडेल निवासमा देउवाको ४५ मिनेट वार्ता : देउवाले भने– मलाई सहयोग गर्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्वको दौडबाट बाहिरिएका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति शेरबहादुर देउवाले भेटेर सहयोग मागेका छन् । शनिबार सभापतिको उम्मेदवारी दर्ता गरेपछि राति सवा ९ बजे बोहोराटारस्थित पौडेल निवास पुगेका देउवाले महाधिवेशनमा आफूलाई सहयोग गर्न नेता पौडेललाई आग्रह गरेका हुन् । ‘सवा ९ बजेतिर उहाँ (देउवा) आउनु भएको थियो । ४५ मिनेटजति भेट भयो’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले न्युज कारखानासँग भने, ‘राष्ट्रलाई तपाइँको अझै खाँचो छ । स्वास्थ्यको ख्याल गर्नुहोला र महाधिवेशनमा मलाई सहयोग गर्नुहोस् ।’ उनका अनुसार नेपाली कांग्रेसको विगत, वर्तमान र भविष्यको बारेमा छलफल गर्दै देउवाले परिवारिक कुराकानीसमेत गरेका थिए । शनिबार १४औँ…
Read More
कांग्रेस महाधिवेशन : यी हुन् महामन्त्रीमा टिक्न नसकेका नेता

कांग्रेस महाधिवेशन : यी हुन् महामन्त्रीमा टिक्न नसकेका नेता

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केही नेताले आफ्नो उम्मेदवारी महामन्त्री पदमा भन्दै महाधिवेशन उद्घाटन अघि देखि दाबी गर्दै आएका थिए । तर, अन्तिम समयमा भने उनीहरु महामन्त्रीबाट सहमहामन्त्रीमा होइन सिधै केन्द्रीय सदस्य पदमा झरे । खासगरी संस्थापन पक्षबाट महामन्त्रीमा धेरैको आकांक्षा थियो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले महामन्त्रीमा बलियो दाबेदारी प्रस्तुत गर्दै आएका थिए । त्यसैगरी अहिलेका सहमहामन्त्री प्रकाशशरण महतको पनि दाबी थियो । प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की पनि आकांक्षी थिए । सबै नेताले आफू महामन्त्रीको दाबेदार भन्दै प्रचार गरिरहेका थिए । प्रचार प्रसारमा एनपी साउद…
Read More
बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने, अन्तिम नामावली पनि आजै

बिहान ११ बजेभित्र उम्मेदवारी फिर्ता लिइसक्नुपर्ने, अन्तिम नामावली पनि आजै

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । समितिले शनिबार राति उम्मेदवारकाे प्रथम नामावली प्रकाशन गरिसकेकाे छ । जसअनुसार १३४ पदका लागि ५४८ जनाकाे उम्मेदवारी परेकाे छ । सभापतिमा मात्र ६ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएकाे समितिले जानकारी दिएकाे छ । आज मध्याह्न सवा १२ बजे…
Read More
अनि पौडेल रोए…

अनि पौडेल रोए…

काठमाडौं । गरुंगो मन, मलिन अनुहार अनि, टिलपिल आँखा। केहीबेर यताउती हेरेपछि रामचन्द्र पौडेलले मुख खोले, ‘अब म राजनीतिक प्रतिस्पर्धामा छैन।’ पौडेलको घोषणापछि बोहोराटारस्थित उनको निवासमा शनिबार बिहान केहीबेर सन्नाटा छायो। त्यहाँ उपस्थित नेता, कार्यकर्तालाई पौडेलले भने, ‘हिजोसम्म मैले तपाईंहरूको संरक्षण गरें, अब आफैं गर्नुहोला।’ पार्टीको १४औं महाधिवेशनमा उम्मेदवार बन्न नेताहरूबीच तँछाममछाड, दौडधुप, चलखेल र जोडघटाउ भइरहेका बेला झन्डै ६ दशक कांग्रेसको सक्रिय राजनीति गरेका वरिष्ठ नेता पौडेल भने ‘निराशा’ व्यक्त गर्दै थिए। चित्त दुःखाइरहेका थिए। पौडेलको अरूसँग नभै, ‘आफ्नै’ प्यानलका नेताहरूसँग चित्त दुःखाइ थियो, असन्तुष्टि थियो। पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न प्यानलको तर्फबाट साझा उम्मेदवार बनाउनुपर्ने उनको प्रस्ताव…
Read More
माओवादीको कार्यक्रममा कांग्रेस कार्यकर्ताहरु प्रवेश गरेपछि…

माओवादीको कार्यक्रममा कांग्रेस कार्यकर्ताहरु प्रवेश गरेपछि…

काठमाडौं । सिंहदरबारको पश्चिम गेटदेखि भृकुटीमण्डपसँग नेपाली कांग्रेसको १४औं महाधिवशेनका बाक्लो चहलपहल थियो । कांग्रेसको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ता गर्नुअघि प्रत्येक समूहका कार्यकर्ताले भोट माग्ने र समर्थकले नाराबाजी गर्ने गरिरहँदा भृकुटीमण्डपमा निकै भीड भएको थियो । उम्मेदवारी दिनुअघि सभापतिका उम्मेदवार प्रकाशमान सिंहले सम्पर्क कार्यालय बनाएको स्थान नेपाल साल्ट ड्रेडिङ (बग्गीखाना) परिसरमा पनि निकै ठूलो घुइँचो थियो । धिमे र पञ्चेबाजासहित प्रकाशमानको पक्षमा समर्थकहरू नारा लगाइरहेका थिए । श्रेष्ठका समर्थकले बग्गीखाना भरिभराउ थियो । पौडेल समूह छोडेर श्रेष्ठको प्यानलबाट उपसभापति घोषणा गरेका सुजता कोइराला र पार्टी सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै महामन्त्रीमा उम्मेदवार बनेका विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका…
Read More
जन्ती बोकेको बस दुर्घटना

जन्ती बोकेको बस दुर्घटना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४, बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना भएको छ। सो दुर्घटनामा बस चालकको मृत्यु भएको छ। जन्ती बोकेको बा २ ख ५६१४ नम्बरको बस शनिबार राति दुर्घटना हुँदा चालक बलेफी–६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन्। अन्य सामान्य घाइते भएका छन्। घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएको छ। बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ। बलेफी–५ का स्थानीय सन्तोष भुजेलको बिवाहको जन्ती लिएर काभ्रेको भुम्लु जान लागेको बस राति ९ बजे दुर्घटनामा परेको हो।
Read More
कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली सार्वजनिक (सूचीसहित)

कांग्रेस महाधिवेशन : उम्मेदवारहरुको प्रथम नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ । सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ। दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार…
Read More
यस्तो छ मंसिर २६ गते आइतबारको राशिफल

यस्तो छ मंसिर २६ गते आइतबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । कर्कट (हि, हु, हे, हो, डा, डि,…
Read More
काठमाडौँमा ‘इन्डियन फुड फेस्टिभल’ आयोजना

काठमाडौँमा ‘इन्डियन फुड फेस्टिभल’ आयोजना

काठमाडौँ । भारतीय दूतावासको सहयोगमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रले काठमाडौँमा इन्डियन फुड फेस्टिभल ‘फ्लेभर्स अफ कश्मीर’ नामक कार्यक्रमको आयोजना गरेको छ । काठमाडौंस्थित होटल एलोफ्टको सहकार्यमा आजादीका अमृत महोत्सव अन्तर्गत फुड फेस्टिभल आयोजना गरिएको जनाइएको छ । पुस ४ सम्म चल्ने महोत्सवमा भारतीय सेफ सञ्जय रैनाले तयार पारेका परिकारहरुका साथै कश्मीरका मौलिक परिकारहरुको प्रदर्शनी गरिएको छ ।महोत्सवको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरे । ठमेलस्थित होटेल एलोफ्टमा आयोजना गरिएको महोत्सवमा कश्मीरी परिकारहरु पुलाव, रिस्ता, गुश्ताबा, तबकमोज, लाल चिकन, कबाब, फिरनी आदीको स्वाद लिन पाइने जनाइएको छ । भारतको ७५ औं स्वतन्त्र वर्षको उत्सव मनाउन भारत सरकारले अघि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.