भारतले किन ढिलो गर्‍यो सम्झौता भइसकेको १० लाख खोप दिन ?

काठमाडौं । सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ गरेको छ ।

आन्तरिक माग बढेको कारण देखाउँदै सम्झौता भइसकेको १० लाख खोप नेपाललाई उपलब्ध गराउन भारतले ढिलाइ गरेको हो ।

यस अगाडि भारतले अप्रिलको पहिलो साताभित्र खोप उपलब्ध गराउने आश्वासन दिएको थियो । तर, कोरोना संक्रमितको संख्या ह्वात्तै भएको कारण देखाउँदै आन्तरिक माग पूरा गर्ने आफूहरुको प्राथमिकता रहेको भारतले जानकारी दिएको छ । अधिकारीहरुका अनुसार आन्तरिक माग जति नै भए पनि भारतले चाहने हो भने १० लाख खोप उपलब्ध गराउन कुनै पनि खालको कठिनाइ छैन ।

आन्तरिक मागलाई प्राथमिकता दिएको भनिए पनि भारतले विभिन्न मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउँदै आएको छ । १० लाख खोप उपलब्ध गराउन स्वास्थ्य र परराष्ट्र मन्त्रालयले नियमित रुपमा फलोअप गरिरहेका छन् । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृयदेश त्रिपाठीले भारतीय अधिकारीहरुसँग कुराकानी गरेका थिए ।

Facebook Comments