‘पासवर्ड अरू कसैलाई पनि नदिऔँ’

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले पासवर्ड अरू कसैलाई पनि नदिन आग्रह गरेको छ ।

    सोमबार साइबर सुरक्षाका लागि सूचना जारी गर्दै प्राधिकरणले कम्तीमा पनि १० अंकको पासवर्ड राख्न आग्रह गरेको हो ।

    साथै पासवर्ड सुरक्षित राख्न प्राधिकरणले ११ सुझाव दिएको हो । प्राधिकरणले पासवर्डसँग सम्बन्धित जारी गरिएको सूचनामा पासवर्ड बनाउँदा अंग्रेजी अक्षरका ठूला र साना अक्षर, नम्बर, २३ जस्ता विशेष अक्षर समावेश गर्न आग्रह गरिएको छ ।

    त्यस्तै, युजरनेम र पासवर्ड एउटै नराख्न, शब्दकोशमा प्रयोग भएका शब्द नराख्न, सजिलै अनुमान गर्न सकिने आफन्तको नाम, फोन नम्बर, ठेगाना र जन्ममिति नराख्न पनि प्राधिकरणले सुझाएको छ । त्यसैगरी, एउटै पासवर्डलाई धेरै अकाउन्टमा प्रयोग नगर्न, पासवर्डलाई कम्तीमा तीन–तीन महिनामा परिवर्तन गर्न, पहिले प्रयोग भएको पासवर्डलाई पुनः प्रयोग नगर्न र कुनै पनि सिस्टममा भएको डिफल्ट पासवर्डलाई तुरुन्तै परिवर्तन गर्न अनुरोध गरिएको छ ।

    Facebook Comments