विद्यार्थी धमाधम बिरामी पर्दै, सामुदायिक विद्यालय बन्द !

भोजपुर । विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि पाँच दिन विद्यालय बन्द गरिएको छ।

एकपछि अर्को गर्दै विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि एक सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गरिएको हो। विद्यार्थी र शिक्षकमा ज्वरो र ठेउला देखिन थालेपछि टेम्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही सातादेखि विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन बन्द गरिएको छ ।

विद्यार्थी र शिक्षकमा कडा ज्वरो आउने र ठेउला देखिएपछि स्वास्थ्य जोखिमलाई हेरेर ५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन् । संक्रमणबाट जोगिन विद्यालय बन्द गरिएको हो।

ज्वरो र ठेउलाले विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन् । करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जोखिम हुन नदिन विद्यालय बन्द गर्न बाध्य भएको उनले सुनाइन् ।

Facebook Comments