पाँचखाल लगानी सम्मेलन कोरोनाका कारण अन्योलमा

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले गत आर्थिक वर्षको अन्त्यतिर गर्ने भनिएको लगानी सम्मेलन त्यतिबेला कोरोना भाइरस्को सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि रोकिएको थियो ।

    रोकिएको लगानी सम्मेलन नगरले चालू आर्थिक वर्षमा गर्ने कार्यतालिका बनाए पनि पुनः कोरोना भाइरस्को सङ्क्रमण बढ्नसक्ने भएपछि रोकिएको छ । लगानी लम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस् सङ्क्रमणका कारण योजनामै सीमित भएको देखिएको छ ।

    कोरोना भाइरस् सङ्क्रमणको दोस्रो लहर बढ्दै सङ्क्रमण बढ्ने भएपछि स्थानीय प्रशासनको सार्वजनिक अपिलसँगै नगरका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाइएको छ । “यो आर्थिक वर्षमा गर्ने लक्ष्य राखेका थियौँ तर भाइरस् बढ्नसक्ने देखिएपछि प्रशासनको आग्रहमा नगरका सबै कार्यक्रम स्थागित ग(यौँ”, नगरप्रमुख महेश खरेलले भने ।

    खरेलका अनुसार कोरोना सङ्क्रमण शून्य भएपछि चालू आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने योजना थियो । नगरले गत आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरिसकेको थियो ।-रासस

    Facebook Comments