टिकापुर पार्कमा मोटरसाइकल दुर्घटना, १ महिलाको मृत्यु

कैलाली । सवारी दुर्घटना हुँदा १ महिलाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे कैलालीको टिकापुर नगरपालिका १ टिकापुर पार्कमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार मृत्यू हुनेमा सोही नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउद रहेकी छन् । गम्भीर घाइते भएकी साउदलाई उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाएको छ ।

पैदल हिडीरहेकी महिलालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

Facebook Comments