तलब नपाएको भन्दै शिक्षकहरु धर्नामा

    रुपन्देही । तलब नपाएको भन्दै शिक्षकहरु शान्तीपुर्ण धर्नामा बसेका छन् ।

    तलब नपाएको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाको विभिन्न विद्यालयमा पढाउदै गरेका ७ शिक्षकहरुले नगरपालिकाको कार्यालयमा शान्तीपुर्ण धर्ना दिएका हुन् ।

    शिक्षण सिकाई अनुदान शिक्षक संघर्ष समिति लुम्बिनीका संयोजक रामु यादवले बताएअनुसार साउन देखि अहिलेसम्म तलब नपाएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाईको छ ।

    केही महिना अघि केन्द्रबाट नै अनुदानको रकम नपाठएपछि विभिन्न चरणमा संघर्ष गरी माग गरिएको तलबको रकम नगरपालिकामा आएपनि शिक्षकको खातामा पठाउन नगरपालिकाले आलटाल गरेकोे उनले बताए । शिक्षण सिकाई अनुदानको लागि उक्त नगरपालिकामा आ.वा. २०७७/०७८ क लागि २१ लाख ६० हजार उनले जानकारी दिएका छन् ।

    माग सम्बोधन नभएमा चैत २६ गते शिक्षा शाखामा तालाबन्दी गर्ने, चैत २९ गते नगरपालिकाको मूल गेटमा तालाबन्दी गर्ने र ३१ गते कक्षा ६ देखि १० सम्मका विद्यार्थी, शिक्षक, विद्यालय व्यवास्थापन समितिका पदाधिकारी, विभिन्न समाजसेवी तथा संचारकर्मीहरुको उपस्थिती गराई नगरपालिका अगाडी विरोध सभा समेत गर्ने संघर्ष समितिका संयोजक यादवले बताएका छन् ।

    ध्यानाकर्षण पत्रमा साउन देखि बाकि रहेको तलबलाई भुक्तानी पाउन र दरबन्दी मिलान वा अन्य कुनै बहानामा अनुदानका शिक्षकहरुलाई विस्थपित गर्न नहुने माग गरेका छन् ।

    Facebook Comments