कम्यूनिष्ट फुट्नुमा प्रचण्डको स्वार्थ !

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन् ।

मन्त्री चौधरीले स्वार्थ नमिल्दा कम्युनिस्ट एकता फुटाएको भन्दै प्रचण्डमाथि गम्भिर आरोप लगाएका हुन्। ‘प्रचण्डले नै एमालेसँग पार्टी एकता गरेको उल्लेख गर्दै अहिले स्वार्थ नमिल्दा एकता फुटाएको तर्क गरे ।

साथै उनले प्रचण्डलाई स्वार्थको राजनीति छोड्न समेत भनेका छन् । नेकपा एमालेसँगको एकता जोगाउन आफूहरु मन्त्री पदमा रहेको बताउँदै सांसद पद खोस्नु जनमतको अपमान भएको तर्क गरेका छन् ।

मन्त्री चौधरीले ‘प्रचण्डजीले पार्टी एकता गर्न हुने, स्वार्थ नमिलेपछि एकता टोड्नु, त्यो उहाँहरुको कमजोरी हो, हाम्रो के गल्ति छ पद नै खोस्नुपर्ने ।’

Facebook Comments