संसदलाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको सांसद श्रेष्ठले गरिन् यस्तो प्रश्न

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारमाथि गम्भिर आरोप लगाएकी छन् ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको गम्भिर आरोप लगाएकी हुन् ।

उनले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको बताइन् । ‘सरकारले विजनेस नदिएर संसदले काम गर्न सक्दैन भन्ने सन्देश दिन खोजरिहेको छ’ उनले भनिन्, ‘के को लागि सन्देश दिन खोजेको ?’

संसदको अनादर गर्ने हो भने अर्को जनादेशबाट संसद निर्वाचित भए पनि काम गर्न नसक्ने श्रेष्ठले बताइन् । ‘अर्को जनादेशबाट आएको संसदमा पनि यही खालको गतिविधि गर्ने हो भने देश कसरी अगाडि बढ्छ रु’ उनले प्रश्न गरिन् ।

Facebook Comments