नेपालका राजनीतिक पार्टीहरु आखिर के चाहन्छन् ? बाँस्कोटाको यस्तो प्रश्न

काठमाडौं । नेकपा (एमाल) का सांसद गोकुल प्रसाद बाँस्कोटाले नेपालका राजनीतिक पार्टीहरु आखिर के चाहन्छन् ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले यस्तो प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले परिस्थितिको सही मूल्यांकन र विश्लेषण गरेर नै ताजा जनादेशमा जाने निर्णय गरेको र अहिले उक्त निर्णय सही सावित भएको पनि जिकिर गरेका छन् ।

उनले भने केपी शर्मा ओली नेतृत्वको सरकार बन्नुअघिसम्म नेपालको राजनीति राजनीतिमा मात्रै केन्द्रित रहेको भएपनि सरकार बनेपछि विकास र समृद्धि प्राथमिकतामा परेको स्पष्ट पारे । साथै उनले वर्तमान सरकारले पूर्वाधारको विकासमा ध्यान दिएको विश्वास पनि दिलाए ।

उनले भने,‘यत्तिकै विरोधको लागि विरोध गरिने कुराले हामी सही गन्तव्यमा पुग्न सक्दैनौं । त्यसकारण तथ्यतर्फ जाऔं । विकास नगर्ने हो भने दलको आवश्यकत्ता किन ?’ उनले आफूहरु संसारसँग सँगै हिँड्न चाहेको पनि उल्लेख गरे ।

Facebook Comments