काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् । उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । गएराति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना ४९ प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४१ प ६४३६ नम्बरको मोटरसाइकल भुटनदेवी मोडमा एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरु हेटौंडाका विज्ञान रुम्बा, विजय लामा र विक्रम लामा रहेको प्रहरीले जनाएको छ । उपचारपछि रुम्बालाई प्रहरीले नियन्त्रणमा राखेको छ । रासस
Facebook Comments