काठमाडौं । पेप्सिकोलामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
आज बिहान साढे ६ बजे पेप्सिकोला काठमाडौं-३२ वडा कार्यालय अगाडि कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार मृत्यु हुनेमा तीनकुने निवासी २१ वर्षीय दितम गोभाजु रहेको छ ।
गोभाजुसहित ७ जना सवार बा १० च २८६४ नम्बरको कार मुलपानीबाट जडिबुटीतिर आउँदै गर्दा वडा कार्यालय अगाडि अनियन्त्रित भएर रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताए ।
Facebook Comments