ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु, ७२ जना घाइते

काठमाडौं । ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने ७२ जना घाइते भएको जनाइएको छ ।

ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु हुनुको साथै ७२ जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको हो ।

ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेल ट्रकलाई ठक्कर दिएपछि सुरुङभित्र लिकबाहिर गएर दुर्घटनाग्रस्त भएको थियो।

उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाएका छन्। अझै पनि केही यात्रु भित्रै रहेको र उनीहरुको उद्धार भइरहेको जनाइएको छ।

Facebook Comments