त्रिदेशीय कप फुटबलका विजेतलाई सरकारले जनही चार लाख दिने

काठमाडौँ । सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही रु चार लाख दिने भएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही रु चार-चार लाख दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै त्रिदेशीय कप फुटबलको उपाधि जितेको थियो । नेपालका लागि सन्जोग राई र विशाल राईले गोल गरेका हुन्। नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । उपाधिसँगै नेपालले पाँच हजार डलर पुरस्कार प्राप्त गरेको छ ।

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली दशरथ रंगशाला पुग्नुभएको थियो । नेपालको तर्फबाट दुवै गोल हुँदा प्रधानमन्त्री ओलीले उठेर ताली बजाउँदै खेलाडीलाई हौसला प्रदान गरेका थिए । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले पनि विजेता खेलाडीलाई जनही रु एक लाख पुरस्कार दिने घोषणा गरिसकेको छ ।-रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.