नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ ।

पार्टी कार्यालय सानेपामा आज दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानविनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेस गर्ने औपचारिक एजेण्डा रहेको छ ।

माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ भने जनता समाजवादी पार्टी (जसपा) विभाजित देखिन्छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर सम्वादमा छन् ।

स्रोतकाअनुसार आजको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसमा नयाँ प्रस्ताव राख्न सक्छन् । पौडेल समूहका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्छ भन्नेमा छन् र, सभापति देउवाले अहिले अविश्वासको प्रस्ताव लैजाँदा असुरक्षित महसुस गरेको भए अर्को व्यक्तिलाई अघि सारेर भएपनि अघि बढ्नुपर्ने मत रहेको एक नेताले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.