भन्सारमा नेपालीबाटै यसरी लुटिन्छन् नेपाली

कैलाली । नेपाली यातायात व्यवसायीहरुले भारतको विभिन्न सहरमा सेवा सुविधा दिँदै आएका छन् । भारतीय यातायात व्यवसायीबाट लुटिने, पिटिने गुनासो आएपछि नेपालको धेरै यातायात व्यवसायीले धनगढीबाट भारतको विभिन्न सहरमा सेवा दिइरहेका छन् । तर, भारतमा मजदुरी गर्दै आएका नागरिकहरु भने तिनै नेपालीबाट नै ठगिने गरेको गुनासो उनीहरुको छ।

नेपाली भएर पनि उजीहरुले विभिन्न बहानामा यातायात व्यवसायीहरुले दुःख दिने गरेको अछाम बान्नीगढी जयगढ गाउँपालिका–६ बस्ने पदम थापाले बताए । ‘पछिल्लो समयमा धनगढीबाट धेरै यातायात भारतको विभिन्न सहरमा पुग्छन्’,उनले भने, ‘उनीहरुको नियत पनि ठीक छैन् ।

यही फागुन २३ गते भारतको पुनाबाट छुटेको बसमा मध्यप्रदेश र राजस्थान बोर्डरमा चोरी भएको थापाले बताए । पुनाबाट छुटेको ४९५० नम्बरको बागेश्वरी टुर्स ट्राभल्सको बसमा ५ लाख बराबरको सामग्री गाडी चालककै संलग्नतामा लुटिएको उनले आरोप लगाए । उक्त बसमा थापा लगायत ६ जनाको धनमाल चोरी भएको हो । हिक्मत थापा, महेन्द्र विष्ट लगायत ६ जनाको धनमाल चोरी भएको हो ।

‘दिनेश खत्री र विष्णु जोशीले हाम्रो डिलक्स बसमा सुरक्षित साथ धनगढी पुर्याउछौँ भन्दै आफू सञ्चालक भएको गाडी नम्बर ४९५० मा पुनाबाट यात्रा शुरु भएको हो’ बसमा सामान लुटिएका अर्का व्यक्ति हिक्मत थापाले भने । भारतको पुनाकाट गौरीफण्टासम्मको भाडा १ हजार ६०० रुपैयाँ भारु भएपनि २ हजार ३०० रुपैयाँ लिएको उनले बताए ।

धनमाल चोरी भएको कुरा जिल्ला प्रहरी कार्यालय कैलालीलाई समेत जानकारी दिएको नागरिक तथा शान्ति समाज नेपाल संस्थामा कार्यरत मदन साउदले बताए । उनले नेपाली यातायात व्यवसायीबाट पटक–पटक ठगिने गरेको बताए । ‘भारतको विभिन्न सहरबाट आउने क्रममा नेपालीहरुलाई तोकिएको भन्दा बढी भाडा लिने, आर्थिक मानसिक र भौतिक पीडा समेत दिने गरेका छन् । साउदले भने, ‘नेपाली यातायात व्यवसायीबाट यात्रुहरु रुष्ट छन् । यसमा सरोकारवाला निकायको ध्यान जान आवश्यक छ ।

Facebook Comments