नयाँ सरकार बनाउन माओवादी र जसपाबीच छलफल शुरू

Warning: Undefined array key "default_pro" in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

Warning: Trying to access array offset on value of type null in /home/insuran1/nepalsatya.com/wp-content/themes/Newspaper/includes/wp_booster/td_block.php on line 167

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नयाँ सरकार बनाउने प्रयास गरिरहेको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच पेरिसडाँडामा छलफल शुरू भएको छ ।

पार्टी कार्यालयमा नयाँ सत्ता समीकरणबारे जसपासँग छलफल चलिरहेको माओवादीका स्थायी कमिटी सदस्य गणेश साहले लोकान्तरलाई जानकारी दिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरूसँग छलफल गर्न जसपा नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका छन् ।

यसअघि जसपाले नेकपा एमाले र नेपाली कांग्रेससँग छलफल गरिसकेको छ । माओवादी केन्द्रले समेत जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।

Facebook Comments