स्वास्थ्य मन्‍त्रालयको लापरवाही : विज्ञप्ति एकछिनमै सच्याइयाे, संक्रमितको संख्या २४५ मात्रै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण सच्याएको छ। बिहीबार बिहान ७:४५ बजे जारी गरेको अध्यावधिक विवरण त्रुटीपूर्ण भएकाले सच्याइएको मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अधिकारीले आज बिहान पाँच जना नयाँ संक्रमित थपिएको भनेर विवरण दिएका थिए। बिहीबार बिहान १० : १५ मा जारी विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुन: रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु।’

यस अगाडि जारी गरेको विवरण दोहोरिएपछि नयाँ संक्रमित हुन होइनन् पुन : पुष्टि गर्न मन्त्रालयका अधिकारीसँग सम्पर्क गर्दा टेलिफोन उठेको थिएन। यस सन्दर्भमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले विवरणमा त्रुटी हुन सक्ने तर अहिले बुझेर मात्र केही भन्न सकिने प्रतिक्रिया दिएका थिए । तर पछि पुन: अर्को विज्ञप्तिमार्फत मन्त्रालयले गल्ति सच्याएको हो।

धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना संक्रमित पाइएको पुष्टि बैशाख ३१ गते मंगलबार १०:१५ बजे नै मन्त्रालयले गरेको अध्यावधिक विवरणमा उल्लेख थियो। मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो। पछिल्लो विवरणअनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.