बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि.

विराटनगर : एकाबिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए। सबै जना काममा व्यस्त रहे। सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका-४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसे। घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाए। प्रहरीका अनुसार बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लग्दै ढोका थुनेर बलात्कार गर्न थाले।

त्यत्तिकैमा उनकी पत्नी घरमा आइपुगिन्। कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन्। वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बलात्कार गरेको कुरा खोलिन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बालिकालाई बलात्कार गर्ने तोमकुमारलाई पक्राउ गरिएको जानकारी दिए। उनीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान सुरु गरिएको राईले बताए। उनकाअनुसार स्थानीय बासिन्दा भेला हुन थालेपछि घरबाट फरार भएका तोमकुमारलाई मिक्लाजुङको जंगलतर्फ भाग्दै गरेको अवस्थामा बुधबार साँझ पक्राउ गरिएको हो। भाग्ने क्रममा लडेर उनको टाउकोमा चोट समेत लागेको प्रहरीको भनाइ छ।

‘काममा नजाने आफ्नै पतिको व्यवहारमा पत्नीलाई शंका रहेछ। त्यही भएर बीचमै काम छाडेर उनी घर आइपुगिन्’ प्रनि राईले भने, ‘घरको कोठाभित्र एक बालिकालाई श्रीमानले राखेको चाल पाएपछि बाहिरबाट ढोकाको चुक्कुल लगाएर छिमेकीलाई बोलाइछन्। त्यसपछि स्थानीय भेला भएर बुझ्दा घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै बालिकालाई बोलाएर बलात्कार गरेको खुल्यो।’

प्रारम्भिक अनुसन्धानबाट पनि तोमकुमारले बलात्कार गरेको खुलेको राईले बताए। बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको छ। स्वास्थ्य परीक्षण सम्बन्धी प्रारम्भिक रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरीले जनाएको छ।

‘प्राय परिवारका सदस्यले गरेको कतिपय गलत काम लुकाउने प्रयास गरिन्छ,’ राईले ‘तर यहाँ भने बालिकामाथि बलात्कार गर्ने पतिलाई पत्नीले नै कानुनी कारबाहीको दायरामा ल्याउन सहयोग गरिन्।’ अन्नपुर्णबाट सभार

ताजा अपडेट

पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मकै उच्च : एकैबर्षमा ६ लाख ६२ हजार ९५ जनाले लिए रेसिडेन्सी !

पोर्चुगल । पोर्चुगलमा आप्रवासीको संख्या हालसम्मै उच्च रहेको विदेशी र सीमा सेवा सेफले जनाएको छ। सन् २०२० मा आवास अनुमति लिने बिदेशी आप्रवासीहरुको संख्या...

४ मन्त्रीलाई थप मन्त्रालयको जिम्मेवारी दिइयो, कसको जिम्मामा कुन मन्त्रालय ? (विज्ञप्तिसहित)

काठमाडौं । सर्वोच्च अदालतले संविधान विपरित मन्त्रिपरिषद् विस्तार गरेको ठहर गर्दै १८ मन्त्री तथा राज्यमन्त्रीलाई पदमुक्त गरिदिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीविहीन बनेको मन्त्रालयमा जिम्मेवारी...

समर्थकले रोनाल्डोलाई कोकको बोतलले हानेपछि….

एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो निकै फर्ममा देखिएका छन् । उनले जारी युरो कपका समूह चरणका तीनवटै खेलमा गोल गरे । फ्रान्स विरुद्धको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

पछिल्लो २४ घण्टामा कति जना संक्रमित निको भए?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५१८ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९० दशमलब ७ प्रतिशत रहेको...

पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७४ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार...

‘आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य’

काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति...

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चर्चित