सीमा समस्यालाई राजनीतिक रूप नदिउ: नेवि संघ दार्चुला

दार्चुला । नेवि संघ दार्चुलाले क्षेत्रिय समस्यालाइ राजनीतिक रूप नदिन सरकार तथा राजनीतिक दलहरूलाइ अपिल गरेकाे छ। नेवि संघका अध्यक्ष उमेश केसीकाे नेतृत्वमा विद्यार्थीहरूले सुदूरपश्चिम क्षेत्रवासीकाे तर्फबाट यस्ताे अपिल गरेका हुन्।

अध्यक्ष केसीले सीमा विवादका कारण भारतसँगकाे वर्षाैदेखि चलिआएकाे अर्थिक, समाजिक तथा संस्कृतिक सम्बन्धमा खलल पुग्ने बताए। उनले भने,’नेपाल सरकार तथा राजनीतिक दललाई याे अपिल छ कि काेराेना भाइरसकाे महामारी चालिरहेकाे बेला सीमा विवादलाइ राजनीतिक रूप नदिइ दुवै देशका प्रतिनिधि बसेर छलफलकाे माध्यमबाट निष्कर्षमा पुगे राम्राे हुनेछ।’

अध्यक्ष केसीले दार्चुलावासीकाे सुविधलाइ ध्यानमा राखी सरकारले भारतसँग सीमा विवादकाे विषयमा शान्तिपूर्ण तरिकाले वार्ता गर्न आग्रह समेत गरे। उनले यस विषयमा लकडाउन खुलेपछि सरकारलाइ ज्ञापन पत्र समेत बुझाउने बताए।

By नेपाल सत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.