नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा देखियाे कोरोना संक्रमण
कपिलवस्तु । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया नर्समा कोरोना संक्रमण देखिएको छ । पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएका ९ जनामध्ये ८ जना कपिलवस्तु नगरपालिकाका क्वारेन्टाइनमा रहेका र १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्समा कोरोना देखिएको बताए । ‘८ जना क्वारेन्टाइनमा रहेका र १ जना अस्पतालमा काम गर्ने सिस्टर रहेको जानकारीमा आएको छ,’ उनले भने । अस्पतालकी नर्समा कोरोना संक्रमण भएको नेपालमा पहिलो पटक हो । कपिलवस्तु नगरपालिकाभित्र…