आइसोलेसन कक्षबाट थुनुवासहित २ काेराेना संक्रमित फरार
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका छन् । संक्रमण देखिएपछि उपचारका लागि अस्पतालको आइसोलेसनमा बसिरहेका २ जना अहिले भर्खरै ४ बजेतिर अस्पतालबाट भागेको जनाइएको छ । अस्पतालले भने उनीहरुको खोजीकार्य भइरहेको जानकारी दिएको छ । पर्साका प्रहरी प्रमुख गंगा पन्तले पनि दुई जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र आफू पनि त्यसतर्फ जान लागेको जानकारी दिइन् । उनीहरु मंगलबार भर्ना भएका थिए। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्। अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।