सुरक्षा/अपराध

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने तयारी

काठमाडौं।काठमाडौं उपत्यका भित्रिने सबै नाका कडाई गर्न नेपाली सेना परिचालन गर्न गृहकार्य थालिएको छ । कोरोना संक्रमित थपिएसँगै उपत्यकाका भित्रिने सबै नाकामा सेना परिचालन गर्ने गृहकार्य थालिएको हो । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी तथा तथा ४ वटै सुरक्षा निकायका जिल्ला प्रमुखसहितको संयुक्त बैठक नाका कडाईका लागि सेना परिचालन गर्न क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिसमक्ष सिफारिससमेत गरेका छन् । २३  वैशाखमा गृहमन्त्री रामबहादुर थापाले मन्त्रिस्तरीय निर्णयबाट भारतसँग सीमा जोडिएका जिल्ला प्रशासनलाई पत्र लेखेर सीमाबाट नेपालतर्फ ५ किलोमिटर क्षेत्रभित्र सेना परिचालन गर्न निर्देशन दिएका थिए । त्यसको १  हप्तापछि उपत्यकास्थित जिल्ला प्रशासन कार्यालयले पनि राजधानी प्रवेश…
Read More
झण्डावाल गाडीसहित यी व्यक्तिलाई चाहिदैन सवारी पास (सूचीसहित)

झण्डावाल गाडीसहित यी व्यक्तिलाई चाहिदैन सवारी पास (सूचीसहित)

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि लकडाउनमा सरकारले थप कडाइ गरेको छ। यसअघि लिएका पास समेत खारेज गरेको छ। गृह मन्त्रालयले गरेको निर्णय अनुसार आजदेखि पुरानो पास लिएर एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ। लकडाउनको समयमा विभिन्न जिल्लाले एक जिल्लाबाट अर्को जिल्लामा जानको लागि जारी गरेको पास तथा ई९पास समेत खारेज गरेको हो। अत्यावश्यक रुपमा काठमाडौं उपत्यकाबाट अर्को जिल्ला जानुपर्ने भए सम्बन्धित जिल्लाले पुग्नु पर्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर जारी गर्न पाउने छ। त्यस्तै बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र आउनु पर्ने भए गृह मन्त्रालयसँग समन्वय गरेर पास जारी गर्न सकिने छ। काठमाडौं उपत्यकाभित्र भने एउटै जिल्लाबाट…
Read More
जिल्लाका पास पनि खारेज गर्ने निर्णय

जिल्लाका पास पनि खारेज गर्ने निर्णय

काठमाडौं - गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीकाअनुसार शनिबारबाट लागू हुने गरी यो निर्णय गरिएको हो। यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।
Read More
आजबाट देशभर लकडाउन पूर्ण रूपमा बनाइयाे कडा!

आजबाट देशभर लकडाउन पूर्ण रूपमा बनाइयाे कडा!

काठमाडौं । राजधानीलगायत देशभर नै कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आज (बिहीबार) बाट लकडाउन कडा बनाएको छ । गृह मन्त्रालयको निर्णय अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयले यस अघि जारी गरेका सम्पूर्ण पास खारेज गर्दै आजबाट लकडाउन कडा बनाउने निर्णय गरेका छन् । दुई दिन लकडाउन खुकुलो बनाउँदा उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेपछि लकडाउन अझै कडा बनाउने निर्णय भएको हो । मंगलबार एकैदिन ८३ जनामा संक्रमण देखिएपछि सरकारले आजदेखि कडा बनाउने घोषणा गरेको हो । आजबाट अत्यावाश्यक ९ वटा क्षेत्रबाहेकका व्यक्तिहरुलाई सडकमा निस्किन समेत कडाइ गरिने भएको छ । त्यस्ता व्यक्ति सवारी पास लिएर हिँडे पनि जरुरी कामको…
Read More
अस्पतालबाट भागेका अर्का संक्रमित मावलीघरबाट पक्राउ

अस्पतालबाट भागेका अर्का संक्रमित मावलीघरबाट पक्राउ

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालको आइशोलेसन वार्डबाट भागेका दुवै संक्रमित पक्राउ परेका छन्। बुधबार अपरान्ह अस्पतालको आइसोलेसन वार्डको शौचालयबाट हाम फालेर भागेका दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए। अर्का संक्रमित भने बुधबार राति मावलीघरबाट पक्राउ परेका हुन्। अस्पतालको आइसोलेसन वार्डबाट भागेका वीरगन्ज १६ इनर्वाका संक्रमित जाबेद मिया, पर्साको धोबीनी गाँउपालिका ३ हरिहरपुरस्थित मावलीघरबाट बुधबार राति पक्राउ परेका हुन्। अस्पतालबाट भागेर हरिहरपुरस्थित मावली घरमा मिया पुगेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। मियालाइ मावलीघरबाट नियन्त्रणमा लिई एम्बुलेन्समा राखेर बुधबार राति १२ बजे वीरगन्जको नारायणी अस्पतालमा ल्याएर राखिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। मियाका आफन्तका अनुसार ,…
Read More
बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि.

बालिकालाई बलात्कार गर्दागर्दै पत्‍नीले बाहिरबाट चुक्कुल लगाइदिएपछि.

विराटनगर : एकाबिहानै परिवारका सबै सदस्य खेतमा काम गर्न निस्किए। सबै जना काममा व्यस्त रहे। सबै काममा गए पनि मोरङको उर्लाबारी नगरपालिका-४ का ३९ वर्षीय तोमकुमार लिम्बू भने घरमै बसे। घरमा परिवारका सदस्य कोही पनि नभएको मौका छोप्दै उनले बुधबार बिहान स्थानीय १५ वर्षीया बालिकालाई ललाईफकाई बिहान ८ बजेतिर आफ्नै घरमा बोलाए। प्रहरीका अनुसार बोलाएपछि घरमा आइपुगेकी बालिकालाई लिम्बूले कोठाभित्र लग्दै ढोका थुनेर बलात्कार गर्न थाले। त्यत्तिकैमा उनकी पत्नी घरमा आइपुगिन्। कोठाभित्र बालिकालाई राखेर पतिले गलत हर्कत गरिरहेको आशंकामा उनले बाहिरबाट ढोकाको चुक्कुल लगाइदिँदै छरछिमेकीलाई बोलाइन्। वरपरका सबै भेला भएर सोधपुछ गर्ने क्रममा बालिकाले ललाईफकाई घरमा बोलाएर आफूमाथि तोमकुमारले बलात्कार…
Read More
वितरित सबै सवारी पास रद्द, यी हुन् पास चाहिने र नचाहिने सवारी साधान (सूचीसहित)

वितरित सबै सवारी पास रद्द, यी हुन् पास चाहिने र नचाहिने सवारी साधान (सूचीसहित)

काठमाडौं।यसअघि वितरण गरिएका सबै पास रद्द भएका छन् ।गृह मन्त्रालयले सूचना नै जारी गरेर आजबाट यसअघि वितरित सबै पास रद्द गरेको जनाएको हो । अब पुरानो पास लिएर चल्ने सबैलाई कारबाही गरिनेछ । तर सरकारले आजबाट लागु हुने गरी अत्यावश्यक सेवाका सवारीलाई पास नचाहिने पनि जनाएको छ । तर, ती सवारीमा यात्रा गर्ने सबैले अनिवार्य आधिकारिक परिचयपत्र भने लिनुपर्नेछ । निश्चित समयका लागि पास अर्कोतर्फ पास नचाहिने भनेर तोकिएका सवारी बाहेकका सवारी साधनलाई अत्यावश्यक र आकस्मिक अवस्था हेरेर निश्चित समयका लागि पास पाउने व्यवस्था गरिएको छ । अर्को जिल्लामा जान नपाउने आजबाट एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइएको छ…
Read More
जातीय विभेदको आरोपमा महिला पक्राउ

जातीय विभेदको आरोपमा महिला पक्राउ

सोलुखुम्बु। जातीय विभेद गरेको आरोपमा सोलुखुम्बुमा १ महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई रहेकी छिन् । सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए । तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सङ्गीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । ‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको’ मीनबहादुरको जाहेरीमा उल्लेख छ…
Read More
माइतीघरमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा

माइतीघरमा प्रदर्शन गर्नेलाई प्रहरीले विद्युतीय झट्का लगाएको खुलासा

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा माइतीघर क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले विद्युतीय झट्का प्रयोग गरेको पाइएको छ । विद्यार्थीले गरेको सो प्रदर्शनमा विद्युतीय झट्का प्रयोग गरेको पाइएको हो । प्रहरीले विद्युतीय झट्का दिने इलेक्ट्रोनिक सकर २०६२–०६३ को जनआन्दोलनमा प्रयोग गरेको थियो । हुलदंगा हुँदा कसैलाई नियन्त्रणमा लिनुपर्दा वा दंगा गर्नेलाई भगाउन उक्त इलेक्ट्रोनिक सकर प्रयोग गरिने प्रहरीले जनाएको छ । तर माइतीघरमा सोमबार शान्तिपूर्ण रुपमा भेला भएका विद्यार्थीमाथि प्रहरीले उक्त डिभाइस प्रयोग गरेको हो । पूर्व महान्यायाधीवक्त रमण श्रेष्ठले प्रहरीले झट्का दिनुलाई मौलिक अधिकार र मानवअधिकार विरुद्धको कार्य भएको टिप्पणी गरे । प्रहरी प्रवक्ता निरजबहादुर शाहीले भने…
Read More
कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । कालापानी क्षेत्रको सीमा सुरक्षााका लागि छाङरुको गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा सुरक्षा विभागका प्रमुख एआईजी नारायणबाबु थापाको उपस्थितिमा सशस्त्र प्रहरीको बीओपी स्थापना भएको जनाइएको छ । नेपाली सेनाको एम–१६ हेलिकोप्टरमार्फत थापासहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार ईन्द्रजित राई लगायतको टोली दार्चुला पुगेको थियो । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामाग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामानहरू दार्चुला सदरमुकाम खलङ्गाबाट हेलिकोप्टरमार्फत छाङरु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.