सुरक्षा/अपराध

६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस(सूचीसहित)

६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस(सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरलाई सोही समूहतर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली छन् । यसैगरी इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । हेर्नुहोस् सूची
Read More
विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर र धनकुटाको संक्रमित क्षेत्र सिल

विराटनगर। विराटनगर महानगरपालिकाको दुई वडालाई सोमबार बिहानबाट सिल गरिएको छ। ६ र १५ वडामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबार साँझ बसेको जिल्लास्थित सुरक्षा निकायको आकस्मिक बैठकले वाडालाई सिल गर्ने निर्णय गरेको थियो। सोमबार बिहानदेखि दुवै वडामा मानिसको आवत–जावत र पसलहरु बन्द गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए। सुरक्षा निकायबीच आइतबार साँझ अनलाइन (भिडियो कन्फरेन्स) सुरक्षा बैठक बसेको थियो। उता जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको जिल्ला अस्पताल र आसपासका क्षेत्र सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठका अनुसार आइतबार राति…
Read More
सांसद यादव अपहरण प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

सांसद यादव अपहरण प्रकरणको अनुसन्धान कहाँ पुग्यो ?

काठमाडौं । प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे ।  प्रहरीका अनुसार अपहरण गरिएको भनिएको सो घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात पेस गरिएको छ ।  प्रहरीले घटनावारे जाहेरी लिन नमानेपछि यादवले सरकारी वकिलकाे कार्यालयमार्फत जाहेरी दर्ता गराएका थिए ।  अपहरण अभियोग लागेका ३ जनाले गत १० वैशाखमा यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर एक होटलमा राखेको यादवको दाबी छ ।  अपहरण अभियोगमा अनुसन्धान सकेको बताएको प्रहरीले अपहरण हो होइन भन्ने विषयमा खुलाएको छैन । अब सरकारी वकिलकाे कार्यालयले…
Read More
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ 

स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने कार्की पक्राउ 

काठमाडौं । शनिबार सद्भाव नेपालका अध्यक्ष भन्ने अभिषेक श्रेष्ठ, उत्तम कार्की दीपकराज रेग्मीसहितको समूहले प्रदेश ३ का जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीको गाडी अनुगमन गर्ने नाममा उनीमाथि दुर्व्यवहार गरेका थिए ।  अनुगमनका क्रममा उनीहरूले गाडीमा सवार कार्कीलाई झोला खोल्न लगाएका थिए । अनुगमन गर्ने युवा कसैसँग पनि आधिकारिक परिचयपत्र नभएकाले उनीहरूलाई पक्राउ गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।  उनीहरूमध्ये उत्तम कार्की पक्राउ परेको र अन्यको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।
Read More
औषधि व्यवसायीको हत्या आशंका, श्रीमतीसहित तीनजना नियन्त्रणमा

औषधि व्यवसायीको हत्या आशंका, श्रीमतीसहित तीनजना नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका-१० मधुमारामा आइतबार बिहान एकजना औषधि व्यवसायीको शंकास्पद मृत्यु भएको छ । घटनाको प्रकृति हेर्दा उनको स्वभाविक मृत्यु नभइकन हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ खनार घर भई विराटनगरमा औषधिको डिलर सञ्चालन गर्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको मृत्यु शंकास्पद देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । दुलालले मधुमारामा घर भाडामा लिएर देवी माँ पाथीभरा फर्मा नाम दिएर औषधिको डिलर सञ्चालन गर्दै आएका थिए । सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएको भन्दै उनलाई उपचारका लागि आइतबार बिहान ३ बजे कोसी अस्पताल पुर्‍याइएको थियो । प्रहरीका अनुसार श्रीमती मीना…
Read More
अझै १५ दिन कर्फ्यु जस्तो लकडाउन गरौँ: जनस्वास्थ्य विज्ञ

अझै १५ दिन कर्फ्यु जस्तो लकडाउन गरौँ: जनस्वास्थ्य विज्ञ

काठमाडौँ। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र समीरले १५ दिन कर्फ्युजस्तै गरेर त्यसपछि लकडाउन खुकुलो पार्न सुझाव दिएका छन्। सामाजिक सञ्‍जालमा अबको लकडाउन मोडालिटीबारे लेख्दै उनले देशले लामो समयसम्म लकडाउन खेप्‍न नसक्ने बताएका छन् । त्यस्तै उनले१५ दिन कर्फ्युस्तरको लकडाउन गर्ने हो भने संक्रमित जहाँ छन्, त्यहीं रहने र उक्त समयमा सरकारले परीक्षणको दायरा व्यापक बढाएर संक्रमितलाई आइसोलेसनमा राख्‍न सके संक्रमण रोक्न सकिने बताएका छन्। ‘परीक्षणबाट छुटेका घरभित्र रहँदा उनीहरू या त आफैं निको हुनेछन् वा बिरामी भएर अस्पताल जानेछन् । उनीहरूले अन्य व्यक्तिलाई संक्रमण सार्ने अवस्था कडा लकडाउनले रोक्नेछ’, उनले भनेका छन, ‘अहिले संक्रमण भएका व्यक्तिको १५ दिनपछि भाइरल लोड घट्ने…
Read More
लकडाउन सुरु भएपछि सप्तरीमा तीन बालिका बलात्कृत

लकडाउन सुरु भएपछि सप्तरीमा तीन बालिका बलात्कृत

राजविराज : लकडाउन सुरु भएदेखि सप्तरीमा अपाङ्गता भएकी समेत तीन बालिका बलात्कृत भएको उजुरी दर्ता भएको छ । सप्तरीमा बोल्न नसक्ने १२ वर्षीया बालिकालाई बलात्कार गरेको स्थानबाटै एक २० वर्षीय युवकलाई गाउँलेहरुले पक्राउ गरेका थिए । उनीविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका ३ मटिगढाका २० वर्षीय आशाराम रामलाई गाउँलेहरुले बिहीबार नियन्त्रणमा लिइ प्रहरी चौकी पकरीलाई बुझाए पछि पकरीले जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो । पीडित बालिकाकी आमाले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी अनुसन्धान सुरु गरेको डिएसपी तिलक भारतीले बताए । गाईबस्तु चराइरहेकी बालिकालाई बलात्कार गरिरहेको अवस्थामा गाउँलेले देखेपछि घेरा हालेर…
Read More
१७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार, गाउँकै युवक पक्राउ

१७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार, गाउँकै युवक पक्राउ

मोरङ, ३ जेठ । मोरङको विराटनगरमा एक १७ वर्षीया किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–४ इक्राहीमा युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शनिबार २४ वर्षीय वीरेन गडेरीलाई पक्राउ गरेको हो । पक्राउ परेका युवक विराटनगर महानगरपालिका–५ का हुन् । गाउँकै १७ वर्षीया युवतीलाई जबरजस्ती काँधमा बोकेर खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । हल्ला गरे ज्यान मार्ने धम्की दिंदै मुख समेत थुनेर बलात्कार गरेको पाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिएका छन्। घटनाबारे गाउँलेले जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोली घटनास्थल पुगेको थियो । खोजी गर्ने क्रममा इक्राही दिबारबाबा…
Read More
कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

कोरोना संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने

काठमाडौं । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’ बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए । बैठकले स्थानीय प्रशासन ऐनअनुसार ३० वैशाखदेखि लागू गरिएको निषेधाज्ञालाई थप प्रभावकारी…
Read More
क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना पक्राउ

क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना पक्राउ

परासी : क्वारेन्टाइनबाट भाग्दाभाग्दै तीनजना समातिएका छन् । रामग्राम नगरपालिकाले आदर्श माविमा बनाएको क्वारेन्टाइनमा बसेका उनीहरू माथिल्लो तलाबाट बिहीबार सांझ भाग्ने कोशिस गरेका थिए । ग्रिल नभएको झ्यालमा तन्ना बाँधेर उनीहरू बाहिर निस्कने प्रयास गर्दा गर्दै समातिएको जिल्ला प्रहरी कार्यलयका नायब उपरीक्षक प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए। भाग्न खोज्ने तीन दिन अघि भारतबाट आएका नगरपालिकावासी हुन् । क्वारेन्टाइनमा ४९ जना छन् ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.