चार चिनियाँ नागरिकलाई हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राख्न अनुमति प्रशासनले अनुमति दिएको छ । प्रहरीलाई कुटपिट गरेको अभियोगमा उनीहरू शुक्रबार पक्राउ परेका हुन्।

काठमाडौँंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि चार जनालाई हिरासतमा राख्न अनुमति दिएका हुन् । कोभिड–१९ नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेका वेला ४७ जना चिनियाँ नागरिक जम्मा भएपछि प्रहरीले भिडलाई तितरवितर पार्ने क्रममा उनीहरूले प्रहरीमाथि हातपात गरेका थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले चिनियाँ नागरिकलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धान थालिएको बताए । उनका अनुसार कुटपिटमा प्रत्यक्ष संलग्न बाहेक अन्य साधारण तारेखमा छुटेका छन् ।

मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा शुक्रबार उनीहरुले प्रहरीलाई कुटपिट गरेका थिए । पैसा सकिएर नेपालमा बस्न नसक्ने स्थिति भएका बताउँदै उनीहरुले स्वदेश फिर्तीको माग गरेका थिए । तर, उनीहरुले महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेत र अर्की एक जना महिला प्रहरीलाई कुटपिट गरेर घाइते बनाएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.