सुरक्षा/अपराध

प्रहरी हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार यादव पक्राउ

प्रहरी हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार यादव पक्राउ

सिरहा । सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रतिबन्धित लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका–२२ का ३१ वर्षीय रामअशिष यादव रहेको छ । गत मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतकक्षबाट फरार यादव सिरहा नगरपालिका–१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । यादवसँगै प्रहरी हिरासतबाट फरार अन्य व्यक्ति यसअघि नै पक्राउ परिसकेको जनाएको छ । पक्राउ परेका यादव…
Read More
कोरोनामुक्त बनाउने भन्दै मानव बलि!

कोरोनामुक्त बनाउने भन्दै मानव बलि!

एजेन्सी । भारतको कट्टकमा रहेको ब्राह्मणी देवी मन्दिरमा पुजारीले ५२ वर्षीय एक पुरुषको टाउको काटेर बलि दिएका छन् । हत्यामा संलग्न संसारी ओझाले प्रहरीसमक्ष आत्मसमर्पण गरेपछि यो वीभत्स घटना उजागर भएको हो । बलि दिइएका मानिस सरोज कुमार प्रधान भएको र उनी बन्धाहुदा गाउँका निवासी भएको प्रहरीले पत्ता लगाएको छ । ती पीडित मन्दिरमा मालीको काम गर्थे र ओझासँग एउटै कोठामा बस्थे । कोरोनाभाइरस महाव्याधिका विषयमा प्रधानसँग विवाद परेपछि ओझाले शुक्रवार बिहान १ बजे हत्या गरेको प्रहरी उपरीक्षक राधाविनोद पाणिग्रहीले बताए । ओझाले साबिती बयान दिने क्रममा कोरोनाभाइरसबाट संसारलाई मुक्त गराउन आफूलाई देवीले प्रधानको बलि दिन भनेको बताए । पुजारीले…
Read More
रुकुम घटनामा राष्ट्र संघकाे चासाे, अब के अनुसन्धान ओझेलमा पर्ला?

रुकुम घटनामा राष्ट्र संघकाे चासाे, अब के अनुसन्धान ओझेलमा पर्ला?

काठमाडौं । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) संघले रुकुम पश्चिममा जातीय नरसंहारको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जातीय विभागको भत्र्सना गरेको छ। ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो जात ठान्ने (अन्तरजातीय सम्बन्धका विरोधी) हरूले पाँच व्यक्तिको हत्या र कोभिड–१९ को महाव्याधीमा बढेको जातीय विभेद र हिंसाका अन्य घटनाले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्। गत शनिबार रुकुमपश्चिम चौरजहारी–८ सोती निवासी कथित माथिल्लो जात भनिने मल्ल थरकी एक युवतीसँग कथित तल्लो जात नवराज विश्वकर्माको प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर युवतीको घरमा जाँदै गर्दा स्थानीयले कुटपिट गरी हत्या गरेका थिए। उक्त दिन २१ वर्षीय दलित युवा नवराज विक र…
Read More
प्रहरी र स्थानीयबीच झडप, १२ राउण्ड हवाई फायर

प्रहरी र स्थानीयबीच झडप, १२ राउण्ड हवाई फायर

रौतहट । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो । दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन् । प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी…
Read More
२२ वर्षीया युवतीद्वारा आत्महत्या

२२ वर्षीया युवतीद्वारा आत्महत्या

बुटवल । बुटवलमा एक युवतीले आत्महत्या गरेकी छिन । बुटवल उपमहानगरपालिका- ७ दिपनगर कि २२ वर्षीया प्रियंका रानाले आज राती आफ्नै घरको कोठामा फङ्खामा चुन्नीको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनले के कारणले आत्महत्या गरेकी हुन्न भन्ने अझै न खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । लकडाउन चलिरहेको समयमा रुपन्देहीमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार रुपन्देहीमा गत चैत अर्थात् लकडाउन सुरु भएदेखि हालसम्म ३० जना भन्दा…
Read More
दुई नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक, कलाकार संघद्वारा प्रहरीमा उजुरी

दुई नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक, कलाकार संघद्वारा प्रहरीमा उजुरी

काठमाडौं । कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ। आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो। पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन बढी नायिकाहरूको भिडियो सार्वजनिक गर्ने धम्की समेत दिइएको छ । यसले चलचित्रमा काम गर्ने नायिकाहरूलाई मानसिक तनाव दिएको छ । अध्यक्ष खड्काले बुझाएको उजुरी पत्रमा भनिएको छ–‘विगत केही दिनदेखि प्रविधिको चरम दुरुपयोग गर्दै नेपाली चलचित्रसँग सम्बन्धित कलाकारहरूको नक्कली अश्लील भिडियो बनाएर विभिन्न माध्यमबाट सार्वजनिक…
Read More
सप्तरीका मण्डलको हत्या आरोपित सातजनाविरुद्ध उजुरी दर्ता

सप्तरीका मण्डलको हत्या आरोपित सातजनाविरुद्ध उजुरी दर्ता

सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । स्थानीयवासी ४० वर्षीया निलमदेवी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहता, ४० वर्षीय उमेश महतो, ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुरकुन भनिने देवेन्द्र महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी यादवविरुद्ध आज उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मृतकका छोरा २६ वर्षीय अशोककुमार मण्डलले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो । बाटो मिचेर घर बनाएको विषयमा झडप हुँदा टाउको फुटेर गम्भीर घाइते भएका सुकदेवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा…
Read More
प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त: एकको मृत्यु,चार प्रहरी घाइते

प्रहरी र लागुऔषध कारोबारीबीच भीडन्त: एकको मृत्यु,चार प्रहरी घाइते

महोत्तरी- महोत्तरीमा लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग भएकाे प्रहरी भीडन्तमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनकाे ज्यान गएकाे हाे। जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न खोजेको र प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा अभियुक्त राजनको घटनास्थलमै मृत्यु भएको हो । उनीमाथि ६ राउण्ड गोली लागेको थियो…
Read More
प्रहरीसंगको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु

प्रहरीसंगको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ । जारी लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएका सादा पोशाकका प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर ७ स्थित सडकमा राति करीब ८ बजेतिर भीडन्त भएको थियो । चारैतिरबाट घेरा हाली लागुऔषध कारोबारीले आक्रमण गर्न…
Read More
युवती बलात्कार आराेपमा एक पक्राउ, चार जना फरार

युवती बलात्कार आराेपमा एक पक्राउ, चार जना फरार

भक्तपुर । कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको समयमा मध्यपुरथिमिमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । मध्यपुर थिमि नगरपालिका–६ पुरानो थिमिमा डेरा गरी बस्ने २२ वर्षीय रोहित गिरीसहितका पाँचजनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । गिरीले यही ८ गते बेलुका युवतीलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर बलात्कार गरी आफ्ना साथी कवाङ लामासहित चारजनालाई बोलाई रातभरि बन्धक बनाएर पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। पीडित युवतीले यही जेठ ९ गते बिहान महानगरीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.