सुरक्षा/अपराध

काठमाडाैंमा असईद्वारा गोली हानी आत्महत्या

काठमाडाैंमा असईद्वारा गोली हानी आत्महत्या

काठमाडौं । काठमाडाैंमा एक प्रहरी सहायक निरीक्षक(असई)ले गोली हानी आत्महत्या गरेकाे हुन्।प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक विष्णु कार्की मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएका हुन । असई कार्कीको कन्चटमा गोली लागेको छ । उनले आफुले बोकेको पेस्तोलले आफ्नै कन्चटमा गोली हानेर आत्महत्या गरेको अनुसन्धानमा खुलेको छ । यस बारेमा थप अनुसन्धान भइरहेको अपराध महाशाखाका एसपी होमिन्द्र बोगटीले वताए । कार्की ढोका लगाएर कन्चटमा गोली लागेर ढलेको अवस्थामा भेटिएका थिए। उनले किन आत्महत्या गरे भन्ने बारेमा प्रहरीले अनुसन्धान भइरहेकाे छ।
Read More
प्रेमिका भगाउन १९ जनाको हुल लिएर गएका युवकको मृत्यु

प्रेमिका भगाउन १९ जनाको हुल लिएर गएका युवकको मृत्यु

रासस । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ। नवराजसँग गएका ६ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए। १२ जना युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ। नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो। सुष्माकै आग्रहमा नवराजले १९ जना युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए। केटाहरु आएको खबर पाएपछि सुष्माकी आमाले हल्ला गरेकी थिइन्। त्यसपछि भेला भएका गाउँलेहरुको कुटपिटबाट नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठको भनाइ छ। गाउँहरुले लखेट्दा अन्य छ युवा वेपत्ता रहेको उनको भनाइ छ। सुष्मा र नवराजबीच प्रेम रहेको…
Read More
नेपालको साइबर सुरक्षामाथि खतरा, यी क्षेत्रमा छ बढी जोखिम

नेपालको साइबर सुरक्षामाथि खतरा, यी क्षेत्रमा छ बढी जोखिम

नेपाल र भारतका ह्याकहरूबीच सरकारी निकायहरूसँग भएको डाटा ह्याक गर्ने प्रतिस्पर्धा चल्न थालेपछि नेपालमा साइबर सुरक्षामाथि गम्भीर खतरा उत्पन्न भएको छ । नेपालमा साइबर सुरक्षाको अवस्था अन्य देशको तुलनामा निकै कमजोर रहेकाले विभिन्न सरकारी निकायमा भएका विवरणहरू ह्याक हुन सक्ने सम्भावना बढेर गएको साइबर सुरक्षाका विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेको छन् । इन्डियन ह्याकरको समूहले नेपालको राष्ट्रिय पुस्तकालयको वेबसाइट र बोटानिकल सेन्टर बाँकेको वेबसाइट ह्याक गरेलगत्तै नेपाली ह्याकरहरूको समूहले पनि भारतीय आधार कार्डको डाटाबेस ह्याक गरेका छन् । यो प्रकरणमा इन्डियन ह्याकरहरूको समूहले आफूहरूसँग जोरी नखोज्न चेतावनीसहित आगामी दिनमा थप डाटाबेस ह्याक गर्ने सन्देश दिएपछि नेपालको साइबर सुरक्षामाथि उच्च खतरा…
Read More
काेराेना कहर: नयाँबानेश्वरका तीन घर सिल

काेराेना कहर: नयाँबानेश्वरका तीन घर सिल

काठमाडाैं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका १० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब सङ्कलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए । सङ्क्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब सङ्कलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक…
Read More
घरमा पाहुना आए १ हजार जरिवाना !

घरमा पाहुना आए १ हजार जरिवाना !

कैलाली । ‘अतिथि देवोः भव’ नेपाली समाजमा प्रख्यात उक्ती हो यो। अतिथि अर्थात भगवान। अतिथि देवता सरह हुन्छ। अतिथि अर्थात पाहुनालाई स्वाग र सम्मान गर्ने नेपाली परम्परा पनि छ। तर यति बेला भने विश्वभर महामारीको रुपमा फैलिएको कोेरोना भाइरसले पाहुना आउँदा पनि सोच्नुपर्ने अवस्था ल्याइदिएको छ। संक्रमणबाट बच्न व्यक्ती व्यक्तिबीचको दुरी कायम नै अहिलेका लागि यसको संक्रमणबाट बच्ने उपाय बनेको छ। यसकै लागि सरकारले देशव्यापी लकडाउन गरेको छ। घरमा पाहुना आउँदा पनि छिमेकी तर्सिने अवस्था आएको छ। तर्सिने मात्रै होइन कतिपय ठाउँमा त पाहुना निषेध नै गर्ने निर्णय भएको छ। कैलाली जिल्लाको एउटा वडामा भने पाहुनालाई प्रवेश निषेध गरिएको छ…
Read More
पारसको गाडीले ठक्कर दिंदा बाच्छाको मृत्‍यु, चालक पक्राउ

पारसको गाडीले ठक्कर दिंदा बाच्छाको मृत्‍यु, चालक पक्राउ

कास्की ।  पूर्व युवराज पारस शाह चढेको गाडी कास्कीको पोखरा बसपार्क नजिकै दुर्घटना भएको छ । लेकसाइडको पामेमा फ्ल्याट लिएर बसेका पारसलाई  राती एक्कासी छाती दुखेपछि गण्डकी अस्पताल जाने क्रममा  उनी सवार बा १४प २१३१ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई चोटपटक लागेको छैन । गाडीले गाइको बाच्छालाई ठक्कर दिंदा बाच्छाको घटनास्थलमै मृत्‍यु भएको छ।प्रहरीले गाडी चालक अशोक गुरुङलाई नियन्त्रणमा लिएको छ । उनलाई पशुपंक्षी सम्बन्धी कसुरमा मुद्दा चलाइने  जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दान वहादुर कार्कीले जानकारी दिए। चालक गुरुङले विपरित दिशाबाट आएको ट्रकले हेडलाईट डिम नगरेका कारण दुर्घटना भएको बयान प्रहरीलाई…
Read More
भ्रष्टाचारविरूद्द कडा बन्दै सरकार, कति भ्रष्टाचार गरे कति वर्षकाे जेल?

भ्रष्टाचारविरूद्द कडा बन्दै सरकार, कति भ्रष्टाचार गरे कति वर्षकाे जेल?

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भ्रष्टाचार निर्मुल गर्न नयाँ कानुन बनाउने सहमति जुटेको छ ।अब १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्ष जेल सजाय हुने भएको छ । जति धेरै रकम भ्रष्टाचार गरे पनि १० वर्षमात्रै कैद सजाय हुने प्रचलित कानुनी व्यवस्था उल्ट्याएर १४ पुर्याउन लागिएको हो । विधेयकमा यस्तो सजाय राष्ट्र सेवक कर्मचारी वा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने उल्लेख को छ । ‘राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा गरिदिएबापत वा नगर्न वा नगरिदिएबापत वा आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्दा वा कुनै…
Read More
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरकाे बकैया गाउँपालिका–६ कोल खहरे बस्ने ४८ वर्षीय काजिमान राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती किशोरीलाई आफ्नै घरको कोठामा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस्तै सिरहाकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मिर्चैया नगरपालिका-३ राघोपुरस्थित रहेको बजरङ इँटा उद्योगमा काम गर्ने भारत घर भएका २० वर्षीय पिन्टु भन्ने रबि प्रकाश बर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्माले ती किशोरीलाई बैशाख ३० गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको…
Read More
पाँच जिल्लामा सीडीओको सरुवा

पाँच जिल्लामा सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । रसुवा, नवलपरासी, बाजुरा, बैतडी र लमजुङका प्रजिअको सरुवा गरिएको छ । रसुवाको प्रजिअमा हरि पन्त, नवलपरासीमा सागरमणि पाठक, लमजुङमा कृष्णप्रसाद शर्मालाई सरुवा गरिएको छ । कृष्ण गैरेलाई जिल्ला प्रशासन कार्यालय बाजुरा र मोहन जोशीलाई बैतडीको प्रजिअका रुपमा खटाइएको छ । रसुवाका प्रजिअ अर्जुन भण्डारी र नवलपरासीका बासुदेव दाहाललाई गृहमन्त्रालयमा ल्याइएको छ । बाजुराका प्रजिअ गंगाप्रसाद न्यौपानेलाई अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ ।
Read More
उपत्यका आउने सबै नाका सिल, अब कसरी काठमाडाैँ आउछन् भीभीआइपी ?

उपत्यका आउने सबै नाका सिल, अब कसरी काठमाडाैँ आउछन् भीभीआइपी ?

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका सबै नाका सिल गरेको छ। उपत्यकाभित्र कोरोनाभाइरसको जोखिम बढेको भन्दै मन्त्रालयले सबै नाका बन्द गर्ने निर्णयसहित स्थानीय सरकारलाई परिपत्र पठाएको हो। गृह मन्त्रालयले बुधबार उपत्यकाभित्रका स्थानीय तहहरूलाई पठाएको छ बुँदे परिपत्रमा अत्यावश्यक कामबाहेक उपत्यका प्रवेशमा रोक लगाउने उल्लेख छ। यस्तै उपत्यका प्रवेशका सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्णरूपमा सिल गर्ने गृहको निर्णय छ। ‘सबै नाका अत्यावश्यक प्रयोजनबाहेक पूर्ण रूपमा सिल गर्ने। लुकीछिपी हुने प्रवेशहरू पूर्ण रूपमा रोक लगाउने,’ गृहले स्थानीय तहलाई पठाएको परिपत्रको दोस्रो बुँदामा भनिएको छ। यस्तै उपत्यकाभित्र प्रवेश गर्न परे आफ्नै खर्चमा आरडिटी परीक्षण गरी रिपोर्ट देखाउनु पर्नेछ। ‘उपत्यकामा अत्यावश्यक काममा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.