सुरक्षा/अपराध

भारतीय नागरिकले सञ्चालन गरेकाे होटलबाट एनआइसी बैंकका संचालकसहित ९ ब्यापारी पक्राउ

भारतीय नागरिकले सञ्चालन गरेकाे होटलबाट एनआइसी बैंकका संचालकसहित ९ ब्यापारी पक्राउ

काठमाडौँ । काठमाडाैँमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ । कमलादीस्थित एक होटलमा छापा मारेर होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईसहित प्रहरूिले ९ व्यापारीलाई पक्राउ गरेको हाे । होटेलबाट सोमबार साँझ प्रहरीले भिआइपी व्यापारीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक जोगाईलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो । अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका…
Read More
काठमाडाैँकाे जुवा खालबाट ९ व्यापारी पक्राउ(नामसहित)

काठमाडाैँकाे जुवा खालबाट ९ व्यापारी पक्राउ(नामसहित)

काठमाडौँ । काठमाडाैँमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ । कमलादीस्थित एक होटलमा छापा मारेर होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईसहित प्रहरूिले ९ व्यापारीलाई पक्राउ गरेको हाे । महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेके हो ।वृत्तका डीएसपी रञ्जन दाहालका अनुसार कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेका हुन् । उनीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगदसहित हजार, ५ सय, १ सय र ५० दरका १…
Read More
घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देही भैरहवाका नापी अधिकृतसहित सरोज श्रेष्ठसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार नापी अधिकृत सरोज श्रेष्ठ, सर्वेक्षकद्वय तीर्थराज भण्डारी र थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । यस्तै आयोगले सेवाग्राहीको जग्गा कित्ताकाट र नामसारी गर्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भन्दै मतियारको भूमिकामा रहेको राजकुमार अर्यालविरुद्ध मुद्दा दायर गरिएको छ । उनीहरुले मिलेमतोमा रु १७ लाखबराबरको घुस लिएको पाइएको आयोगले जनाएको छ । आयोगले लेखन्दास शर्माविरुद्ध रु १७ लाख, नापी कार्यालय भैरहवाका नापी अधिकृत श्रेष्ठ, सर्वेक्षकद्वय चौधरी र…
Read More
दोषीलाई उम्काउन खोजेको भन्दै जनार्दन शर्माविरुद्ध प्रदर्शन

दोषीलाई उम्काउन खोजेको भन्दै जनार्दन शर्माविरुद्ध प्रदर्शन

जाजरकोट । रुकुम घटनाको निष्पक्ष छानबिनको माग गदै जाजरकोटका युवाले आइतवार सदरमुकाममा प्रर्दशन गरेका छन्। गत १० जेठमा रुकुमको सोती घटनामा मारिएका नवराज विक सहितका मृतकका परिवारको न्यायका लागि युवा प्रर्दशनमा उत्रिएका प्रदर्शनकारीले पुर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला समेत जलाएका छन्। हत्यारालाई कारवाही गर, घटनाको निष्पक्ष छानबिन गर, घटनालाई तोडमोड गर्न खोज्ने जनार्दन मुर्दावाद, मृतकलाई सहिद घोषणा गर लगायतका नारा लगाउँदै बजार परिक्रम गरेर विरोध गरेका हुन्। नेपाल विद्यार्थी संघको अगुवाइमा भएको प्रदर्शनमा स्थानीय युवा युवतीले साथ दिएका थिए। लकडाउनको प्रवाह नगरी उनीहरु न्यायको लागि प्रर्दशनमा उत्रिएको बताएका छन्। घटनालाई राजनीतिक पहुँचका आधारमा पुर्वगृहमन्त्री तथा पश्चिम रुकुमका सांसद शर्माले घटनामा संलग्नलाई…
Read More
थ्री इडीयटका वान्चुक भन्छन्: चीनलाई बुलेट होइन वालेटले जबाफ दिऔँ

थ्री इडीयटका वान्चुक भन्छन्: चीनलाई बुलेट होइन वालेटले जबाफ दिऔँ

एजेन्सी । लद्दाखमा भारत- चीन बीच तनाव बढेको बेला सोनम वानचुकले चीनलाई पाठ सिकाउन 'बुलेट नट वालेट'को नारा दिएका छन्। उनले चीनको सबै चीजहरूको बहिष्कार गर्न आग्रह गरेका छन। यी तिनै वान्चुक हुन जसको जिबनमा आधरित रही आमिर खानको सुपरहिट फिल्म थ्री इडियट्स बनाईएको थियो । चीनले लद्दाखमा आँखा लगाइरहेको बेला वानचुकले नौ मिनेटको एक भिडियो सन्देश जारी गरेका छन, जुन अहिले इन्टरनेटमा भाइरल बनेको छ। शिक्षा सुधारवादी अभियन्तासमेत रहेका वानचुकले सो सन्देशमा चीनबिरूद्धको युद्ध भारतीयले चिनियाँ सामानको बहिष्कार गरी जित्न सक्ने बताएका छन्। उनले सो भिडियो सामाजिक संजालमा पोस्ट गर्दै सबै भारतीयलाई वालेटको शक्ति प्रयोग गर्न आग्रह गरेका छन्…
Read More
रुकुम हत्या प्रकरण: प्रहरीको कुटाइबाट ४ जना गम्भीर घाइते, ट्रमा अस्पतालमा उपचार हुँदै

रुकुम हत्या प्रकरण: प्रहरीको कुटाइबाट ४ जना गम्भीर घाइते, ट्रमा अस्पतालमा उपचार हुँदै

काठमाडौ । रुकुम हत्या प्रकरणको घटनमा पीडितको पक्षमा प्रर्दशनमा उत्रेको सयुक्त राजनीतिक दलित संघर्ष समितिका केही युवामाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। समितिले आयोजना गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै चार युवामाथि प्रहरीले कुटपिट गरेको हो। प्रहरीले पानी फाल्नुका साथै बिरोध कार्यक्रममा उभिएका युवाहरु माथी लाठी प्रहार गरेको हो । प्रहरीको हस्तक्षेपबाट निर्मम कुटाइ खानेमा नेपाल दलित मुक्ती मोर्चाका केन्द्रीय सचिवालय सदस्य टेक बहादुर बिकसहित अन्य तीन जना रहेका छन् । घाइतेहरुको अहिले ट्रमा अस्पतालमा उपचार भैरहेको छ । तर जायज कुरोको लागी प्रदर्शनमा उत्रिएका नेपाली नागरिक माथी कहर बर्साएको यो त्यही प्रहरी हो जसले केही हप्ता पहिले मात्र डिएसपीमाथी…
Read More
दशगजामा क्षेत्रमा चल्यो गोली

दशगजामा क्षेत्रमा चल्यो गोली

काठमाडौं । सर्लाहीको दशगजामा सशस्त्र प्रहरी र भारतबाट आएको एउटा समूहबीच झडप भएको छ। बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ। ३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्रहरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्रहरीले जानकारी दिएको छ। 'भारतबाट सामान लिएर एक जना नेपाल प्रवेश गर्न खोजेका थिए। हाम्रो टोलीले फर्कायो,' सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले भने, 'त्यसपछि उसले गाउँबाट ३०/४० जना लिएर सशस्त्रमाथि…
Read More
हत्या गरेको आरोपमा दुई जना पक्राउ

हत्या गरेको आरोपमा दुई जना पक्राउ

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको मृतास्थामा शव फेला परेको थियो । शरीर तथा टाउकोमा चोटसहित शङ्कास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको हत्या भएको प्रहरीले जनाएको छ । हत्या भएको पुष्टि भएसँगै अनुसन्धान थालेको प्रहरीले कमलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद…
Read More
काठमाडाैँमा युवती जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैँमा युवती जिस्काएको आरोपमा दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । सोह्रखुट्टे प्रहरीले ठमेल क्षेत्रबाट दुई जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो क्षेत्रपाटीस्थित ढल्कुमा नेपाली युवतीलाई जिस्काएको र दुर्व्यवहार गरेको सूचना आएपछि महानगरीय प्रहरी वृत सोह्रखुट्टेबाट खटिएको टोलीले दुई जना चिनियाँलाई नियन्त्रणमा लिएको हो। पीडित क्षेत्रपाटीकै १९ वर्षीय युवती हुन्। आरोपीहरुलाई शनिवार अपराह्न ठमेल क्षेत्रबाट नियन्त्रणमा लिइएको सोह्रखुट्टे वृत्तले जनाएको छ। चिनियाँ नागरिकलाई मेडिकल गरेर हिरासतमा राखिएको छ। पीडितले जाहेरी भने दिइसकेका छैनन्। साँझ ७ बजे ठाडो निवदेन दिएका पीडित पक्षलाई कार्यालय समयमा भोलि आउन भन्दै प्रहरीले फर्काएको छ। वृतका प्रमुख डिएसपी दीपक खड्काका अनुसार पीडितको जाहेरी भोलि कार्यालय समयमा लिएर कारबाही अगाडि बढाइने छ। चिनियाँ नागरिक…
Read More
खाना सबैलाई नपुगेपछि खुवाउने दुई युवकलाई प्रहरीद्वारा निर्घात कुटाइ!

खाना सबैलाई नपुगेपछि खुवाउने दुई युवकलाई प्रहरीद्वारा निर्घात कुटाइ!

प्युठान । प्युठानमा क्वारेन्टाइनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टाइनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट हात भाँचिएको पीडितले बताएका छन् । घटनामा स्थानीयवासी ३० वर्षीय झविलाल खत्रीको दायाँ हात भाँचिएको छ भने २० वर्षीय फनबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । जनकल्याण आधारभूत क्वारेन्टाइनमा रहेकालाई खाना खुवाउने जिम्मा स्थानीयवासी खत्रीले लिएको र भात खुवाउँदा सबैलाई नपुगेपछि पुनः पकाउने भन्ने विषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीसँग सामान्य विवाद भएको खत्रीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.