पालो पर्खदैँ स्वाबका नमूना : स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ
रुकुमपश्चिम । जिल्लाबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक सातासम्म पनि नआउँदा स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ भएको छ । भारत तथा देशका विभिन्न ठाउँबाट आएकालाई स्थानीय तहले क्वारेन्टिनमा राखेका छन् । उनीहरुको स्वाब परीक्षणका लागि सुर्खेत र दाङ पठाइएकामा एक साता बढी भइसक्दा पनि रिपोर्ट नआउँदा स्थानीय तहलाई क्वारेन्टिनमा मान्छेको चाप थेग्नै मुस्किल हुन थालेको छ । दुई साताभन्दा वढी समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेकालाई घर पठाउन नसकिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताए । ६२ जनाको स्वाब परीक्षणका लागि यही जेठ १९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकामा अहिलेसम्म रिपोर्ट नआएको उहानले बताए। “शनिबार मात्र थप १५०…