समाज

वातावरण पत्रकारिता पुरस्कार बमलाई

वातावरण पत्रकारिता पुरस्कार बमलाई

काठमाडाैं । नेपाल वातावरण पत्रकार समूहले ‘विश्व वातावरण दिवस–जुन ५’ को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार यस वर्ष नेपाल साप्ताहिकका संवाददाता यम बमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारस्वरुप उनलाई रु २५ हजार र प्रमाणपत्र प्रदान गरिनेछ । समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसका अवसरमा सन् २०१९ भरि वातावरण र दिगो विकासका विषयमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी सो पुरस्कार प्रदान गर्ने निर्णय भएको आज जनाएको छ । समूहका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार तीर्थ कोइराला संयोजक, पूर्व महासचिव तथा पत्रकार बद्री पौड्याल र विज्ञ सदस्य तथा वातावरणविद् बटुकृष्ण उप्रेती रहेको छनोट समितिले सो…
Read More
रुकुम (पश्चिम) घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

रुकुम (पश्चिम) घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

काठमाडौं । छ जनाको ज्यान जाने गरी रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटकपटक प्रमुख प्रतिपक्षी दलले सो घटनाको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरिरहेको र अन्य राजनीतिक दलले समेत सो विषयलाई प्रमुखताका साथ उठाएकाले समिति गठन गरिने जानकारी दिए। सो घटनाका सम्बन्धमा अघिल्ला बैठकमा पनि कुरा उठेकाले त्यसलाई सम्बोधन गर्न तथा उक्त घटनाको आवश्यक अध्ययन तथा अनुगमन गरी सभामा प्रतिवेदन पेश गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग आवश्यक छलफलपछि प्रतिनिधिसभा नियमावली, २०७५, नियम १७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने…
Read More
रुकुम घटनाकाे छानबिन गर्न संसदीय विशेष समिति गठन

रुकुम घटनाकाे छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडौं । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताए ।
Read More
विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार

विपद् व्यवस्थापनका लागि उद्धार टोली तयार

रसुवा । वर्षायामलाई ध्यानमा राखी आइपर्ने विपद् व्यवस्थापनका लागि उद्वार टोली तयार गरिएको छ । सम्भावित खोज तथा उद्धारका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका तर्फबाट ३० तथा नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका १०–१० गरी ५० जनाको उद्धार टोली तयार गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । टोली मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरण गर्दै आपत्कालीन अवस्थामा तुरून्त परिचालन गर्न सक्ने बताइएको छ । यस्तै बाढीपहिराको असरले क्षति हुन सक्ने नेपाल चीनबीचको बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी, रसुवागढी अन्तरराष्ट्रिय राजमार्ग एवं सहायक मार्गको संरक्षणका लागि समितिले जिल्लाका सबै गाउँपालिकालाई जिम्मेवारी दिएको छ…
Read More
यी उपाय अपनाए कोरोनालाई सजिलै जित्न सकिन्छ

यी उपाय अपनाए कोरोनालाई सजिलै जित्न सकिन्छ

खोटाङ । कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई घर फर्किएका छन् । गत जेठ ६ गते पिसीआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भोलिपल्टै उपचारका लागि कोभिड अस्पताल विराटनगरमा भर्ना भएका राई १४ दिनपछि बिहीवार घर फर्किएका हुन् । कोरोना जितेर अस्पतालबाट घर फर्कीए नगरपालिकाबाट सवारी साधन पुग्न बाँकी रहेकाले राईलाई पुनः अस्पतालमै राखिएको छ । सङ्क्रमण देखिएको दिनदेखि अहिलेसम्म सामान्य अवस्थामा रहनुभएका राईलाई जिल्ला फर्किएपछि १४ दिन होम क्वारेन्टिनमा बस्न लगाउने शर्तमा कोभिड अस्पतालले फर्काएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताएका छन् । सङ्क्रमित राई अस्पतालमा भर्ना…
Read More
कोरोना संक्रमितको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

कोरोना संक्रमितको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

रामपुर । पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेसन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो । उनको कोरोना नतिजा पोजेटिभ आएपछि बिहीवारदेखि नै अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले जानकारी दिए । पाल्पामा सङ्क्रमित सातमध्ये पाँचजनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेसन वार्डमा राखिएको छ भने दुई जना रामपुरको क्वारेन्टिनमै रहेका छन् । रामपुरमा पचास शैयाको आइसोलेसन कक्ष निर्माण भइरहेको छ । बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टाइनमा सुरक्षितसाथ राखिएको छ । उनीहरुलाइ…
Read More
खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टाइन

खर्च व्यहोर्नेलाई होटल, अन्यलाई स्थानीय क्वारेन्टाइन

काभ्रेपलाञ्चोक । विदेशबाट घर फर्कने काभ्रेलीका लागि जिल्लास्थित होटल तथा स्थानीय तहका क्वारेन्टिनको तयारी गरिएको छ । आफैँ खर्च व्यहोर्न सक्नेलाई सुविधासम्पन्न होटल क्वारेन्टाइन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्वेच्छिकरूपमा होटल क्वारेन्टिनमा समेत राख्न सक्ने व्यवस्था भएअनुसार होटल क्वारेन्टाइन व्यवस्थित गर्न जिल्लास्थित होटल व्यवसायीसँग समन्वय भइरहेको जनाएको छ । केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विदेशबाट फर्किएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई होटल क्वारेन्टाइन तथा नसक्नेलाई स्थानीय क्वारेन्टाइनमा राख्ने तयारी गरिएको बताए । उनले भने, “होटल व्यवसायीले क्वारेन्टाइन व्यवस्थित गर्न सहयोग गर्ने भएका छन्, हामी होटललाई समेत क्वारेन्टाइन बनाउने तयारीमा जुटिसकेका…
Read More
प्रदेश चक्रपथ निर्माण गरिने

प्रदेश चक्रपथ निर्माण गरिने

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्ला लाभान्वित हुने गरी पुष्पलाल प्रदेश चक्रपथ निर्माण गर्ने भएको छ । प्रदेशका १३ जिल्लामध्ये उपत्यकाबाहेकका १० जिल्लालाई छुने गरी चक्रपथ निर्माण गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाका रूपमा सरकार गठन भएको पहिलो वर्षकै नीति तथा कार्यक्रममा समावेश गरेको चक्रपथ निर्माण योजनालाई आगामी आर्थिक वर्ष २०७७र७८ देखि कार्यान्वयन गरिने प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिए । “प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रलाई कुनै न कुनै हिसाबले समेट्ने गरी विशाल चक्रपथ निर्माणको काम आगामी आर्थिक वर्षदेखि गतिवान ढङ्गले शुरु गर्छौँ”, उनले भने । उनले…
Read More
संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखसमक्ष ज्ञापनपत्र

संसदीय विशेष समिति गठन गर्न माग गर्दै सभामुखसमक्ष ज्ञापनपत्र

विभिन्न राजनीतिक दलका नेता र अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गर्दै बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गणेश विक, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सभासद जीवन परियारलगायत नेता तथा अधिकारकर्मीले बिहीबार सभामुख सापकोटासँग भेट गरी सो माग गरेका हुन् । यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथी लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजको शव भेरी नदीमा…
Read More
क्वारेन्टिनमै जन्मिए दुई  शिशु

क्वारेन्टिनमै जन्मिए दुई शिशु

भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन् । यही जेठ १२ गते भारतबाट घर फर्किएपछि दिपायल सिलगढी नगरपालिका–२ खातीवडास्थित देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा बस्नुभएकी गीता आउजीले शिशु जन्माएकी वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार २१ वर्षीया सुत्केरी गीताले छोरा जन्माएकी हुन् । उनी बस्ने क्वारेन्टिनमा ७४ जना छन् । “आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ, स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाएको छु”, वडाध्यक्ष खड्काले भने, “आरडिटीपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टिनमा बस्ने गरेर पठाउँछौँ ।” त्यसैगरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.