समाज

नाच्दै, गाउँदै तनाव भगाउँदै

नाच्दै, गाउँदै तनाव भगाउँदै

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न शुरु गरेसँगै क्वारेन्टिनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना सङ्क्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन् । नगरपालिकाले क्वारेन्टिनमा रहेकालाई तनाव व्यवस्थापनका लागि योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको छ । आयुर्वेद शाखाले क्वारेन्टिनमा रहेकाको मनोबल उच्च बनाउन योगसम्बन्धी प्रशिक्षण दिन शुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिनुभयो । क्वारेन्टिनमा बस्दा मानसिक र शारीरिकरूपमा सन्तुलन कायम गर्नका लागि योग प्रशिक्षण गराउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टिनमा बस्दै आएकालाई हरेक दिन गरिने योगाभ्यास, आध्यात्मिक, व्यक्तित्व विकास र…
Read More
बलात्कार मुद्दामा सर्वोच्चको नयाँ व्याख्या

बलात्कार मुद्दामा सर्वोच्चको नयाँ व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ । सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको उल्लेख गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलासले गरेको बलात्कार मुद्दाको फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘जर्बजस्ती करणी केवल महिलाको शरीरउपर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध हो । सो मुद्दामा पीडितले एसएलसी परीक्षासमेत दिन नपाई शैक्षिक उपलब्धि हासिल गर्न ढिला भएको देखिन्छ । पीडितमाथि परेको पीडा मात्रै नभई हिंसाको त्रासको कारणले पीडितको मानसिक अवस्थामा परेका आघातको असरलाई समेत विचार गरी…
Read More
लकडाउनमा बजार खोल्न नदिने निर्णय

लकडाउनमा बजार खोल्न नदिने निर्णय

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ ।उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ ।’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यापार व्यवसाय सञ्चालनका सम्बन्धमा उपप्रधान तथा रक्षा…
Read More
लिम्पियाधुरा र कालापानी मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा

लिम्पियाधुरा र कालापानी मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा

झापा । लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायत ठाउँ रहेको सीमाविद् डा. राजकुमार पोखरेल बताउँछन्। झापामा मात्रै नौ सय ८८ वटा पिलर छन्। पूर्वका सीमाविद् डा. पोखरेलका अनुसार २०२२ सालमा नेपाल सरकारले झापाका वासिन्दाले जग्गा नापजाँच गरेर धनीपुर्जा दिएको हो। ०४५ सालदेखि नेपालको भूमिमा भारतीयले हस्तक्षेप गर्न थालेका हुन्। ‘मेची नदीले धार परिवर्तन गरेसँगै सीमा क्षेत्रका जनताको जमिन पनि परिवर्तन भए। तर, परिवर्तन भएको जमिन उनीहरूले प्राप्त गर्न…
Read More
संसदीय समितिको निर्देशन : तरकारी नष्ट गर्नेलाई कारबाही गर्नू

संसदीय समितिको निर्देशन : तरकारी नष्ट गर्नेलाई कारबाही गर्नू

काठमाडौं । प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिको बिहीबार बसेको बैठकमा कृषि उपजको उत्पादन, ढुवानी तथा वितरणको अवस्था र भावी दिनमा चाल्नुपर्ने कदमबारे गृह, कृषि र उद्योग मन्त्रालयलसंग छलफल गरेको थियो । बैठकपछि तीन वटै मन्त्रालयलाई विभिन्न निर्देशन दिदैं समितिले फलफूल तथा तरकारी नष्ट गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । ‘कोभिड १९ को समयमा फलफूल तथा तरकारी नष्ट गर्नेलाई कानुन बमोजिम कारबाही गर्नू र यस्ता वस्तुको ढुवानी तथा बिक्रि वितरणम सहजीकरण गर्नू,’ समितिले गृह मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।
Read More
आफूखुशी बजार खोलेर सङ्क्रमण फैलिए जिम्मेवारी काे बन्छ ? : मुख्यमन्त्री पोखरेल

आफूखुशी बजार खोलेर सङ्क्रमण फैलिए जिम्मेवारी काे बन्छ ? : मुख्यमन्त्री पोखरेल

बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आज अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गरेका छन् । “क्वारेन्टाइन र लकडाउनका कारण कोभिड –१९ समुदायमा फैलिएको छैन । आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौँ ”, मुख्यमन्त्रीले भनेका छन । मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीको ढाँचा परिवर्तन गर्दा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै भनेका छन , “सामाजिक दूरी, विदेशवाट आउनेको व्यवस्थापन, सङ्क्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्छ ।”
Read More
६५ जिल्लामा फैलियो कोरोना संक्रमण

६५ जिल्लामा फैलियो कोरोना संक्रमण

काठमाडौं । नेपालको अहिलेसम्म ६५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये प्रदेश नं २ मा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम मानिसमा कोरोना संक्रमण देखिएको छ । प्रदेश नं १ मा हालसम्म १२ जिल्लाका १९७ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै प्रदेश २ का ८ (सबै) जिल्लाका ९ सय ६३ जना कोरोना संक्रमण देखिएको छ । बाग्मती प्रदेशका १२ जिल्लाका ५९ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ७ जिल्लाका ५३ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नं ५ का ११ जिल्लाका ८ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कर्णाली प्रदेशका…
Read More
जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

मोरङ । मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्तर्गत १५ घर निर्माण गरिने भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु १५ लाख र जीवन विकास संस्थासँग सहकार्य गरेर घर निर्माण गर्न लागिएको हो । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कटहरी–२ कदमगाछीमा निर्माण गरिने घरको बुुधबार शिलान्यास गरे । मन्त्री घिमिरेले चालू आर्थिक वर्षमा शुरु भएको यस कार्य आगामी आर्थिक वर्षभित्र सकिने बताए । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मञ्जिता सरदारले घरवारविहीनलाई आवासबाट बसोबासमा सहज हुने भन्दै सन्तोष व्यक्त गरे । रासस
Read More
पसल बन्द गर्दै हिँडेका सइमाथि मुक्का प्रहार

पसल बन्द गर्दै हिँडेका सइमाथि मुक्का प्रहार

काठमाडाैं । बजार बन्द गराउन खटिएका प्रहरीका एकजना सइलाई बिहीबार जनकपुरमा स्थानीय एक युवाले कुटपिट गरेका छन्। जानकी मन्दिर आसपासका पसल बन्द गराउन खटिएका वेला जानकी प्रहरी चौकीका इन्चार्ज (सइ) राजाराम यादवमाथि मुक्का प्रहार भएको हो। जनकपुरका व्यापारीले बिहीबारदेखि पसल खोल्न सुरु गरेका छन्। दिउँसो १२ बजे पसल बन्द गर्न खटिएका वेला स्थानीय व्यापारीले विरोध गरेका थिए। लकडाउन कार्यान्वयनमा खटिएका सइ यादवले बजार बन्द गर्ने आदेश माथिको भएकाले पसल खोल्न दिन नमिल्ने बताइरहँदा उनीमाथि एक व्यापारी युवाले मुक्का प्रहार गरेका हुन् ।
Read More
घुस लिएको आरोपमा दुई जना पक्राउ

घुस लिएको आरोपमा दुई जना पक्राउ

काठमाडौं । सिन्धुलीको तिनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मिन बहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तिर्थ बहादुर राना रहेका छन् । उक्त कुखुरा फर्मका पुराना काठहरु तिनपाटन गाउँपालिका ९ तर्फ लैजाने क्रममा उनीहरुले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मिन बहादुरको साथबाट ३ लाख रुपैयाँ र तिर्थ बहादुरको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.