समाज

अदालतमा लकडाउन खुल्दै, शुरु भयो थप ८ प्रकारका मुद्दाको सुनुवाइ

अदालतमा लकडाउन खुल्दै, शुरु भयो थप ८ प्रकारका मुद्दाको सुनुवाइ

काठमाडौं । लामो लकडाउनका कारण जनस्तरबाटै लकडाउन उलंघन हुँदै जाँदा अदालत पनि सामान्य अवस्थातर्फ फर्किने प्रयासमा देखिएको छ । सर्वोच्च अदालतले थप ८ प्रकारका मुद्दाहरुको सुनुवाई खुकुलो पार्ने निर्णय गरेको छ। यससँगै अदालत सामान्य अवस्थातर्फ फर्किन लागेको हो । बुधवार बसेको फुलकोटको बैठकले कानुन व्यवसायी वा पक्ष उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौजदारी कार्यविधि संहिता अनुसारको निवेदन, पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने अवस्थाका दरपीठ आदेश विरुद्धका निवेदनहरु र लकडाउनअघि दर्ता भई कारबाहीयुक्त अवस्थामा रहेको र पक्ष वा कानुन व्यवसायी उपस्थित हुनसक्ने मुद्दालगायतको सुनुवाइ शुरु गर्ने निर्णय गरेको गर्ने निर्णय गरेको हो । सर्वोच्चले लकडाउन शुरु भएपछि सुरुमा बन्दीप्रत्यक्षीकरण र…
Read More
कुखुराको खोरमा गाँजाको भण्डार

कुखुराको खोरमा गाँजाको भण्डार

महोत्तरी । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो । कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर राखेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार जानकारी दिएको हो । पहिलेदेखि नै सो बस्तीका लक्ष्मी चौधरी लागुऔषध गाँजाको ओसारपसार र कारोवारमा संलग्न छन् भन्ने सूचना पाएपछि त्यसको खोजीमा लागेको प्रहरीले १६ प्लाष्टिकका पोका र दुई बोरामा राखेर कुखुराको खोरमा थन्क्याइएको १८० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। गत मङ्गलबार राति प्रहरी निरीक्षक…
Read More
मापसे गरेर हिड्ने वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टिनमा

मापसे गरेर हिड्ने वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टिनमा

खाेटाङ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्टिनमा राखेका हुन् । मङ्गलबार दिउँसैदेखि मादक पदार्थ सेवन गरेका वडाध्यक्ष पुरीले झापाबाट आएर वडा कार्यालयले बनाएको क्वारेन्टिनमा बसेका एक युवकको मोबाइलसमेत खोसेको स्थानीय बासिन्दाको आरोप छ । “दैनिक मादक पदार्थ सेवन गरेर बस्नुहुने वडाध्यक्ष पुरीले मातेको झोँकमा गए राति क्वारेन्टिनमा बसेकालाई हप्काउनुका साथै एक युवकको मोबाइलसमेत खोसेर लानुभएको छ”, एक स्थानीय बासिन्दाले भने, “क्वारेन्टिनमा बसेकाहरुसँगको सम्पर्कमा जानुभएका वडाध्यक्ष पुरीबाट कोरोना भाइरसको सङ्क्रमण सर्ने खतरा भएकाले उहाँलाई नै…
Read More
सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन

सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन

भक्तपुर । सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ । प्रदेश नं १ का नागरिकलाई सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेटमा राखिने भएपछि सेनाको टोलीले गरेको तयारीको बुधवार कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसीएमसी) को टोलीले अनुगमन गरेको छ । प्रधानमन्त्रीको कार्यालय, परराष्ट्र, स्वास्थ्य तथा जनसङ्ख्या, सामान्य प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिसीएमसीमा रहेका संयुक्त टोलीले यसको तयारीको अवस्थाबारे जानकारी लिन आज होल्डिङ सेन्टरको अवलोकन गरेको हो । अनुगमन टोलीलाई…
Read More
के हो सलह ?

के हो सलह ?

काठमाडाैं । सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ । हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको छ । “सुरुको अवस्थामा त्यति धेरै लामो दूरी तय गर्दैछ, दोस्रो चरणमा अलिक छिटो अघि बढ्छ, जब बयस्क हुन्छ, तब हावाको गतिमा उडेर माइलका माइल लामो यात्रामा अघि बढ्छ,” उनी भन्छन् । पछिल्लो समय रेकर्ड भए अनुसार…
Read More
लुकिछिपी नेपाल आउने घटे

लुकिछिपी नेपाल आउने घटे

काठमाडौं । भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रवेश बिन्दु तय गरिएपछि लुकिछिपी स्वदेश फर्कनेहरूको सङ्ख्यामा कमी आएको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रवेश बिन्दु तोकिनुअघि भारतबाट लुकिछिपी स्वदेश फर्केको पाइए पनि प्रवेश बिन्दु तोकिएपछि गौरीफन्टा नाकाबाहेक अन्य ठाउँबाट स्वदेश प्रवेशमा पूर्णरूपमा निषेध गरिएको जानकारी दिए । झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सरकारद्वारा तोकिएको प्रवेश बिन्दुको…
Read More
लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास

लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास

हेटौंडा । हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए । लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए । ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीन केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् । लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शुभलक्ष्मी विश्वकर्माले खबर लेखेका छन्
Read More
चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

चन्द्रागिरिमा अत्यावश्यक सेवाका पसल बिहान खोल्न पाइने

काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा अत्यावश्यक सामग्रीका पसल बिहान ५ देखि १२ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । पछिल्लो समय नेपालमा तीव्ररूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चन्द्रागिरि नगरपालिकाको मङ्गलबार बसेको नगर कार्यसमितिको बैठकले सामाजिक दूरी कायम राखेर बिहान ५ देखि १२ बजेसम्म अति आवश्यक सामग्रीका पसल सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले खाद्यान्न, फलफूल, इन्धन, दाना, बीउबिजन, मल, भेटेरेनरी, हार्डवयर, वर्कसपलगायतका पसल बिहान खोल्न दिने निर्णय गरेको जानकारी दिए । “औषधि पसल, दुग्ध उद्योग, खानेपानी ढुवानी साधन भने सुरक्षा मापदण्ड मास्क, पिपिइ, स्यानिटाइजर, पञ्जा लगाएर सञ्चालन गर्न पाइनेछ”, उहाँले भन्नुभयो । अत्यावश्यक…
Read More
बन्दाबन्दीको कारण फर्निचर व्यवसायी मारमा

बन्दाबन्दीको कारण फर्निचर व्यवसायी मारमा

झिमरुक । बन्दाबन्दीले प्युठानका काठ तथा फर्निचर व्यवसायी प्रभावित भएका छन् । यहाँका फर्निचर व्यवसायीले गत माघ महिनादेखि व्यवसाय सञ्चालन गरेका छैनन् । फर्निचर व्यवसायी जिल्लाका भए पनि कामदार जिल्ला बाहिर कपिलवस्तु, सिरहा, पर्साका छन् । जिल्लाका नौ स्थानीय तहमा करीब सय फर्निचर व्यवसायी छन् । काठ तथा फर्निचर व्यवसायी संघमा आबद्ध ५५ व्यवसायी रहेको जनाइएको छ । प्युठान नगरपालिका वडा नं ४ बिजुवारमा मेघा फर्निचर व्यवसायी सञ्चालन गर्दै आएका सूर्यचन्द्र खनालले विभिन्न वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिए पनि बन्दाबन्दीका कारण व्यवसाय नचल्दा ऋण तिर्नका लागि समस्या परेको बताए । बैंकले साहु तथा ब्याज पैसा तिर्नका लागि ताकेता…
Read More
तरकारी नष्ट नगर्न गृह मन्त्रालयको परिपत्र

तरकारी नष्ट नगर्न गृह मन्त्रालयको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले तरकारी नष्ट नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्रमा नै रोकिएको थियो । यसको चौतर्फी विरोध भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो । स्वदेशी उत्पादन नष्ट गर्नेमाथि कारबाही गर्नुपर्ने मन्त्रालयको जोड थियो । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको छ । साथै तरकारीलाई निर्वाध रुपमा बजारसम्म पुर्‍याउने व्यवस्था मिलाउन भनिएको गृह…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.