समाज

युवती बलात्कार आरोपमा एक जना पक्राउ

युवती बलात्कार आरोपमा एक जना पक्राउ

पाँचथर । पाँचथरमा बाख्रा चराउन गएकी १९ वर्षीया युवतीमाथि बलात्कार भएको छ । घटनामा संग्लन रहेको आरोपमा तुम्वेवा गाउँपालिका ४, ओलनेका ४० वर्षीय रमेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ । ओखरबोटे जंगलको छेउमा बाख्रा चराइरहेको अवस्थामा शर्माले ती युवतीमाथि बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय मौवाले जनाएको छ ।
Read More
महान्यायाधिवक्ता खरेल भन्छन् : रुकुम पश्चिम घटनाको मुद्धा बिग्रन दिने छैनौं

महान्यायाधिवक्ता खरेल भन्छन् : रुकुम पश्चिम घटनाको मुद्धा बिग्रन दिने छैनौं

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले रुकुम पश्चिम घटनाकाे मुद्धालाई बिग्रन नदिने बताएका छन् । प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिको मंगलबारकाे बैठकमा उनले घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने बताएका हुन् । ‘यो मुद्धालाई बिग्रन दिइने छैन, म विश्वास दिलाउन चाहन्छु, अभियोजनको मामिलामा तल माथि हुन कुनै ठाउँमा दिइने छैन’ महान्यायधिवक्ता खरेलले भने । जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रेमिकाले बोलाएर बिहे गर्न भनी १८ जना साथीसहित आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ५ जनाको भेरी नदी किनारमा शव भेटिएको थियो । एक जना अझै वेपत्ता छन् । १२ जना घाइते भएका छन् । महान्यायाधिवक्ता खरेलले रुकुम…
Read More
चट्याङ लागेर दुई महिलाको मृत्यु

चट्याङ लागेर दुई महिलाको मृत्यु

रुपन्देही । रुपन्देहीमा चट्याङ लागेर दुई जनाकाे मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुईजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार वर्षासँगै परेको चट्याङले जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका २ केटवलिया की ५५ वर्षीया चयनमती यादव र मायादेवी गाउँपालिका ५ की ५० वर्षीया कमलावती यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
Read More
बिक्री गर्न नपाएरै खेर गयो तरकारी

बिक्री गर्न नपाएरै खेर गयो तरकारी

कैलाली । धनगढीको कृष्णनगर नजिकै व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीय कृषक खेतमा उत्पादन भएको गोलभेँडा, बन्दालगायतका तरकारी बारीमै कुहिएपछि चिन्तित भएका छन् । लामो समयको बन्दाबन्दीले बारीमा उत्पादन भएको १८ क्विन्टल टमाटर, ३० क्विन्टलभन्दा बढी बन्दा, लौका, फर्सी, काँक्रालगायतका तरकारी बिक्री गर्न नपाएरै बारीमा सडेको कृषक फुरहार अहमदले बताए। बजारका होटल, चौराहाको सब्जीबजार, हाटबजारलगायतका स्थान पूर्णरूपमा ठप्प भएपछि बारीमै तरकारी कुहिएको कृषक अहमदको दुःखेसो छ । “बन्दाबन्दीबीच कोरोनाको सङ्क्रमण समाधान हुन्छ र उत्पादित तरकारी बिक्री गरौँला भन्ने विचार थियो, तर झन् जोखिम बढ्दै गई निरन्तर बजार बन्द भएपछि तरकारी पूर्णरूपमा बिग्रियो”, उनले भने, “त्यसैमा तीन/चार दिनको वर्षाका कारण…
Read More
११ सय ६० घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

११ सय ६० घरधुरीलाई सरकारी अनुदानमा सौर्य ऊर्जा

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका स्थानमा सरकारी अनुदानमा सौर्य ऊर्जा व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रिय प्रसारण लाइनमा तत्काल जोडिने सम्भावना नभएका मुस्ताङ, मनाङ, म्याग्दी र गोरखा जिल्लाका सात स्थानीय तहका एक हजार १६० घरधुरीमा सरकारी अनुदानमा सौर्य ऊर्जाको व्यवस्था गरिने बताए । यसै वर्ष ‘गण्डकी प्रदेश : उज्यालो प्रदेश’ घोषणा गर्ने प्रदेश सरकारको सङ्कल्प कोरोनाका कारण प्रभावित भएको बताउँदै उनले उक्त कार्य आगामी वर्ष पूरा गरिने जानकारी दिए । नेपाल सरकारसँगको सहकार्यमा गोरखा, नवलपुर, लमजुङ, मनाङ,…
Read More
राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु

जाजरकोट । पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाँइकाे नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीडित परिवार र सरोकार पक्षसँग भेटघाट गरेको छ । टोलीले घटनामा परी ज्यान गुमाएका नवराज विकका आमाबुवा, सञ्जीव विकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो । पीडित परिवारले आयोगसमक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोडमोड गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राखेका छन् । “दलित भएकै कारण मेरो छोराको हत्या गरिएको हो”,…
Read More
काेराेना कहर : ‘रिक्सा नचलाए अब परिवार भोकै मर्छन्’

काेराेना कहर : ‘रिक्सा नचलाए अब परिवार भोकै मर्छन्’

नेपालगञ्ज । नेपालगञ्ज -९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नाे तीनपाङ्ग्रे इरिक्सा नचलाएको दुई महिना भयो । इरिक्सा चलाएर पाँच जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पु-याएको छ । भाडाको घरमा बसेर रिक्सा चलाउने पेशा अंँगालेका कोरीसँग आम्दानीको कुनै स्रोत नभएपछि तीन लालाबाला सन्तान र आप्mनो पेटको भोक मेटाउन उनकी धर्मपत्नी लक्ष्मी अहिले अरुका घरमा भाँडा माझ्न बाध्य भएका छन्। बन्दाबन्दीका कारण इरिक्सा चलाएर आफ्नाे दिनचर्या चलाउने सो दम्पती प्रतिनिधिमूलक पात्र मात्र हो । उनीहरु जस्तै करीब १० हजार परिवारको दैनिक जीवन इरिक्साको कमाइले धानेको छ । बाँके जिल्लामा झण्डै १० हजार…
Read More
दुई सातादेखि दाजुभाइ बेपत्ता

दुई सातादेखि दाजुभाइ बेपत्ता

रुकुमपूर्व । भूमे गाउँपालिका –२ काँक्रीका सहोदर दुई दाजुभाइ दुई सातादेखि बेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् । पारिवारिक स्रोतका अनुसार यही जेठ ४ गते दाजुभाइ दिदीको घर रोल्पा थबाङ गएका थिए । दिदीकहाँ बसेर जेठ ६ गते घर आउन भनी थबाङबाट हिँडे पनि अहिलेसम्म उनीहरु सम्पर्कमा आएका छैनन् । थबाङबाट बाटो लाग्दासम्म सम्पर्कमा रहेका उनीहरु साँझसम्म पनि घर नफर्केको बुवा पलबहादुरले जानकारी दिए । हराएको १९ दिनसम्म पनि दुई छोरा सम्पर्कमा नआएपछि खोजिदिन परिवारले सबैमा आग्रह गरेको छ । परिवारले उनीहरुको खोजी गरिदिनका लागि प्रहरीमा सोमबार निवेदन पनि दिएको…
Read More
क्वारेन्टाइनमा राख्नै सकस

क्वारेन्टाइनमा राख्नै सकस

खलङ्गा । भारतबाट दिन प्रतिदिन सयौँको सङ्ख्यामा नेपाली नागरिक जुम्लामा भित्रिन थालेपछि उनीहरूलाई क्वारेन्टाइनमा राख्न यहाँका स्थानीय तहलाई सकस भएको छ । जिल्लामा भएका एकीकृत क्वारेन्टाइन कर्णाली प्राविधिक शिक्षालय, लामास्थित दुर्गा मावि, कुडारीस्थित सरस्वती मावि र रारालिहीस्थित कुडारी मावि भरिभराउ भएका छन् । ती क्वारेन्टाइनमा अहिले ६३० जनालाई राखिएको छ । थप क्वारेन्टिन बनाउन स्थानीय तहहरू लागिपरेको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताए । यसअघि निर्माण व्यवसायी सङ्घको भवनमा बनाउने भनिएको क्वारेन्टाइन स्थानीयवासीले अदातलमा मुद्दा हालेका कारण अघि बढ्न सकेको छैन । अदालतले हाललाई क्वारेन्टाइन नबनाउन अन्तरिम आदेश दिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । “क्वारेन्टाइन बनाउने जिम्मेवारी पालिकाको…
Read More
सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौंः संयोजक बस्नेत

सोती घटनाको प्रतिवेदन छिट्टै बुझाउँछौंः संयोजक बस्नेत

रुकुम । रुकुम(पश्चिम) को चौरजहारी नगरपालिका –८ सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका संयोजक जीतेन्द्र बस्नेतले घटनाको सत्यतथ्य छानबिन भइरहेको बताएका छन् । उनले समितिले घटनाको सत्यतथ्य छानबिन गरिरहेको र छिट्टै प्रतिवेदन तयार पारी गृह मन्त्रालयलाई बुझाइने बताए । ‘हामीले मृतक पक्ष, सोती गाउँका बासिन्दा, केटीका परिवार तथा आफन्त, अधिकारकर्मी, दुवै जिल्लाका सुरक्षा निकाय, पत्रकारलगायतसंँग भेटी घटनाको सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौंँ’, उनले भने, ‘घटनाको जरोमा पुगेर सत्यतथ्य पत्ता लगाई हाम्रो समितिलाई दिइएको म्याण्डेट र समयअनुसार अध्ययन प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउँछौं ।’ घटनाबारे बाहिर आएका र आफूहरुले विभिन्न तवरबाट गरेका छलफलमा आएका कुरालाई पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.