समाज

अलपत्र परेकालाई निरन्तर उद्धार गर्दै गाउँपालिका

अलपत्र परेकालाई निरन्तर उद्धार गर्दै गाउँपालिका

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले रुपैडियादेखि महेन्दनगरको गड्डाचौकी सीमानाकामा अलपत्र परेका गाउँवासीलाई उद्धार गर्नेक्रम जारी राखेको छ । यसक्रममा गाउँपालिका अध्यक्ष रतननाथ योगीले आफ्ना नागरिकलाई लिन ती स्थानसम्म बस पठाउने काम गरिरहेका छन्। अहिलेसम्म २६२ जनालाई सीमानाकाबाट उद्धार गरी गाउँपाालिकाभित्रका सामुदायिक विद्यालयको क्वारेन्टिनमा राखेको उनले जानकारी दिए । तीमध्ये धेरै भारतको विभिन्न शहरबाट आएका छन् । गाउँपालिकाले कोरोना जोखिम हुन नदिन उच्च प्राथमिकता दिएको छ । सीमानाकामा अलपत्र परेका नागरिकको नाम रेकर्ड राख्न वडाध्यक्ष परिचालन गरिएको छ । गाउँपालिकाभित्रका केही स्थानीयवासी सीमामा अलपत्र परे बस लिन पठाइने गाउँपालिकाले जनाएको छ । क्वारेन्टिनमा बसेकालाई खाना र आवासको व्यवस्था गरिएको छ ।…
Read More
पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका युवकको मृत्यु

पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका युवकको मृत्यु

विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृत्यु भएको हो । उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्वास्थ्य समस्या देखिएपछि युवकलाई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । आइतबार बिहान उनको मृत्यु भएको हो ।
Read More
निःशुल्क शिक्षा संविधानमा मात्रै सिमित, बजेटले संबाेधन गर्न सकेन

निःशुल्क शिक्षा संविधानमा मात्रै सिमित, बजेटले संबाेधन गर्न सकेन

काठमाडाैं । राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकामा गुनासो गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामलखन चमारले बजेटमा आगामी वर्ष विपन्न, अपाङ्गता भएकाका बालबालिका, शहीदका छोराछोरी र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिए पनि दलित बालबालिकाका लागि बेवास्ता गरिएको बताए । अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते संघीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नुभएको आव २०७७/०७८ को बजेटमा भनिएको छ,“दलित समुदायलाई जनता आवास कार्यक्रम, नवीन प्रविधिमा आधारित शिल्प उत्थान, परम्परागत सीपको आधुनिकीकरण, शिक्षा,…
Read More
नगरपालिकाले निर्माण गर्याे महिलाका लागि छुट्टै क्वारेन्टिन

नगरपालिकाले निर्माण गर्याे महिलाका लागि छुट्टै क्वारेन्टिन

गुलरिया । बर्दियाको गुलरिया नगरपालिकामा महिलाको सङ्ख्या बढ्दै गएपछि तिनका लागि छुट्टै क्वारेन्टिन निर्माण भएको छ । गुलरिया –४ कोटही माध्यमिक विद्यालयमा ३० शय्या क्षमता भएको क्वारेन्टिन निर्माण भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । उक्त क्वारेन्टाइनमा भारतबाट आएका चार महिला छन् । क्वारेन्टिनमा सुरक्षाका लागि सबै महिला प्रहरी र स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत बालकृष्ण अधिकारीले बताए। जिल्लामा ८० शय्याको आइसोलेशन तयारी अवस्थामा रहेको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिए । जिल्लामा १४४ क्वारेन्टिनमा महिलापुरुष गरी तीन हजार ९१८ जना छन् । रासस
Read More
भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने

भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने

चितवन । भरतपुर विमानस्थल बिस्तार गरि प्रदेशस्तरको बनाइने भएको छ । यसका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरण गरी ठूला जहाजसमेत अवतरण गर्न मिल्ने बनाउन लागिएको बताइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत बिहीबार संघीय संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा सो विमानस्थलाई प्रदेशस्तरीय बनाइने उल्लेख छ । विमानस्थलको धावनमार्ग छोटो हुँदा र अतिक्रमण बढेपछि जहाज उडान र अवतरण निकै जोखिम पूर्ण बन्दै गएको जनाइएको छ । विमानस्थल जोखिमपूर्ण भएपछि भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा सरोकारवालाको छलफलसमेत गरिएको थियो ।…
Read More
पीसीआर टेष्ट गरेर फर्किँदा बाटोमै मृत्यु

पीसीआर टेष्ट गरेर फर्किँदा बाटोमै मृत्यु

पोखरा । कोरोनाको पीसीआर परिक्षण नेगेटिभ आएपछि डिस्चार्ज भएका एक व्यक्तिको घर जाँदै गर्दा बाटोमा निधन भएको छ । स्याङ्जाको फेदिखोला गाउँपालिकाका ५१ वर्षीय खड्कबहादुर कार्की जेठ १३ गते वनारसबाट आएका थिए । वनारसबाट फर्केपछि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका उनको १६ गते स्वाब संकलन गरिएको थियो । १८ गते उनको पीसीआर नतिजा नेगेटिभ आयो । पीसीआर नेगेटिभ आएपछि क्वारेन्टाइनबाट उनी डिस्चार्ज भए । डिस्चार्जपछि घर जाने क्रममै उनी बाटोमा ढले । उनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइयो । उनको अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिए । आइतबार साँझ उनको अस्पतालमा मृत्यु भएपछि थप…
Read More
चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

महोत्तरी । मेघगर्जन र भारी वर्षासँगै आज बिहान परेको चट्याङले एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– १ बस्ने महावीर यादवको छोरा ५५ वर्षीय इन्दल यादव रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । गाउँबाहिरको चौरमा भैँसी चराउन गएका यादवको आज बिहान करिब १० बजे भारी वर्षासँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जनाइएको छ । रासस
Read More
कोरोना कहर : विदेशमा रहेकाहरुलाई टेलिफोनबाटै मनोपरामर्श

कोरोना कहर : विदेशमा रहेकाहरुलाई टेलिफोनबाटै मनोपरामर्श

लम्की । नोबेल कोरोना भाइरसको महामारीले विश्व नै आक्रान्त बनेको छ । कोरोना भाइरस सङ्क्रमण फैलँदै गएपछि सामाजिक क्षेत्रमा ठूलो असर परेको छ । कोरोना कहर बढेपछि रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीले आर्थिक र मानसिक तनाव झेलिरहेका छन् । आर्थिक र मानसिकरूपमा समस्यामा परेका नागरिकलाई कैलालीमा भने टेलिफोनबाटै मनोपरामर्श दिन थालिएको छ । कोरोनाको महामारीले गन्तव्य मुलुकमा रोजगारी गुमाउने, स्वदेश फिर्ता हुन नपाउने, भोकमरीको चपेटामा पर्नेलगायतका समस्या देखिएका छन् । परिवारमा समेत व्यक्तिगतसँगै विदेशमा रहेकाप्रतिको चिन्ता बढेको छ । विदेश तथा अन्य स्थानबाट घर आएकालाई समेत समाजमा हेर्ने दृष्टिकोण फरक रहेको छ । यसरी विदेशमा रहेका नागरिक र उनीहरुका…
Read More
रुकुम घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर : सांसद विश्वकर्मा

रुकुम घटना छानविन गर्न दलित सांसदकै नेतृत्वमा समिति गठन गर : सांसद विश्वकर्मा

काठमाडौं । अन्तर्जातीय बिहेको विवादका कारण पश्चिम रुकुममा पाँच जना मारिएको घटना छानबिनका लागि संसदीय समिति गठन नगरिए कडा संघर्ष सुरु गर्ने चेतावनी दिएको छ । निष्पक्ष छानविनका लागि दलित सांसदकै नेतृत्वमा संसदीय समिति गठन हुनुपर्ने माग कांग्रेसको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद मानबहादुर विश्वकर्माले भने, ‘घटनाको निष्पक्ष छानबिनका लागि दलित सांसदको नेतृत्वमा संसदीय समिति तत्काल गठन होस् । यदि तत्काल गठन भएन भने योभन्दा कडा कदम हामीलाई चाल्न बाध्य नपारियोस् ।’ प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले सांसद विश्वकर्मालाई धारणा राख्न दिएका थिए ।…
Read More
विद्यालयमा क्वारेन्टिन बनाउन स्थानीयकाे अवराेध

विद्यालयमा क्वारेन्टिन बनाउन स्थानीयकाे अवराेध

जुम्ला । फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिन भरिभराउ छ । त्यहाँको क्वारेन्टिनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न खोजेपछि स्थानीयवासीले विरोध गरी अवरोध गर्ने गरेका छन् । कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टिन बनाउन नहुने भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टिनमा ३८३ नागरिक बसेका छन् । बाहिरबाट आउने नागरिकको सङ्ख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टिन बनाउन खोज्दा स्थानीयवासीले विरोध…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.