समाज

मुख्यमन्त्री नमूना कृषि गाउँमा ‘हाइटेक नर्सरी’ निर्माण

मुख्यमन्त्री नमूना कृषि गाउँमा ‘हाइटेक नर्सरी’ निर्माण

तनहुँ । मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भिमाद नगरपालिका–९ भानुमतीस्थित जौपानीमा सिंचाइ प्रविधिसहितको ‘हाइटेक नर्सरी’ निर्माण थालिएको छ । इजरायलले विकास गरेको प्रविधिलाई कृषि क्षेत्रमा नयाँ आयाम दिन चितवनको पिठुवाबाट आएका प्राविधिकसहितको ६ जनाको टोलीले ‘हाइटेक नर्सरी’ बनाउन भिमाद–९ का वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए। गाउँमा नै सुरक्षित क्वारेन्टिन बनाएर राखी सामाजिक दूरी कायम गरेर चार टनेल निर्माण अघि बढाइएको छ । मुख्यमन्त्री कार्यक्रम सफल बनाउन मुख्यमन्त्री नमूना वातावरणमैत्री नमुना कृषक समूह गठन गरी उक्त समूहमा तीन सय स्थानीयबासीलाई आबद्ध गराइएको समूहका सदस्य शिवकुमार आलेले बताए । सिभिल इञ्जिनीयरिङ जनशक्तिमार्फत नेपालमा हालसम्म आठदश कम्पनीले हाइटेक टनेल बनाउने गरेका छन् ।…
Read More
बाँके दुर्घटनाका सबैको कोरोना परीक्षण गरिने

बाँके दुर्घटनाका सबैको कोरोना परीक्षण गरिने

काठमाडौं । बाँके दुर्घटनामा ज्यान गुमाएका १२ सहित घाइतेको २१ जनाकाे कोरोना परिक्षण गरिने भएको छ । आइतबार मध्यराति नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको थियो । सोही क्रममा गाडीमा सवार ११ जनाको घटनास्थलमै र १ जनाको भेरी अस्पतालमा ज्यान गएको हो । सबै भारतबाट फर्किएकाले उनीहरुको कोरोना परिक्षण गरिन लागेको हो । मृतकको सनाखत हुन सकेको छैन् । मृतकमध्ये ११ जना पुरुष र १ महिला रहेका छन् । बाँकेका एसपी वीरबहादुर ओलीले मृतक र सबै घाइतेको कोरोना परिक्षण गरिने बताए ।
Read More
अधिग्रहण गरिएको मेलम्चीको जग्गा अतिक्रमण

अधिग्रहण गरिएको मेलम्चीको जग्गा अतिक्रमण

काठमाडाैं । मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन अधिग्रहण गरिएको जग्गा अतिक्रमण हुन थाले पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलबाट थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउन करिब पाँच किलोमिटर स्थानमा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको करिब २५ मिटर चौडाइमुनि एक हजार ४०० मिलिमिटर व्यासको पाइप बिच्छ्याइएको छ । त्यसमाथि सडकका रूपमा उपयोग भइरहेको छ । करिब २५ मिटर चौडाइको भागको संरक्षणमा कुनै निकाय देखा नपरेकाले हाल नगरपालिकाको वडा नं १, २ र ४ का करिब दर्जन स्थानमा जग्गा मिचिएको छ । थोक वितरण प्रणालीका लागि पाइप बिच्छ्याउने बेलामा नै २५ मिटर दूरीको…
Read More
नागरिक समाज भन्छ : कोभिड अस्पताल छिटो बनाउ

नागरिक समाज भन्छ : कोभिड अस्पताल छिटो बनाउ

भद्रपुर । झापाको मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा कोभिड अस्पताल बनाउन स्थानीयवासीको अवरोध नभएको स्थानीय नागरिक सरोकार समाजले जनाएको छ । कोभिड अस्पताल नागरिक सरोकार समाज भद्रपुरले आइतबावार पत्रकार सम्मेलन गरी योभन्दा उत्तम विकल्प अरू छैन भने यही भवनमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुसार कोभिड अस्पताल बनाउन सरकारलाई आग्रह गरेको छ । समाजका अध्यक्ष भक्त खवासले झापामा कोभिडको प्रकोप बढिरहेको बताउँदै सुरक्षित कोभिड अस्पताल बनाउन ढिलो गर्न नहुने बताए। उनले भने, “कोभिड अस्पतालबाट स्थानीय क्षेत्रमा सङ्क्रमण नफैलियोस्, विपन्नहरुको उपचारको भरोसायोग्य केन्द्र मेची अञ्चल अस्पतालको सेवामा कुनै पनि प्रकारको अवरोध उत्पन्न नहोस् र विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिमको अस्पताल बनाउन ढिला नगरियोस् ।”…
Read More
विदेशबाट फर्किएका नेपालीले सस्ताेमै पाउँने भए होटेलकाे कोठा

विदेशबाट फर्किएका नेपालीले सस्ताेमै पाउँने भए होटेलकाे कोठा

काठमाडाैं । विदेशबाट फर्किएका नेपाली कामदारलाई क्वारेन्टाइनमा राख्न तारे र अन्य होटेलहरूले १५ सयसम्ममै कोठा दिने भएका छन् । तारे होटेलहरूले गत जेठ १२ गते होटेलका कोठालाई क्वारेन्टाइन बनाउन सहमत भए पनि शुल्क महँगो भएपछि सरकारले घटाउन माग गरेको थियो । होटेल संघ नेपाल (हान)ले आइतबार पर्यटकस्तरका होटेलहरूले प्रतिबेड १५ सयमै राख्न दिने निर्णय गरेको छ । एउटा कोठामा एकजना मात्रै बस्दा भने २ हजार रुपैयाँ तिर्नुपर्ने छ । यो शुल्कमा होटलहरूले दिनको चारपटक पौष्टिक आहारसमेत खुवाउने हानका महासचिव साजन शाक्यले बताए । नयाँ पत्रिकामा खबर छ ।
Read More
बाँकेमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेमा गए राति भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यानका लागी छुटेकाे ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको घटनास्थलमै र एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा भएको दुर्घटनामा बसमा सवार अन्य २० जना यात्रु घाइते भएका छन् । घाइतेहरुको भेरी अस्पतालमा उपचार भइरहेको छ ।
Read More
आज देशका यि भूभागमा चट्याङसहित वर्षाको सम्भावना

आज देशका यि भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान अनुसार नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ भने नेपालका पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ । महाशाखाका अनुसार हाल देशभरी नै सामान्य बदली भइरहेको छ । देशका प्रदेश ५, गण्डकी, बाग्मती प्रदेशका केही भूभागमा भने वर्षा भइरहेको छ । पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशका पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली हुनेछ । यसबाहेकका भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ । यसैगरी, पूर्वी भूभागहरु, मध्य र पश्चिमी पहाडी भूभागहरुका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, राति देशको…
Read More
सलह नेपाल आउने सम्भावना छ ?

सलह नेपाल आउने सम्भावना छ ?

काठमाडौं । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपाल आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय परिवर्तन भएपछि नेपालमा आउन सक्ने सम्भावना अत्यन्त न्यून भएको हो । सलह कीरा सुख्खा वातावरण भएको मरुभूमिमा बस्न रुचाउने कीरा भएकाले वर्षायाम (प्रिमनसुन) सुरु हुने क्रम भएकाले नेपालमा आउने सम्भावना अत्यन्तै न्यून रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित प्राविधिक र जैविक पक्षको अध्ययन गर्ने प्राविधिक समितिका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईँले बताए । आजको राजधानी दैनिकमा कौशिला कुँवरले खबर लेखेकी छिन् ।
Read More
सुत्केरीको मृत्यु

सुत्केरीको मृत्यु

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार मृत्यु हुनेमा जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्की रहेकी छन् । मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो । सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नावजात शिशुको अवस्था सामान्य रहेको अस्तालले जनाएको छ । रासस
Read More
बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दियासँग जोडिएको भारतीय सीमा बन्द

बर्दिया । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द हुने भएको छ । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसका कारण बन्दाबन्दी अवस्थामा पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले बताए। उन्का अनुसार नगरभित्र कोही कोरोना सङ्क्रमित भेटिएका अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेशनमा राखेर उपचार गरिने छ । शय्या सङ्ख्या अपुग भएमा कोरोना सङ्क्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेशन वार्ड निर्माण गरिने जानकारी उन्ले दिए।रासस
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.