समाज

१० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत

१० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत निःशुल्क उपलब्ध गराउने उल्लेख छ । प्राधिकरणका त्यस्ता ग्राहक संख्या ८ लाख छ । विद्युतका करिब ४१ लाख ग्राहस्थ ग्राहक छन् । ती ग्राहक आर्थिक रुपमा विपन्न भएका कारण राहत दिने उद्देश्यले महसुल निःशुल्क दिने व्यवस्था मिलाइएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले जानकारी दिए । ८ लाखमध्ये कतिपयले न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा…
Read More
नयाँ बानेश्वरकाे एक कम्प्लेक्समा लागेकाे आगो प्रहरीद्वारा नियन्त्रण

नयाँ बानेश्वरकाे एक कम्प्लेक्समा लागेकाे आगो प्रहरीद्वारा नियन्त्रण

काठमाडौं । नयाँ बानेश्वर शंखमूलमार्गमा रहेको अर्याल होटलसँगै रहेको कम्प्लेक्समा लागेको आगो निभाइएको छ । होटेलसँगैको कम्प्लेक्समा आइतबार दिउँसो लागेको आगो प्रहरी र स्थानियले निभाएका हुन् । भवनमा आगलागी हुने बित्तिकै बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । कम्प्लेक्सको २ तलाबाट शुरु भएको आगो अन्यत्र फैलिन नपाउँदै नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले निभाएको हो । कम्प्लेक्समा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीबाट कम्प्लेक्समा लकडाउनको कारण बन्द अवस्थामा रहेको व्युटी पार्लरसहित केही पसल जलेका छन् ।
Read More
पूर्व प्रधानमन्त्री भट्टराईको प्रस्ताव–सबैले थर फेरौं

पूर्व प्रधानमन्त्री भट्टराईको प्रस्ताव–सबैले थर फेरौं

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दलितमाथि जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि सबैले आफ्ना थर परिवर्तन गर्न प्रस्ताव राखेका छन् । प्रतिनिधिसभामा जारी बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिने क्रममा डा.भट्टराईले हिजोको वर्ण व्यवस्थाका आधारमा श्रम गर्ने वर्गलाई दलित भनेर हेपिएको भन्दै श्रम, सीप भएको वर्गलाई हेपेपछि देशको विकास हुन नसक्ने बताए । उनले दलित भन्ने शब्द प्रयोग गर्ने वा नगर्ने बारे छलफल हुन सक्ने बताए । भट्टराईले भने, ‘तपाई हामी सबैले दलित नाम राखिदिउँ न । जस्तै बाबुराम भट्टराई कामी लेख्दिउँँ । एउटा विश्वकर्मा लेखौं । सबैले गरौं । भर्खरै रुकुकमा जे भयो परिकल्पना पनि गर्न सक्नि ।…
Read More
कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरे । वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन्। सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए । एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए । वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएका डा दासका…
Read More
बलात्कारको आरोपमा थप दुई जना पक्राउ

बलात्कारको आरोपमा थप दुई जना पक्राउ

पाल्पा । तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका –३ का मनिष रुचाल र अमृत रावल छन् । यसअघि यही जेठ १६ गते पक्राउ पर्नेमा तिनाउ भुतखोलाका २८ वर्षीय एकबहादुर दिशा र ४३ वर्षीय वसन्त सैँजु तथा बगनासकाली गाउँपालिका पोखराथोकका २४ वर्षीय दिलबहादुर कुमाल छन् । किशोरीलाई दोभान क्षेत्रमा शुक्रबार बलात्कार गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय र दोभान प्रहरी कार्यालयबाट गएका प्रहरीले अभियुक्तलाई…
Read More
१४ सुुत्केरीको उद्धार

१४ सुुत्केरीको उद्धार

काठमाडाैं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बन्दाबन्दीको दुई महिनाको अवधिमा प्रसूूति व्यथा लागेर अलपत्र परेका १४ महिलाको उद्धार गरी अस्पताल पु¥याइएको छ । सो कार्यक्रम अन्तर्गत जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिँदै आइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दुर्गम क्षेत्रका गर्भवती एवं प्रसूतिका लागि स्वास्थ्य संस्थामा लैजान समस्यामा परेका महिलाको उद्धार प्राथमिकता साथ गरिँदै आएको जानकारी दिनुभयो । उन्ले मातृशिशु मृत्युदर कम गर्न व्यवस्था गरिएको सो कार्यक्रमबारे स्थानीय तहले सक्रियता बढाउनुपर्ने बताए। राष्ट्रपति महिला उत्थान कार्यक्रमकी प्रमुख अञ्जु ढुङ्गानाका अनुसार सो कार्यक्रम कार्यान्वयन पछिको २१ महिनामा २०३ गर्भवती एवं प्रसूति व्यथा लागेका महिलाको…
Read More
धादिङलाई केन्द्रबिन्दु बनाएर गयाे भूकम्प, धक्का काठमाडाैँमा पनि

धादिङलाई केन्द्रबिन्दु बनाएर गयाे भूकम्प, धक्का काठमाडाैँमा पनि

काठमाडौं- धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्प गएको हो। यसको ४.८ म्याग्निच्युड भएको केन्द्रले जानकारी दिएको छ। धादिङको सुनौला बजार केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो।
Read More
घरमै पुगेर गर्भवतीको उद्धार

घरमै पुगेर गर्भवतीको उद्धार

बाजुरा । बाजुराको बडीमालिका नगरपालिकाका नगरउपप्रमुख कविता विष्टसहितको टोलीले घरमै पुगेर गर्भवती महिलाको उद्धार गरेको छ । सोही नगरपालिका वडा नं ९ मार्तडीकी २२ वर्षीया पवित्रा सार्कीको घरमै नगरपालिकाको एम्बुलेन्स लिएर उद्धार गरिएको हो । जिल्ला अस्पतालमा शुक्रबार जाँच गर्न गएकी दलित महिला सार्कीलाई जिल्लामा सम्भव नभएपछि धनगढी पठाएपछि आर्थिक अभावका कारण घर लगिएको थियो । सार्कीको परिवारसँग धनगढी जान एम्बुलेन्सको भाडा तिर्न आर्र्थिक नभएपछि घर लगेको बताइएको छ । नगरपालिकाकै सहयोगमा गर्भवती सार्कीको एम्बुलेन्समार्फत धनगढी पठाइएको वडा नं ८ का वडाध्यक्ष प्रकाश रावलले बताए । उन्ले सार्कीले योभन्दा पहिला दुईपटक शल्यक्रिया गरेर बच्चा जन्माएकाले जिल्ला अस्पतालले अन्यत्र सिफारिस गरेपछि आर्थिक…
Read More
स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह

स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरीे मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता बेदप्रसाद भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी हलेसी तुवाचुङ नगरपालिका–२ खोटाङ बस्ने चक्रबहादुर खत्रीलाई स्वेच्छाचारीरुपमा पटक पटक पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरिएको हो । नेपालको संवैधानिक एवं कानूनी व्यवस्था तथा सर्वोच्च अदालतबाट पटक पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरी व्यक्तिको मानव अधिकारको सम्मान र संरक्षण तथा कानूनी शासनको प्रत्याभूत गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको…
Read More
धनुषामा प्रधानमन्त्री ओलीविरुद्ध लाग्याे मुर्दावादकाे नारा!(भिडियाेसहित)

धनुषामा प्रधानमन्त्री ओलीविरुद्ध लाग्याे मुर्दावादकाे नारा!(भिडियाेसहित)

जनकपुरधाम । प्रधामन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नारावाजी गर्दै सयौंको सँख्यामा मानिसहरु नेपाल प्रवेश गरेका छन् । लकडाउनका प्रभावित भएर भारतमा कामको शिलशिलामा गएका नेपाली नागरिकहरु धनुषाको जटही नाकाबाट प्रवेश गर्दै प्रधानमन्त्री ओली विरुद्ध चर्को नारावाजी गरेका हुन् । सयौंको सँख्यामा रहेका नेपाली नागरिकहरु प्रधानमन्त्री ओली मूर्दावाद, केपी ओली हाय हाय जस्ता नारा लगाउँदै जनकपुर तर्फ प्रस्थान गरेका हुन् । धनुषा प्रशासनले नेपाल भारतको सीमामा फँसेका नागरिकहरुलाई जिल्ला प्रवेश गराउने निर्णयपछि दिनहुँ सयौंको सँख्यामा नागरिकहरु नेपाल आउन थालेका हुन् । लकडाउनका कारण सवारी साधन चल्न नसकेपछि आफ्नो घर फर्कदै गर्दा एक नेपालीको जटही नाकामै मृत्यू भएको हो । भोकको कारण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.