समाज

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना

काठमाडौं । सोमवार देशको अधिकांश भू-भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुका साथै भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभावले बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् । गए राति विकसित भएको भारी वर्षा गराउने प्रणाली भने हटिसकेको बताइएको छ । “अहिले फेरि यी चार प्रणाली विकसित भई सक्रिय अवस्थामा रहेकाले पुनः वर्षाको सम्भावना रहेको हो”, मौसमविद् बासीले भनिन् । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १० हो तर यस वर्ष औसत समयभन्दा केही ढिलो मनसुन भित्रिने भएको छ । मनसुन शुरु हुनुपूर्व जुन किसिमको वातावरण…
Read More
चार पालिकाको एउटा आइसोलेसन केन्द्र

चार पालिकाको एउटा आइसोलेसन केन्द्र

नारायणपुर । दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शैयाको कोरोना विशेष आइसोलेसन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् । राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएका हुन् । आइसोलेसनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् । प्रत्येक पालिकाले कोषमा रु १५ लाख जम्मा गर्ने भएका छन् । केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीका अध्यक्षतामा समितिसमेत गठन गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए । “दाङमा कोरोना संक्रमण बढ्दै जानु र बिरामी राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने…
Read More
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा समस्या आएका कारण गलकोटस्थित आरोग्य अस्पतालमा उपचार हुन सकेको थिएन । रासस
Read More
श्रीमतीकाे बन्चराे प्रहारबाट श्रीमानको मृत्यु

श्रीमतीकाे बन्चराे प्रहारबाट श्रीमानको मृत्यु

सल्यान । सल्यानमा एक महिलाले श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको बन्चराे प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । हत्या आरोपमा श्रीमतीलाई इलाका प्रहरी कार्यालय लुहाममा राखिएको खतिवडाको भनाइ छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र मृतक घर्तीको शव परीक्षणपछि घटनाको थप विवरण आउने प्रहरीले जनाएको छ । रासस
Read More
६ दिनमा रिपोर्ट, २ दिनमा अस्पताल

६ दिनमा रिपोर्ट, २ दिनमा अस्पताल

काठमाडौं । गत बिहीबार कोरोना पुष्टि भएका निसीखोला गाउँपालिकाका तीन सङ्क्रमितले अस्पताल आउन दुई दिन कुर्नुपर्याे । गाउँपालिकामा एम्बुलेन्स थिएन । अरू सवारी साधनले सङ्क्रमित बोक्न मानेनन् । शुक्रबार बडिगाड गाउँपालिकाबाट गएको एम्बुलेन्सले सङ्क्रमितलाई धवलागिरि अस्पताल ल्याइपु-यायो । यसबीचमा जिल्ला कमान्ड पोष्टसमेत सङ्क्रमितको शीघ्र उद्धारमा असफल रह्यो । कोरोना देखिएको ३० घण्टापछि बल्ल संक्रमितले अस्पतालको आइसोलेशनमा भर्ना पाए । सँगै पत्ता लागेका बडिगाड गाउँपालिकाका चार र गलकोट नगरपालिकाका तीन सङ्क्रमितलाई भने शुक्रबार नै अस्पताल ल्याइएको थियो । निसीखोला सदरमुकामदेखि झण्डै एक सय १७ किमी टाढा छ । अन्यत्र आइसोलेशन कक्ष नहुँदा सङ्क्रमितलाई सदरमुकाम ल्याउनुपर्ने बाध्यता छ । दुई दिनमा अस्पताल…
Read More
प्रहरी र जनप्रतिनिधिको सक्रियतामा राेकियाे बालविवाह

प्रहरी र जनप्रतिनिधिको सक्रियतामा राेकियाे बालविवाह

सोलुखुम्बु । साेलुखुम्बुकाे थुलुङदुधकोशी गाउँपालिका ९ लोखिममा धुमधामका साथ भईरहेको बालविबाह रोकिएको छ । आईतबार तामझामका साथ दुलहीको घरमा दुलहा सहित जन्ति आएको गोप्य सुचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर  विवाह रोकेको वडा अध्यक्ष भुपाल सिं राईले जानकारी दिए। वडा अध्यक्ष राईका अनुसार लोखिमका एक १९ बर्षिय पुरुष र १६ बर्षिया बालिकाबीच दुवैको मञ्जुरीमानै विबाह भईरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाई बुझाई विवाह रद्ध गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरिक्षक महेन्द्र दर्नालले जानकारी दिए।
Read More
एकै दिन एक सयभन्दा बढीले जिते काेराेना भाइरस

एकै दिन एक सयभन्दा बढीले जिते काेराेना भाइरस

कााठमाडाैं । नेपालमा आज एकै दिन १०२ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको भएर घर फर्कनेका सङ्ख्या पनि क्रमिक रुपमा बढ्दै गएको छ । शनिबार ३२ जनाको कोभिड–१९ जितेर घर फर्केका थिए भने त्यसअघि शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देवकोटाले आज विभिन्न अस्पतालबाट १०२ जना डिस्चार्ज भएका जानकारी दिए । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा देवकोटाले आज डिस्चार्जमध्ये दुई महिला र १०० पुरुष रहेको बताए । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेको…
Read More
स्वेच्छाचारी रुपमा पक्राउ नगर्न मानव अधिकार आयोगको निर्देशन

स्वेच्छाचारी रुपमा पक्राउ नगर्न मानव अधिकार आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न र गैरकानूनी रुपमा थुनामा नराख्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले आइतबार विज्ञप्ति जारी गरी खोटाङका चक्रबहादुर खत्रीलाई लकडाउनको समयमा पनि प्रहरीले वैशाख २ देखि हालसम्म ६ पटक स्वेच्छाचारी रुपमा पक्राउ गरी खोटाङ, उदयपुर, पुनः खोटाङ र सोलुखुम्बु हुँदै सिराहा पु-याएको र गैरकानूनी थुनामा राखेको भन्दै त्यसो नगर्न आग्रह गरेको हो । ‘…निज खत्रीलगायत अन्य कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रुपमा पक्राउ नगर्न तथा गैह्रकानुनी थुनामा राख्ने कार्य बन्द गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ’ विज्ञप्तिमा भनिएको छ । खत्री सर्वोच्च अदालतको जेठ २३ गतेको आदेशबमोजिम आइतबार…
Read More
रोल्पामा पनि काेराेना संक्रमित भेटिए, ७१ जिल्लामा फैलियो कोरोना

रोल्पामा पनि काेराेना संक्रमित भेटिए, ७१ जिल्लामा फैलियो कोरोना

काठमाडौं । आइतबार थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितमध्ये २०९ जना पुरुष र ४ जना महिला छन्। यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको छ। कुल संक्रमितमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला छन् । नेपालमा शनिवार एकैपटक ३२३ जना संक्रमित थपिएका थिए । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रोल्पामा पहिलोपल्ट कोरोना भाइरस संक्रमण ‘कोभिड- १९’ को नयाँ केस फेला परेको छ । रोल्पामा संक्रमण देखिएसँगै प्रदेश ५ का सबै १२ जिल्लामा संक्रमण देखिएको छ । प्रदेश ५ मा १ हजार…
Read More
लितेखोला जलविद्युत्को उत्पादन बन्द, ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य

लितेखोला जलविद्युत्को उत्पादन बन्द, ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य

बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ का ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । थालेपोखरा, फूलबारी र बतासे गाउँका स्थानीयवासीले प्रयोग गर्दै आएको स्थानीय लितेखोला लघु जलविद्युत् परियोजनामा समस्या आएपछि अन्धकारमा बस्न बाध्य भएका हुन् । डेढ महिनादेखि विद्युत् उत्पादन हुन नसकेको सो लघुजलविद्युत् परियोजनाका अध्यक्ष छमबहादुर गलामीले बताए । उनले बन्दाबन्दी जारी रहँदा मर्मत गर्न नसक्दा लामो समयसम्म विद्युत् अवरुद्ध भएको बताए । केन्द्रीय प्रसारण लाइनको पहुँचमा नपुगेको थालेपोखरा, फूलबारी र बतासे गाउँमा लघुजलविद्युत्ले साँझको समयमा मात्र भए पनि उज्यालो दिँदै आए पनि उपकरण बिग्रिँदा अन्धकारमै रात बिताउनुपर्ने भएको स्थानीय देवबहादुर विकले जानकारी दिए । साँझमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.