समाज

बाँकेका ६९ जना कोरोना जितेर घर फर्किए

बाँकेका ६९ जना कोरोना जितेर घर फर्किए

बाँके । बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । बाँकेको जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २० जना निको भएसँगै कोरोना पराजित गर्नेको सङ्ख्या ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार नरैनापुर गाउँपालिका वडा नं १ का १, वडा नं ४ का ३ र वडा नं ३ का १६ गरी २० ले कोरोनालाई जितेर घर फर्किएका हुन् । खजुरास्थित आइसोलेशन अस्पतालबाट ३१, जानकीस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट २०, नेपालगञ्जस्थित डेन्टल अस्पताल आइसोलेशन…
Read More
घरको बरण्डाबाट खसेर एकको मृत्यु

घरको बरण्डाबाट खसेर एकको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका वडा नं ७ मादनकुँडारीमा घरको बरण्डाबाट खसेर एकजनाको मृत्यु भएको छ । आफ्नै घरको बरन्डामा तीनमहिने नातिलाई खेलाइरहेका अवस्थामा रिंगटा लागेर घरको एक तल्लामाथिबाट खसेपछि घाइते भएका ४४ वर्षीय कुलबहादुर लामाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते शिशुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणको कार्य भइरहेको र परीक्षणपछि आफन्तालाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।
Read More
सार्वजनिक यातायात सञ्चानलनसम्बन्धी छलफल शुरु

सार्वजनिक यातायात सञ्चानलनसम्बन्धी छलफल शुरु

काठमाडाैं । सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ । बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल थालेको हो । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ जोखिम कम गर्दै यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर विभागले यसमा छलफल शुरु गरेको छ । सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ । जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच…
Read More
जागिरबाट निकालेको भन्दै आफ्नै शरीरमा आगो लगाए

जागिरबाट निकालेको भन्दै आफ्नै शरीरमा आगो लगाए

अछाम । अस्पतालले जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा एकजना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएर आत्महत्याकाे प्रयाु गरेका छन् । जिल्लाकाे साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीले जानकारी दिए । अस्पतालले केही समयअघि आर्थिक संकट परेको भन्दै कर्मचारीहरु हटाएको थियो । जागिर गुमेपछि आउजी तनावमा रहेको र त्यही कारणले शरीरमा आगो लगाएको हुनसक्ने प्रहरीको अनुमान छ । उनी अस्पतालमा सरसफाइ कर्मचारीका रुपमा कार्यरत थिए । डीएसपी भारतीका अनुसार उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको छ ।
Read More
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

कपिलबस्तुु । कपिलबस्तुुमा फ्यानको जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तु महाराजगंज नगरपालिका ९ शिवभारी बस्ने वर्ष अन्दाजी ३० वर्षकी आसिमा खातुनको आफु सुत्ने कोठामा टेबुल फ्यानको ज्याक विद्युतिय होल्डरमा जोड्ने क्रममा केरन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरले करेन्ट लागेर घटनास्थल मै मृत्यु भएको जनाएको छ । यता नवलपरासी जिल्लाको प्रतापपुर गा.पा.–१ सिसहनिया स्थित भित्री कच्ची सडक खण्डको साईडमा स्थानीय प्रेम हरिजन मृत अवस्थामा फेला परेका छन् । ६० वर्षीय मृत्तक हरिजनको थप अनुसन्धान भइरहेको ईप्रका. बर्दघाटले जनाएको छ ।
Read More
पश्चिम नवलपरासी र सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा फेला

पश्चिम नवलपरासी र सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा फेला

काठमाडौं । पश्चिम नवलपरासी र सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने ६० वर्षीय प्रेम हरिजन आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
Read More
५ वटा एक्साभेटरमा आगजनी

५ वटा एक्साभेटरमा आगजनी

दाङ । दाङको गढवा गाउँपालिका वडा नं. १ जेठान गाउँस्थित राप्ती नदीको किनारमा पार्किङ् गरेर राखिएका ५ वटा एक्साभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीका कारण चारवटा एक्साभेटर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एउटामा आंशिक क्षति पुगेको छ । ५ नम्बर प्रदेश कार्यालय दाङका अनुसार बा २ क ४४८२, बा १ क २२७१, बा २ क ३१४८, रा १ ख ७१३ र एउटा अनटेष्ट एक्साभेटरमा आगजनी गरिएको छ । कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणको काममा संलग्न एक्साभेटरमा आगजनी गरिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
भक्तपुरमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा मिनिट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल बस्ने वर्ष ३५ का नवराज लाछिवाको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीका अनुसार घटनामा परेर घाइते भएका बा ५ ख ३११ नं. को मिनिट्रकका चालक लाछिवाको उपचारको क्रममा मृत्यु भएको हो । आइतबार राती १० बजे चागुँनारायण न.पा. वडा नं. ३ कालीखोला स्थित कालीघाटमा व्यासीबाट झौखेलतर्फ जादै गरेको महाशक्ति इँटा भट्टाको मिनिट्रक दुर्घटनामा परेको थियो ।
Read More
चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने

चारकुनेमा ज्येष्ठ नागरिक भवन बन्ने

तनहुँ । व्यास नगरपालिका–१ चारकुनेमा जलेश्वर ज्येष्ठ नागरिक भवन शिलान्यास गरिएको छ । ज्येष्ठ नागरिक समाजका मानार्थ आजीवन सदस्य ९८ वर्षीय भीमबहादुर बस्नेतले उक्त भवनको आज शिलान्यास गर्दै तीनै तहका सरकारबाट अनुदान प्राप्त भई समयमा भवन निर्माण होस् भन्ने कामना गरे । गण्डकी प्रदेश सरकारद्वारा रु १० लाख विनियोजन भएपछि आधारभूत स्वास्थ्यचौकी नजीक रहेको करीब तीन आना क्षेत्रफलमा ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागिएको हो । वडाभित्र बस्ने स्थान नहुँदा ज्येष्ठ नागरिकहरु करीब दुई किलोमिटर हिँडेर दमौली बजार नजीक रहेको बिपी वनवाटिकास्थित बेलचौतारामा जाने गरेको जलेश्वर ज्येष्ठ नागरिक भवन निर्माण समितिका अध्यक्ष गणेश जिसीले जानकारी दिए । यसैबीच सोही वडास्थित…
Read More
एम्बुलेन्सले बाटोमै शव छोडेछ : प्रहरी

एम्बुलेन्सले बाटोमै शव छोडेछ : प्रहरी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा शव भेटिएपछि स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । स्थानीयवासीको सूचना पाउनेबित्तिकै प्रहरी त्यहाँ पुग्यो । कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी ग-यो । प्रहरीले खोजी गर्दा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो । उनीहरु गुराँस गाउँपालिका–२ दैलेखका रहेछन् । “मृतक गुराँस गाउँपालिका–२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्”, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.