समाज

रोगभन्दा भोकको पीडा सहन सकिएन सरकार !

रोगभन्दा भोकको पीडा सहन सकिएन सरकार !

सप्तरी । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो । २५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा चाहियो भनेर पटक पटक ताकेदा गरेर धम्क्याए , अर्कोपटक उधारो नदेला भन्ने भयले रु १०० भए पनि बुझाउन निस्केए ।”उहाँले रासससित भन्नुभयो । काखमा १९ दिनकी छोरी च्यापेकी मनोरमा चुलो अगाडि टोलाएकी छन् । उनीले भनिन्, “कसैले असहायका लागि चामल बाँडेको छ कि खाना खुवाउँदैछ भनेर भौतारिरहेका होलान् ।…
Read More
भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

भारतले नेपालका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

काठमाडौं । भारत सरकार द्वारा नेपालका ५६ वटा विद्यालयका भवन पुनःनिर्माण गरिने भएको छ । नेपालमा भूकम्प गए पश्चातको पुनःनिर्माण कार्यक्रम अन्तर्गत भारत सरकारद्वारा दुई अर्ब ९५ करोड रुपैयाँको आर्थिक सहयोगमा ५६ वटै विद्यालयहरुको पुनःनिर्माण गरिने बताइएको छ । पहाडी र हिमाली जिल्ला दोलखा , काभ्रेपलाञ्चोक , रामेछाप र सिन्धुपालचोक , गोरखा , नुवाकोट , धादिङ का ५६ वटा विद्यालय भवन पुनःनिर्माण हुने भएको छ । भारतीय राजदूतावास तथा शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजनामा कार्यान्वयन एकाइ बनाइ सात वटा सम्झौता पत्रमा दुबै पक्षको हस्ताक्षर गरिएको छ । भारतीय दूतावासले आज जारी गरेको विज्ञप्ति अनुसार भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणको क्षेत्रमा भारतकै…
Read More
करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

करणी उद्योगको उजुरी नलिने प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता

खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले करणी उद्योगसम्बन्धी जाहेरी लिन अस्वीकार गरेपछि पीडित पक्षले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका ५७ वर्षीय कुमार बाँस्तोलाविरुद्ध स्थानीय ३२ वर्षीया महिलाले दिएको जाहेरी प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले लिन अस्वीकार गरेपछि सोमबार पीडित पक्षले प्रहरीविरुद्ध नै मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालय दिक्तेलमा उजुरी दर्ता गराएको छ । पीडित भनिएकी महिलाले दिएको उजुरी सोमबार नै दर्ता गरेर अनुसन्धान शुरु गरिएको आयोगका निमित्त प्रमुख सुमित्रा राईले बताइन । “उजुरी आएलगत्तै पीडित महिलासँग सोधपुछ गरेर छानबिन शुरु गरिएको छ”, उनले भनिन, “घटनाका विषयमा थप अनुसन्धान गरेर कारवाहीको प्रक्रिया अगाडि…
Read More
रुकुम घटनाबारे इन्सेकले बुझायो प्रतिवेदन, यस्ता छन् निष्कर्ष

रुकुम घटनाबारे इन्सेकले बुझायो प्रतिवेदन, यस्ता छन् निष्कर्ष

काठमाडौं । इन्सेकले चौरजहारी घटनाका आरोपितलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। इन्सेकले चौरजहारी घटनाबारेको प्रतिवेदन संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेललाई बुझाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ। इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठ नेतृत्वको टोली सोमबार संसद भवन नयाँ बानेश्वर पुगेर सभापति पोखरेललाई सो प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै सभापति पोखरेलले यस्तो जघन्य घटनामा दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन आफू र मानव अधिकार समितिले कुनै कसर बाँकी नराख्ने बताए। उनले भने, ‘त्रुटिपूर्ण सामाजिक मान्यताको अन्त्य नभएसम्म यस्ता घटना भइरहने हुँदा त्यस्ता मान्यताको जरोमुलो उखेल्नु पर्छ।’ सो टोलीले सोमबार नै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य…
Read More
स्याङ्जा वालिङका काेराेना संक्रमितकाे शव व्यवस्थापन

स्याङ्जा वालिङका काेराेना संक्रमितकाे शव व्यवस्थापन

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारको क्रममा आइतबार राति ११ः२५ बजे निधन भएको उनको शव जातीय संस्कारअनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । सङ्क्रमितको शव ल्याउन लागिएको जानकारी पाएपछि दिउँसोदेखि नै वडा नं ११ फूलबारी र वडा नं २० का स्थानीयवासी विरोधमा उत्रिएका थिए । विरोधमा उत्रिएका स्थानीवासी र प्रहरीबीच झडप हुँदा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलासहित केही स्थानीयवासी तथा प्रहरी समेत घाइते भए…
Read More
कोरोनाबाट मृत्यु भएका व्यक्तिसंगै आएका ३० जनामा पनि काेराेना संक्रमण

कोरोनाबाट मृत्यु भएका व्यक्तिसंगै आएका ३० जनामा पनि काेराेना संक्रमण

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो । उनको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए । घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमार्टम गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत…
Read More
चितवनका थप २३ जनामा काेराेना संक्रमण पुष्टि

चितवनका थप २३ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं । चितवनकाे भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ८ जना महिला र १५ जना पुरुष रहेका छन् । उनीहरुमध्ये २ जना स्वास्थकर्मी रहेको बताइएकाे छ । त्यस्तै नेपालमा सोमवार थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै कुल संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । हालसम्म नेपालमा कोरोनाको कारण १४ जनाको ज्यान गएको र ४ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
Read More
कौसीमा गमले स्याउ

कौसीमा गमले स्याउ

कास्की । पोखरा–७ मासबारस्थित घरको छतमा लटरम्म पेपिनो मेलन अर्थात् गमले स्याउ फलेको छ । बन्दाबन्दीको समयलाई भरपुर सदुपयोग गर्दै लोचना अधिकारी र उनका श्रीमान् लालबहादुर पौडेल यतिबेला गमले स्याउको उत्पादमा व्यस्त छन । पेशाले सहारा आधारभूत विद्यालयका प्रधानाध्यापक अधिकारी कृषिकर्ममा पनि उत्तिकै चासो राख्छन । बन्दाबन्दीको समयमा उनको करेसाबारी होस् या कौसी होस् पेपिनो मेलन र अन्य तरकारी फलाएर आफ्नो कृषिकर्मलाई उजागार गरेकाे छ । उनीसँगै नयाँ फल गमले स्याउको उत्पादनमा श्रीमान् लालबहादुर पौडेल पनि सक्रिय छन । राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील पौडेलले काठमाडौँ भाटभटेनीमा यो फल पहिलोचोटी देखेको बताए । “निकै महँगो हुँदो रहेछ त्यतिबेला भाटभटेनीमा रु…
Read More
रेलमार्गको जग्गा अधिग्रहण प्रक्रिया शुरु

रेलमार्गको जग्गा अधिग्रहण प्रक्रिया शुरु

भद्रपुर । सरकारले मेची–महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको छ । पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनिएको १०६ किलोमिटर लामो काँकडभिट्टा–इनरुवा खण्डका लागि झापा, मोरड र सुनसरी जिल्लाभित्रका लगभग चार हजार कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरु भएको हो । सरकारले रेलमार्गले ओगट्ने ६७३ बिघा १८ कठ्ठा जग्गा अधिग्रहण गर्नेछ । झापामा ३०३ बिघा, मोरङमा २३० बिघा र सुनसरीमा १४० बिघा १८ कठ्ठा जग्गा अधिग्रहण हुनेछ । झापा जिल्ला प्रशासन कार्यालयले यही जेठ २४ गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरु भएको जानकारी दिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले ३५ दिनभित्र सम्बन्धित जग्गाधनीले…
Read More
बाबुछोरी कोरोना भाइरसबाट सङ्क्रमित

बाबुछोरी कोरोना भाइरसबाट सङ्क्रमित

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए । उनीहरुको यसअघिको आरडिटी परीक्षणमा पनि नतिजा पोजेटिभ आएको थियो । स्वाब सङ्कलन गरी परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालमा पठाइएकामा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै पाल्हीनन्दनमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २१ पुगेको छ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.