समाज

४० यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

४० यात्रु बोकेको टिपर कर्णालीमा खस्यो

काठमाडौँ । कालीकोटका करिब ४० यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिपर नदीमा खसेको हो । कालीकोटाको जिते बजारबाट यात्रु बोकेर हिँडेको टिपरले उनीहरुलाई राकोट नगरपालिकाको क्वारेन्टाइन लैजाँदै गर्दा दुर्घटना हुन पुगेकाे कालीकोटका सिडिओ चन्द्रप्रसाद गैरेले बताए । सिडिओ गैरेका अनुसार कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो । उनले भने, ‘घटनामा २ जनाको शव फेला परेको जानकारी छ, अरु विवरण आउने क्रममा रहेकाे छ ।’ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको र उद्दार कार्य भइरहेको सीडीओ गैरेले बताए । उनले भने, ‘घटना…
Read More
थुनुवाको मृत्युपछि छानबिनको माग गर्दै  प्रदर्शन

थुनुवाको मृत्युपछि छानबिनको माग गर्दै प्रदर्शन

धनुषा । इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । थुुनामा रहेका धनुषा सवैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताए । “सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर गएराति २ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा हामीले पायौँ”, प्रहरी निरीक्षक यादवले भने। थुनामै मुसहरको मृत्यु भएपछि घटना शङ्कास्पद रहेको भन्दै स्थानीयवासीले बरकुर्वामा सडक अवरुद्व गरी प्रदर्शन गरिरहेका छन् । उनीहरुले प्रहरी भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ । स्थानीयवासीले प्रहरी…
Read More
खेती गर्ने बेलामा रासायनिक मलकाे अभाव

खेती गर्ने बेलामा रासायनिक मलकाे अभाव

लमही । खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कृषि सामग्री कम्पनी लिमिटेडले मल पर्याप्त मात्रामा नभएको जनाउँदै किसानको मागबमोजिम उपलब्ध गराउन नसकेको जनाएको छ । परिवर्तन कृषि सहकारी संस्थाले कृषकलाई खेतीपातीका लागि आवश्यक पर्ने दुई सय बोरा अनुदानको रासायनिक मल माग गरेकामा युरिया र डिएपी ३० बोरा मात्र पाइएको संस्थाका व्यवस्थापक प्रेम तिवारीले भने । सहकारीमा सोमबार मल लिन आउनुभएका कृषक सुन्दरलाल चौधरी नपाएर रित्तो हात फर्के । ‘‘धान खेतीका लागि मल लिन आएको थिएँ…
Read More
कारको ठक्करबाट दुई जनाको मृत्यु

कारको ठक्करबाट दुई जनाको मृत्यु

कैलाली । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा ४ च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कारको ठक्करबाट अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन…
Read More
बाबुले गरे छोराको हत्या

बाबुले गरे छोराको हत्या

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १.३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि ल्याइएको छ । अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादक पदार्थ सेवन…
Read More
ललितपुरमा खुँडा प्रहार गरी पुरुषको हत्या

ललितपुरमा खुँडा प्रहार गरी पुरुषको हत्या

काठमाडाैं । ललितपुरको बाँडेगाउँमा एक पुरुषको हत्या भएको छ । भाडामा बस्दै आएका सोही स्थानका ३८ वर्षीय अमित शाहीको खुँडाले हानेर हत्या गरिएको हो । ‘हातखुट्टा बाँधेर टाउको छिनाइएको अवस्थामा शव फेला परेको छ,’ ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘हत्या कसले किन गर्यो भन्नेबारे अनुसन्धान गर्दैछौं ।’ मृतकका भिनाजु लक्ष्मी बहादुरका अनुसार २ बजे राति घरबाट बोलाएर हत्या गरिएको हो । घटना भएको थाहा पाएलगत्तै उनी घटनास्थल जान लागेको जानकारी दिए ।
Read More
घरेलु हिंसाविरुद्धको कारबाहीको प्रक्रिया नरोक्न सर्वोच्चकाे आदेश

घरेलु हिंसाविरुद्धको कारबाहीको प्रक्रिया नरोक्न सर्वोच्चकाे आदेश

काठमाडाैं । बन्दाबन्दीको कारण देखाएर घरेलु हिंसाविरुद्धको उजुरी नलिने कार्य नगर्न र कारबाहीको प्रक्रिया नरोक्न मंगलबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले त्यस्ता विषयमा मुद्दा ल्याएमा तत्काल दर्ता गरी कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइहाल्न पनि सबै जिल्ला अदालतलाई अन्तरिम आदेश दिएको छ । लकडाउनको समयमा उल्लेख्य मात्रामा घरेलु हिंसा भएको जनाउँदै अधिवक्ताद्वय रोशनी पौडेल तथा सरोजकृष्ण घिमिरेद्वारा संयुक्तरूपमा दायर गरिएको रिट निवेदनमा यति बेला महिलाको प्रजनन स्वास्थ्यको पनि सम्बोधन हुन नसकेको दाबी गरिएको थियो । सर्वोच्चले राष्ट्रिय महिला आयोगमा ११४५ नम्बरको हेल्पलाइन हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको उल्लेख त्यसमा…
Read More
रुपन्देही हत्याकाण्डको अनुसन्धान शुरु

रुपन्देही हत्याकाण्डको अनुसन्धान शुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक हत्याको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले आजदेखि नै अनुसन्धान शुरु गरेको जनाएको छ । अनुसन्धान टोलीको नेतृत्व गर्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले घटनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछलगायतको काम भएको जानकारी दिए । अनुसन्धान टोलीमा प्रदेश दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक विकाश खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर रहेका छन । तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने…
Read More
जडिबुटी दुर्घटनामा एक जनाकाे मृत्यु

जडिबुटी दुर्घटनामा एक जनाकाे मृत्यु

काठमाडाैं । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–७ काँडाघारीका २७ वर्षीया सुप्रभा लुईंटेलको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको आज बी एण्ड बी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा आगजनी काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० कपन नजिक पार्किङ गरी राखेको बा २ ख ६२२६ नम्बरको बसमा आज अपरिचित व्यक्तिले आगजनी गरेका छन् । आगलागीबाट बसमा करिब रु एक…
Read More
दुई औषधि पसललाई कारवाही

दुई औषधि पसललाई कारवाही

काठमाडाैं । बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई आज कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल रु दुई/दुई लाख जरिवाना गरिएको हो । उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ । रासस
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.