समाज

किसान हर्ष : फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक

किसान हर्ष : फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक

जाजरकोट । भर्खरै हुर्कंदै गरेको मकैबालीमा फौजी किराले काट्दा समस्यामा परेका कृषकलाई खेतबारीमै औषधिसहितको कृषि प्राविधिक खटाइको छ । जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुशी भएका छन् । कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुशी भएको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर थापाले बताए । गाउँपालिकाभरि फौजी किराले मकै सखाप पारेपछि कृषक हैरान भएको उनले बताए । अहिले प्राविधिक गाउँ गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताए । गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ कहाँ फौजी किराले मकैको बोट काटेको छ त्यहाँबाट सिधा…
Read More
गाउँपालिकाले बनायाे ३० शैयाको आईसोलेसन वार्ड

गाउँपालिकाले बनायाे ३० शैयाको आईसोलेसन वार्ड

काठमाडौैं । कास्कीको रुपा गाउँपालिकाले क्वारेन्टाइनमा बसेका दुईजनामा कोरोना पुष्टि भएसँगै थप सजगता अपनाएर आइसोलेशन वार्ड निर्माणमा जुटेको छ । आइसोलेशन वार्ड निर्माणका लागि गाउँपालिकास्थित उपयोगविहीन अवस्थामा रहेको अदिमभूमि संस्थाको तालिम केन्द्र भवनलाई मर्मत सम्भार गरी व्यवस्थित बनाउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । “सङ्क्रमण बढ्यो, बाहिरबाट आउनेक्रम पनि जारी छ, दुईजनामा सङ्क्रमण देखिएसँगै हामीले थप व्यवस्थित गरेर यसको रोकथाम र नियन्त्रणको प्रयासमा लागेका छौँ”, उनले भने, “कोरोना रोकथामको विषयमा हामी शुरुदेखि नै संवेदनशील बनिरहेका छौँ, सरकारले बन्दाबन्दी जारी गरेसँगै क्वारेन्टाइन बनाएर बाहिरबाट आउनेलाई राखेर सजगता अपनाइरहेका छौँ, अहिले परिस्थिति थप जटिल बन्दै गएको छ, यसबाट गाउँमा…
Read More
छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा ७ जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । गएकाे २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपालीको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित सडकमा द्रुतगतिमा रहेको कारले साइकललाई ठक्कर दिँदा सोही ठाउँका २६ वर्षीय साइकल चालक सोर्निमा चौधरी र साइकलमा सवार उनका पाँच वर्षीय छोरा कृष्टलको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । घाडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको हो । यसैगरी कैलालीकै गोदावरी नगरपालिका–४ बुढीतोलामा चालकले मोटरसाइकलको सन्तुलन नियन्त्रण गर्न नसक्दा २९…
Read More
मनसुन भित्रिन अझै केही दिन लाग्ने

मनसुन भित्रिन अझै केही दिन लाग्ने

काठमाडौं । नेपाल मनसुन भित्रिन अझैं केही दिन लाग्ने भएको छ । आज अर्थात् जुन १० का दिन नेपालमा मनसुन भित्रिनुपर्नेमा पाँच दिन ढिलो गरी भित्रिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो, त्यो बनिनसकेकाले अझै पाँच दिन लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । नेपालमा मनसुन भित्रिनका लागि पानी पर्ने गतिविधि बढ्नाका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरी न्यून चापीय रेखा बन्नुपर्छ । ‘यी प्रणालीहरु विकसित हुने क्रमै रहेकाले मनसुन केही दिन ढिलो भित्रिने सम्भावना रहेको हो’, मौसमविद् कँडेलले भने । यसका साथै मनसुन प्रवेश गर्नका लागि…
Read More
(अपडेट) कालीकोट दुर्घटनाः मृतक, घाइते र बेपत्ताको पहिचान

(अपडेट) कालीकोट दुर्घटनाः मृतक, घाइते र बेपत्ताको पहिचान

कालिकोट । कालीकोटको लालीघाटमा बुधबार बिहान भएको टिपर दुर्घटनामा परी मृत्यु भएकाको सनाखत भएको छ । मृत्यु हुनेमा कालीकोटको रास्कोट नगरपालिका–२ का २१ वर्षीया ठुम्की सार्की र २३ वर्षीया शर्मिला सार्की रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए । दुर्घटनामा परी ६ जना बेपत्ता छन् । बेपत्ता हुनेमा रास्कोट नगरपालिकाका सोविन्द्र सार्की, धीर सार्की, कुल सार्की, कमर सार्की, धनरुपा सार्की र प्रकाश सार्की रहेका छन् । बेपत्ताको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको छ । दुर्घटनामा नौजना घाइते भएका छन् । घाइते हुनेमा रास्कोट नगरपालिकाका अनिता सार्की, सपना सार्की, गोविन्द्र सार्की, मीना सार्की, कमला…
Read More
अवैध हतियारसहित २० वर्षीय युवक पक्राउ

अवैध हतियारसहित २० वर्षीय युवक पक्राउ

चितवन । अवैध हतियार पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुुर महानगरपालिका–११ का २० वर्षीय सुजन सुनार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई गणेशस्थानबाट पक्राउ गरिएको हो । उनको कोठामा लुकाइराखेको अवस्थामा नौ एमएमको पेस्तोल एक थान, फायर भएकोजस्तो देखिने गोली १० थान, खोका दुई थान बरामद भएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। उनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ६ अन्तर्गत हतियार तथा खरखजनासम्बन्धी कसूरमा अनुसन्धान तथा कारवाही गरिने उनले जानकारी दिए । सोमबार पक्राउ परेका उनको अनुसन्धानपछि प्रहरीले आज जानकारी गराएको हो । रासस
Read More
अपडेट टिपर दुुर्घटनामा दुई जनाकाे मृत्यु, ६ जना बेपत्ता

अपडेट टिपर दुुर्घटनामा दुई जनाकाे मृत्यु, ६ जना बेपत्ता

मान्म । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित कर्णाली करिडोरमा भएकाे टिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उनञ्चालीस जना यात्रु सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो । टिपर नदीमा खस्दा ६ जना कर्णाली नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कालीकोटका प्रमुख श्यामबाबु ओलियाले बताए। उनका अनुसार अहिले बेपत्ताको खोजी भइरहेको र नौ घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिँदै गरेको छ । बाइस यात्रु सकुशल रहेको र टिपर चालक फरार रहेको जनाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
Read More
सूर्यविनायकको गाई फार्ममा आगलागी

सूर्यविनायकको गाई फार्ममा आगलागी

भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् । फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए । आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान ३ बजे आगो नियन्त्रणमा आएको उनले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट रु आठ लाख ७० हजार बराबरको क्षति भएको छ । मदिरा बरामद महानगरीय प्रहरी वृत्त जगातीका…
Read More
टौखेलमा मकैबारीमा पुरुषको शव भेटियाे

टौखेलमा मकैबारीमा पुरुषको शव भेटियाे

काठमाडौं । गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं-१० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ । राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो । आज बिहान करीब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गरेका छन् । हत्या…
Read More
पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा

पाँच वर्षमुनिका ४७२ बालबालिका क्वारेन्टाइनमा

बाजुरा । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् । बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टाइनमा जम्मा पाँच हजार ३३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २७६, गौमुल गाउँपालिकामा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.