समाज

कक्षा १० को एसइई परीक्षा नहुने

कक्षा १० को एसइई परीक्षा नहुने

काठमाडाैं । बुधबारको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसद्मा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिए । शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको…
Read More
यो वर्ष एसईई परीक्षा नहुने सरकारको निर्णय

यो वर्ष एसईई परीक्षा नहुने सरकारको निर्णय

काठमाडौं । यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)को नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस वर्ष एसईई नगर्ने विषयको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । गत चैत ६ गते नै हुनुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो । यसअघि विभिन्न शिक्षासम्बन्धी संघसंगठन र सरोकारवालाले पनि विद्यालयको आन्तरिक मूल्यांकनलाई आधार मानेर नतिजा सार्वजनिक गर्न सरकारलाई सुझाउँदै आएको थियो ।
Read More
लकडाउन खुकुलो बनाउने तीन चरणका निर्णय: के-के खुल्छ अब?

लकडाउन खुकुलो बनाउने तीन चरणका निर्णय: के-के खुल्छ अब?

काठमाडौं।  सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले लकडाउन खुकुलो पार्न तीन चरणको कार्यक्रम लागू गर्ने निर्णय गरेको हो। उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो। बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो । कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गरिएको हो। पहिलोचरणमा कृषिसँग जोडिएका क्रियाकलापलाई अघि बढाउने, कम जोखिमका क्षेत्रहरुमा  स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयको सुरक्षा मापदण्ड अनुसार खुलाउन दिने निर्णय भएको छ । पहिलो चरणको परिर्वतित मोडालिटीका आधारमा अर्को चरणमा लामो दूरीका सवारी साधन तथा विद्यालयहरु…
Read More
रूपन्देही हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको बयान

रूपन्देही हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको बयान

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएका छन् । हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ । हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको…
Read More
चार्टर्ड उडानबारे छानबिन समिति गठन

चार्टर्ड उडानबारे छानबिन समिति गठन

काठमाडाैं । सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको भनी आएको गुनासोबारे छानबिन गर्न मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र पर्यटन मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।…
Read More
एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

एसइई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । मन्त्रालयले गठन गरेको सुझाव कार्यदलको प्रतिवेदनअनुसार आन्तरिक मूल्याङ्कनसहित विभिन्न तीन विकल्प दिइ आज नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तयार गरिएको हो । उक्त प्रस्तावबारे मन्त्रिपरिषद्को बैठकले चाँडै निर्णय गर्ने छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिने क्रममा माध्यमिक शिक्षासहित विभिन्न तहका परीक्षाका बारेमा आएका तीन विकल्पबारे गृहकार्य गरी सरकारले छिट्टै निर्णय गर्ने बताउनुभएको थियो…
Read More
जबरजस्ती करणी आरोपमा युवक पक्राउ

जबरजस्ती करणी आरोपमा युवक पक्राउ

सिरहा । जबरजस्ती करणी गरेको आरोपमा सिरहा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । गाउँकै एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा कल्याणपुर नगरपालिका ४ महोलियाका २२ वर्षीय हैदर मियाँलाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मियाँलाई आजै जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहामा दर्ता भई थप अनुसन्धान सुरु गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी विनोद घिमिरेले जानकारी दिए ।
Read More
लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण

लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरण

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका राजधानीको किर्तिपूरस्थित मच्छगाँउ र चन्द्रागिरीको मातातीर्थ क्षेत्रमा बसोबास गर्ने रुकुमका ७१ मजदुरहरुलाई राहत वितरण गरिएको छ रुकुम पूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य कमला रोकाको पहलमा ७१ परिवारलाई राहत वितरण गरिएको हो । सो राहत वितरणका लागि चन्द्रागिरी हिल्स प्रालीलिका महाप्रवन्धक अभिषेकविक्रम शाहले ३० बोरा चामल राहत उपलब्ध गराएका छन् । यस्तै, अमेरिकामा रहेका अभय श्रेष्ठ र सामाजिक अभियान्ता तथा युवा नेता प्रदीप परियारले पनि सहयोग गरेका थिए ।
Read More
सेनालाई विवादमा ल्याउने प्रयास भयो – सैनिक जनसम्पर्क निर्देशनालय

सेनालाई विवादमा ल्याउने प्रयास भयो – सैनिक जनसम्पर्क निर्देशनालय

काठमाडौं । जंगीअड्डाले नेपाली सेनालाई विवादमा ल्याउने प्रयास भएको बताएको छ । कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट भएको स्वास्थ्य सामग्री खरिदमा सेनालाई विवादमा मुछ्ने प्रयास भएको जंगीअड्डाले जनाएको हो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘होल अफ नेसन एप्रोच अवलम्बन गर्दै परिचालन गर्न अत्यावश्यक देखिएको अवस्थामा राष्ट्रिय संयन्त्रको एक महत्वपूर्ण अंगको रुपमा रहेको नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीको मूल्यको तुलनाको आधारमा, विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु आफैंमा अत्यन्त गम्भिर विषय हो ।’ सरकारले दिएको जिम्मेवारी बमोजिम तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा…
Read More
१० – ५ व्यवसाय चलाउन माग

१० – ५ व्यवसाय चलाउन माग

काठमाडौं । पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र पेस गर्दै चेम्बरले नेपाल सरकारको निर्देशनमा रोक्का गरिएबाहेकका मझौला तथा साना व्यवसाय बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । चेम्बर अफ कमर्स कास्की वस्तुगततर्फका उपाध्यक्ष तथा चेम्बर, कोभिड –१९ नियन्त्रण तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले स्वास्थ्य सतर्कता र सामाजिक दूरी कायम गरी उद्योगव्यवसाय सञ्चालन गर्ने वातावरणका लागि महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको जानकारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.