समाज

काेराेना संक्रमित भेटिपछि बन्द भएकाे अस्पतालको नियमित सेवा शुरु

काेराेना संक्रमित भेटिपछि बन्द भएकाे अस्पतालको नियमित सेवा शुरु

साेलुखम्बु । जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिए । अस्पतालका अनुसार बिहीबार पहिलो दिन ओपिडीमार्फत ३५ बिरामीले सेवा लिएका छन् । कोरोना पोजेटिभ देखिएका युवाको सम्पर्कमा रहेका कारण अस्पतालका स्वास्थयकर्मी क्वारेन्टिनमा बसेका थिए । अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको कोरोना पिसीआर रिपोर्टसमेत नेगेटिभ आएको छ । रासस
Read More
रूकुम घटनाका मृतकलाई सांस्कृतिक शहीद घोषणा गर्न माग

रूकुम घटनाका मृतकलाई सांस्कृतिक शहीद घोषणा गर्न माग

काठमाडाैं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुम(पश्चिम) चौरजहारी नगरपालिका–८ मा यही जेठ १० गते भएको घटनाका मृतक ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ । एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन आज सार्वजनिक गर्दै सङ्घले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कानूनी कारवाही गर्न सुझाव दिएको छ । सङ्घका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन टोलीमा अधिवक्ता बद्रीप्रसाद भुसाल तथा दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे र चिन्ता परियार थिए । रासस
Read More
जोखिम मोल्दै क्वारेन्टिनमा आमा र बच्चा

जोखिम मोल्दै क्वारेन्टिनमा आमा र बच्चा

बाजुरा । भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन् । क्वारेन्टिनमा सन्तानको जन्म दिँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? त्यही अनुभव साटेका छन् एक आमाले । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ कुणीका २२ वर्षीया तुल्छी चदारा धुराल्सैन माविको क्वारेन्टिनमा १४ दिनको सुत्केरी छिन् । चदाराले पहिलो सन्तानका रुपमा छोरीलाई क्वारेन्टिनमै जन्म दिइन् । बिहान बेलुकाको छाक टार्ने नोकरी छुट्नु, चारदिनको भात्रेकभोकै भारतबाट नेपालको यात्रामा हिँड्नु, त्यसपछि घर नजिक पुगिसकेपछि पनि क्वारेन्टिनको बास हुन पुगेको दुई दिनपछि सुत्केरी हुनु उनलाई दुर्भाग्य जस्तै लागेको छ । उनलाई सुत्केरीको बेला थप खाना त कहाँ हो कहाँ अरु बेलाजत्तिको खान पाए…
Read More
रुकुम घटनाबारे संसदीय समितिमा छलफल सुरु

रुकुम घटनाबारे संसदीय समितिमा छलफल सुरु

काठमाडौं । पश्चिम रुकुम घटनाको अनुसन्धानका लागि गठन भएको संसदीय विशेष समितिले प्रारम्भिक छलफल सुरु गरेको छ । विशेष समितिले बिहीबार सभामुख अग्निप्रसाद सापकोटालाई औपचारिक रुपमा भेटगरी छलफल सुरु गरेको हो । समितिका संयोजक देवेन्द्र पौडेलले अनौपचारिक रुपमा यसअघि नै कुरा भएको र आजदेखि औपचारिक छलफल सुरु भएको बताए । उनले संविधान संशोधनका लागि मतदान गरेलगत्तै घटनाको अध्ययन अनुसन्धानका लागि रुकुमको चौरजहारी जाने बताए । उनले भने, ‘अनौपचारिक रुपमा त पहिले पनि कुरा गरेका थियौं र हामी प्रारम्भिक छलफल सुरु गरेका छौं । कार्यविधि बनाउनेदेखि लिएर सबै निकै गम्भिरतापूर्वक सम्मानित सदनले दिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं ।…
Read More
ट्र्याक्टरले च्याप्दा मृत्यु

ट्र्याक्टरले च्याप्दा मृत्यु

दमाैली । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बुधबार राति ट्र्याक्टरले च्याप्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीय पञ्चराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बालुवा, ढुङ्गा लोड गर्ने क्रममा अनटेष्ट ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरले च्याप्दा सोही ट्र्याक्टरमा काम गर्ने गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । यसैगरी बुधबार राति नै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा बा१९च ४८०४ नंको स्कोरपियोको ठक्करबाट आठ वर्षीय बालक घाइते भएका छन् । घाइते हुनेमा आठ वर्षीय रोशन सुनार रहेका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएर…
Read More
क्वारेन्टाइनबाट महिला फरार

क्वारेन्टाइनबाट महिला फरार

तुलसीपुर । क्वारेन्टाइनमा रहेकी एक महिला भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थि अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ । क्वारेन्टाइनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तिब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । खोजी कार्यका लागि प्रहरी निरीक्षक झलक प्रसाद शर्माको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । यसअघि पनि क्वारेन्टाइनबाट भागेकी महिलालाई विरुवाको डाँडाबाट फर्खाएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि क्वारेन्टाइनमा श्रीमान र श्रीमति बस्दै आएका छन् । क्वारेन्टाईनमा ६७ जना छन् ।
Read More
लकडाउन उलंघन गर्दै प्रदर्शन गर्नेलाई प्रहरीकाे लाठी

लकडाउन उलंघन गर्दै प्रदर्शन गर्नेलाई प्रहरीकाे लाठी

कास्की । लकडाउनको उलंघन गर्दै प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले लाठीचार्ज गरेको छ । ‘स्वतन्त्र पोखरेली’ को नाममा जिल्ला प्रशासन कार्यालय कास्की अगाडि भएको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गरेको हो । बढ्दो कोरोना संक्रमणका बीच सरकारले नियन्त्रणमा प्रभावकारी कदम नचालेको तथा पीसीआरको दायरा नबढाएको भन्दै उनले प्रदर्शन गरेका थिए । लकडाउन उलंघन गर्दै प्रदर्शनमा नगर्न प्रहरीले आग्रह गर्दागर्दै नमानेपछि लाठीचार्ज भएको बताइएको छ । सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेको बताइएको छ ।
Read More
बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ

बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ

कञ्चनपुर । प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहाका २५ वर्षीय वीरु चौधरीलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । पीडित बालिकाका परिवारकाका उजुरीका आधारमा चौधरीलाई आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । “बालिकाको स्वास्थ्य परीक्षण गर्नका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी गरेका छौँ”, उनले भने।
Read More
सोती घटना : थप तीन पक्राउ

सोती घटना : थप तीन पक्राउ

काठमाडाैं । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा यही जेठ १० गते भएको घटनाका फरार दुईसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं ८ का घमण्ड मल्ल, विष्णु मल्ल र सविन पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुई र थप खुल्न आएका एक गरी तीन जनालाई पक्राउ गरिएको छ । फरार दुई जनालाई घटना घटेको १८ दिनपछि पक्राउ गरिएसँगै सो घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि फरक–फरक समयमा २५ जनालाई पक्राउ गरेको थियो । अब सो घटनामा संलग्न रहेको…
Read More
टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

हेटाैडा । मकवानपुरको हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयमा कार्यरत रहनुभएका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो । प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.