समाज

सिद्धबाबामा कार दुर्घटना

सिद्धबाबामा कार दुर्घटना

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रीत भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो । दुर्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ । घाईतेको नाम ठेगाना खुुल्न अझै नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Read More
बाजुराको खाद्य डिपोमा चामल सकियो

बाजुराको खाद्य डिपोमा चामल सकियो

बाजुरा । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडकोे डिपोमा चामल अभाव भएको छ । जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा विपन्न जनतालाई चामल वितरण गर्न सकेको छैन । कम्पनीले सार्वजनिक सूचनामार्फत डिपोमा चामल सकिएको भन्दै यही जेठ २१ गतेबाट अर्को सूचना जारी नहुँदासम्म चामल बिक्रीमा रोक लगाएको छ । आर्थिक वर्ष २०७६/७७ मा ढुवानी अनुदानको चामल सात हजार क्विन्टल बिक्री वितरण भइसकेको र कम्पनीको गोदाममा न्यूनतम मौज्दात भएकाले वितरण रोकेको डिपो प्रमुख नवीनप्रसाद आचार्यले बताए । विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला खाद्य कम्पनीमा चामल सकिनु बाजुरामा खाद्य सङ्कट…
Read More
क्षमता भन्दा बढी कैदीबन्दी राखेपछि सुत्न सकस

क्षमता भन्दा बढी कैदीबन्दी राखेपछि सुत्न सकस

तनहुँ । तनहुँको सदरमुकाम दमौलीस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दी सकसमा दिनरात गुजार्दै आएका छन् ।क्षमता भन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य भएका हुन् । २५ जना क्षमता रहेको उक्त कारागारमा हाल ७६ थुनुवा र ७१ बन्दी गरी १४७ कैदीबन्दी रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा रातको समयमा सुत्न सकस हुने गरेको कारागारका निमित्त प्रमुख एवं सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए । गर्मी बढेसँगै ठाउँ साँघुरो हुँदा सुत्ने समयमा खप्टिएर सुत्नुपर्दा कठिनाइ भोग्नुपरेको छ । उनले भने, “क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा सुत्न र शौचालय जाने समयमा समस्या हुने गरेको छ ।” कार्यालय भवन, सुरक्षा ब्यारेक र महिला बन्दीगृह…
Read More
सौराहाका होटल क्वारेन्टिन बनाउन तयार

सौराहाका होटल क्वारेन्टिन बनाउन तयार

सौराहा । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उनले बताए । उनले भने– ‘पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौँ ।’ सौराहामा १२० वटा होटल रहेका छन् । लकडाउनसँगै पर्यटक नभएपछि सबै होटल बन्द छन् । यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । होटल…
Read More
धुलिखेलमा दुर्गमलक्षित क्वारेन्टिन

धुलिखेलमा दुर्गमलक्षित क्वारेन्टिन

काभ्रे । तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलमा क्वारेन्टिन व्यवस्थित गरिने भएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले जिल्लाको अति दुर्गम मानिएका तीन स्थानीय तहका नागरिक राख्न धुलिखेल नगरपालिका–७ स्थित धुलिखेल क्याम्पसमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गर्ने निर्णय गरेको हो । हालसम्म तेस्रो मुलकबाट आठ काभ्रेली फकिएका छन् । भौगोलिक विकटता र वर्षात्को समय नजिकिँदै गएकाले तेस्रो मुलुकबाट फर्किएका क्वारेन्टिनमा राख्नुपर्ने नागरिकलाई सम्बन्धित स्थानीय तहमा लैजान र स्वाब सङ्कलन गर्न कठिनाइ हुने भएकाले धुलिखेल नगरसँग समन्वय गरी जिल्ला सदरमुकाम धुलिखेलमै क्वारेन्टिन निर्माण गरिने केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने,…
Read More
सल्यानबाट कर्णाली प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक निर्माण

सल्यानबाट कर्णाली प्रदेश राजधानी जोड्ने वैकल्पिक सडक निर्माण

सल्यान । सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण पूरा भएको छ । यससँगै अब सिद्धकुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्लीबजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको छ । कर्णाली प्रदेश सरकारको समपूरक बजेटबाट राजधानी जोड्ने वैकल्पिक सडक निर्माण गरिएको हो । कर्णाली प्रदेश सरकारको रु ७५ लाख र सिद्धकुमाख गाउँपालिकाको रु एक करोड २५ लाख लागतमा सडक निर्माण गरिएको हो । सिद्धकुमाख गाउँपालिकाको ढोरचौर, उचाल्ने खार्वन हुँदै सागिनेसम्मको सडक निर्माण गरेपछि वैकल्पिक सडक निर्माण पूरा भएको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चालाउनेले जानकारी दिए । जिल्लामा सदरमुकाम खलङ्गाबाट बालुवासङ्ग्रही सडकको प्रयोग गरेर मात्रै सुर्खेत जान सकिने अवस्था भए पनि…
Read More
ट्र्याक्टर दुर्घटनामा ९ वर्षीया बालिकाको मृत्यु

ट्र्याक्टर दुर्घटनामा ९ वर्षीया बालिकाको मृत्यु

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ बाघखोरमा बिहीबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिकाकै स्थानीय बालिका बिविशा पाण्डे रहेकी छिन् भने अर्का स्थानीय ४० वर्षीया शर्मिला तामाङ घाइते भएको प्रहरीले बताएको छ । जिल्लाको सदरमुकाम गाईघाट बजारमा दैनिक उपभोग्य वस्तु बोकेर उदयपुरगढीतर्फ जाँदै गरेको स१त ५१०७ नंको ट्र्याक्टर साँझ ७ बजे उदयपुरगढीको बाघखोर भन्ने सडकखण्डमा अनियन्त्रित भई सडकबाट तल खसेको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढाले बताए । प्रहरीले घटनास्थल पुगेर ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर ल्याएको र घाइते तामाङको…
Read More
बसन्तपुरमा प्रदर्शन

बसन्तपुरमा प्रदर्शन

काठमाडौं । शुक्रबार बसन्तपुरमा पीसीआर परीक्षणको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् । शुक्रबार नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका…
Read More
५ थान भरुवा बन्दुकसहित ६ जना पक्राउ

५ थान भरुवा बन्दुकसहित ६ जना पक्राउ

बागलुङ । बागलुङमा पाँच थान भरुवा बन्दुकसहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–१ दरौंदीका ४९ वर्षीय चित्रराज कँडेल, ३६ वर्षीय थमबहादुर घर्ती, ३७ वर्षीय होमबहादुर रोका, २९ वर्षीय खिमानन्द कँडेल, ४२ वर्षीय टङ्कबहादुर रोका र बमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । विषेश सूचनाका आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट अवैध हतियार लुकाइराखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका छ जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरिएको बताइएको छ । त्यस्तै प्रहरीले स्थानीयको रोहवरमा उनीहरुको घर खानतलासी गरेको थियो ।
Read More
३ नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु

३ नम्बर पुलबाट ट्रक खस्दा चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तीन नम्बर पुलबाट आज बिहान ट्रक खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १६ का ३२ वर्षीय विजय रुम्बा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर अस्पतालमा उपचारका क्रममा रुम्बाको मृत्यु भएको हो । मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको ना८ख ५२०० नंको ट्रक अनियन्त्रित भई खोल्सामा खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ५ स्थित सो पुलबाट करिब ५० मिटर तल ट्रक खसेको थियो । ट्रकमा सिमेन्ट घोल्ने मिक्सचर जडान गरिएको छ । घटना बिहान ६ः३५ बजे भएको हो जीवितलाई मृत्यु भएको भन्दै आन्दोलन चितवन मेडिकल कलेजमा उपचाररत एक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.