सबै सरकारी कार्यालय आजबाट खुला
काठमाडाैँ । देशभरका सरकारी कार्यालयहरू आज (१ असार) देखि सञ्चालन हुँदैछन्। आजबाट सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुन लागेका हुन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिन ११ चैतदेखि देशभरका अधिकांश सरकारी कार्यालय बन्द छन्। ८३ दिनदेखि बन्द रहँदै आएका सरकारी कार्यालय आजबाट पूर्ण रुपमा सञ्चालन हुन लागेका हुन्। लकडाउनको समयमा केन्द्रीय निकायका रूपमा रहेका मन्त्रालय र केही अत्यावश्यकीय सेवा दिने कार्यालयबाहेक अधिकांश कार्यालयहरू बन्द रहँदै आएका थिए। बिहानको सिफ्ट बिहान ६ बजेदेखि १ बजेसम्म र दिउँसोको सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन्। कोरोना संक्रमण फैलिन नदिन सुरक्षाका सबै उपाय अपनाएर कार्यालय सञ्चालन गरिने सरकारले जनाएको छ। तर, सरकारले…