समाज

लकडाउन फेरि ब्युँताउने तयारी!

लकडाउन फेरि ब्युँताउने तयारी!

काठमाडौँ । सरकारले लकडाउनलाई पुनः ब्युँताउने तयारी गरेको छ। सरकारी उच्च स्रोतका अनुसार असार मसान्तभित्र लक डाउन पुनः सुचारु गर्ने तयारी भएको हो । असार महिना आर्थिक वर्षको अन्तिम महिना भएको हुँदा सरकार तथा निजी क्षेत्रले हिसाब मिलन गर्नका लागि लकडाउन खुकुलो बनाइएको हो । पर्याप्त राजश्व संकलन संकलन नहुँदा सरकारलाई खर्च चलाउन समेत मुस्किल पर्दै गएको छ । अर्कोतर्फ वर्षभरि भएका कामको भुक्तानी दिने र त्यसबापतको कमिसन लिने बेला पनि यही समय भएको हुँदा लगाउनलाई खुकुलो बनाइएको हो । तर, संक्रमितको संख्या सात हजार नाघेको अवस्थामा पनि लकडाउन खुकुलो भएको मा सरकारको आलोचना भइरहेको छ । सरकारलाई राजश्व संकलन…
Read More
अनियमितता भएको प्रश्न उठिरहेकाे बेला सेनाले सार्वजनिक गर्‍यो खर्च विवरण

अनियमितता भएको प्रश्न उठिरहेकाे बेला सेनाले सार्वजनिक गर्‍यो खर्च विवरण

काठमाडौं । अनियमितता भएको प्रश्न उठिरहेकाे बेला नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि खर्च विवरण सार्वजनिक गरेकाे छ। सेनाले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेको क्वारेन्टिन व्यवस्थापनमा अनियमितता भएको भन्ने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ। चीनबाट ल्याइएका १७५ विद्यार्थीलाई नेपाली सेनाकै नेतृत्वमा भक्तपुरको खरिपाटी क्वारेन्टिनमा सम्पूर्ण प्रवन्ध मिलाई १७ दिन राखेको पुर्‍याएको योगदानको बेवास्ता गर्दै अर्नगल प्रचार भएको भनी सेनाले आपत्ति प्रकट गरेको छ । उक्त क्वारेन्टिनका लागि खरिद गरिएको मध्ये रु तीन लाख उन्नाइस हजार मूल्य बराबरको औषधि पनि स्टोर मौज्दात रहेको जानकारी दिइएको छ । उक्त क्वारेन्टिनमा रहनेलाई खानाका लागि रु ५५ लाख एक हजार,…
Read More
‘सरकारले अवकास प्राप्त गोर्खा सैनिकमाथि ठुलो अन्याय र विभेद गरेको छ’

‘सरकारले अवकास प्राप्त गोर्खा सैनिकमाथि ठुलो अन्याय र विभेद गरेको छ’

दार्चुला । विश्व महामारी कोभिड १९ का कारण झन्डै तीन महिना सम्म लकडाउन का कारणले भुतपुर्व गोर्खा सैनिकले पेन्सन बुझ्न पाएका छैन्न नेपाल र भारत सिमा नाका बन्द गरि सरकार कानमा तेल हालेर बसेको महाकाली नगरपालिका वडा नम्बर १ का पुर्ब गोर्खा सैनिक कल्यान कुवरले बताए । भुतपुर्व गोर्खा सैनिकले प्रत्येक महिना भारतीय स्टेट बैंकबाट पेन्सन बुझ्ने गरेको र हाल कोभिड १९ कोरना कारण सीमा नाका बन्द भएकाेले पेन्सन बुझ्न नपाएकाे उनले बताए । नेपाल सरकारले तीन महिना सम्म सिमा नाका बन्द गर्दा त्यस को प्रत्येक्ष असर भारत सरकार बाट पेन्सन बुझ्नेलाई परेको छ । पुर्ब गोर्खा सैनिक भन्नू हुन्छ…
Read More
लकडाउनका कारण गाडी नचल्दा गनतब्य पुग्ने क्रममा बृद्धको मृत्यु

लकडाउनका कारण गाडी नचल्दा गनतब्य पुग्ने क्रममा बृद्धको मृत्यु

धनकुटा । धनकुटामा हिंड्दा हिड्दै बेहोस भएर एक बृद्धको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ लेगुवाका ७१ बर्षीय रनबहादुर राईको मंगलबार दिउँसो सहिदभूमी–१ स्थित त्रिवेणीमा मृत्यु भएको हो । मोरङको सुन्दरहरैंचा–४ स्थित छोरीको घरमा गएर छोरी ज्वाईसहित तीन जना फर्कदै गर्दा बाटोमै राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । सुन्दरहरैंचाबाट बराहक्षेत्र–त्रिवेणी हुँदै भोजपुरको रामप्रसाद राई गाउँपालिका स्थित अर्की छोरीको घरमा जाने क्रममा राईको मृत्यु भएको हो । लकडाउनका कारण गाडी नचल्दा उनीहरु मोरङको सुन्दरहरैचाबाट पैदल हिडेर भोजपुर जाँदै थिए । त्रिवेणी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक अनिल राईका अनुसार बाटोमा आउने क्रममा…
Read More
क्वारेन्टाइनबाट घर पुगेकी युवतीले गरिन् आत्महत्या, पीसीआर ‘पोजेटिभ’

क्वारेन्टाइनबाट घर पुगेकी युवतीले गरिन् आत्महत्या, पीसीआर ‘पोजेटिभ’

काठमाडौं । सुर्खेतमा क्वारेन्टाइनबाट घर पुगेकी एक युवतीले आत्महत्या गरेकी छन्। घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीमा कोरोना भाइरसकाे समेत संक्रमण पुष्टि भएको छ । युवती गत जेठ १२ गते श्रीमान् र ३ वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टाइनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले बताए । आरडीटी नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको उनले बताए । असार १ गते आत्महत्या गरेकी ती महिलाको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोस्टमार्टम…
Read More
काेराेनाका कारण ज्यान जानेकाे संख्या २० पुग्याे

काेराेनाका कारण ज्यान जानेकाे संख्या २० पुग्याे

काठमाडौं । बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ की ४६ वर्षीय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। यो सँगै मृतकको संख्या २० पुगेको छ। मिर्गौला समस्या भएपछि उनी जेठ ३० गते नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। उनको असार १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। रिपोर्ट नतिजा नआउँदै उनको सोही साँझ ६ बजे मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। उनको मृत्यु भएपछि आएको रिपोर्ट कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयले जनाएको छ।
Read More
सामूहिक बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न महिला सांसदको माग

सामूहिक बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न महिला सांसदको माग

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गरेका छन् । क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन् । उनले बझाङ, डोटीलगायत जिल्लामा पनि क्वारेन्टिन भित्र महिलामाथि विभिन्न प्रकारका घटना भएको सार्वजनिक भइरहेकाले महिलालाई होम क्वारेन्टिनमा राख्नुपर्ने माग गरिन् । प्रदेशसभा सदस्य नन्दा बमले बलात्कारको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताइन् । न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टिनमा यसरी महिला राख्नु व्यवस्थापनको ठूलो कमजोरी भएको प्रदेशसभा सदस्य…
Read More
सरकारविरुद्ध नेवि संघको नारा: कोरोनाको उपचार, नुन, तेल बेसार (फाेटाेफिचर)

सरकारविरुद्ध नेवि संघको नारा: कोरोनाको उपचार, नुन, तेल बेसार (फाेटाेफिचर)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको बिजुली बजारमा प्रदर्शनमा उत्रिएका नेवि संघका नेता कार्यकर्ताले सरकारविरुद्ध लेखिएका प्ले कार्डसहित नारावाजी गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डाक्टर भन्दै कोरोनाविरुद्ध, नुन, तेल र बेसार भए पुग्ने भन्दै व्यङ्ग्य गरेका दृष्यहरु प्रदर्शन गरेका छन्। उनीहरुले प्रधानमन्त्री ओलीको तस्बिरसमेत जलाएका छन्।
Read More
चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका रामजी राउतकी अन्दाजी १० वर्षीया छोरी कृतिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । बालिकाको शवलाई आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए । रासस
Read More
किसानलाई ४० हजार माछाका भुरा वितरण

किसानलाई ४० हजार माछाका भुरा वितरण

म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका क्षेत्रका २७ किसानलाई माछाका भुरा वितरण गरेको छ । मत्स्य अनुसन्धान केन्द्र बेगनासताल पोखराबाट ग्रास र कमन कार्प जातको माछाका भुरा ल्याएर किसानलाई वितरण गरिएको नगरपालिकाको पशु शाखाले जनाएको छ । प्रतिभुरालाई ५० पैसाका दरले खरिद गरी किसानलाई न्यूनतम ५ सयदेखि तीन हजारसम्म माछाका भुरा वितरण गरिएको पशुसेवा शाखाका प्रमुखसमेत रहेका पशु स्वास्थ्य प्राविधिक प्रदीप गौतमले जानकारी दिए । चालु आर्थिक वर्षको बजेटबाट कूल रु ४५ हजारमा पोखरादेखि माछाका भुरा ल्याई किसानलाई अनुदानमा उपलब्ध गराइएको उहाँले बताउनुभयो छ । किसानको पोखरीको क्षमताअनुसार भुरा वितरण गरिएको जनाइएको छ । नगरपालिकाको भकिम्लीका १२, ज्यामरुककोटका छ, रत्नेचौरका चार, अर्थुङ्गेका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.