आज सलमानको जन्मदिन : यी हुन् रोचक किस्सा
एजेन्सी : बलिउडका दिग्गज अभिनेता सलमान खानलाई पहिचानको आवश्यकता छैन । बलिउडका बिग बजेटको फिल्म भन्नासाथ सलमानको नाम छुट्दैन । सलमान अभिनयका अलावा गायनमा पनि उत्तिकै मोह राख्छन् । उनको जन्म डिसेम्बर २७, १९६५ मा प्रख्यात कलाकार तथा लेखक सलीम खानको घरमा भएको हो । सलमानले कैयौं सफल फिल्म निर्माण गरेका छन् । फिल्मबाहेक सलमान निजी जीवनका कारण पनि चर्चामा आउछन् । यहाँ सलमानको बारेमा नसुनिएका केही रोचक कुरा प्रस्तुत छन्- सलमान पछिल्लो २० वर्षदेखि कुनै पनि होटलको प्रमुख ढोकाबाट भित्र प्रवेश गरेका छैनन् । यो कुराको खुलासा उनले कपिल शर्मा शोमा गरेका थिए । उनका अनुसार २० वर्ष यता…