सलमान, शाहरुखलाई उछिन्दै प्रभास बने भारतकै महंगो हिरो

एजेन्सी : साउथ फिल्म अभिनेता प्रभास भारतकै महंगो अभिनेता बनेका छन्। ‘बाहुबली’ जस्तो ब्लकबस्टर फिल्ममा अभिनय गरिसकेका उनले एक फिल्मका लागि १ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन्।

प्रभासको हातमा अहिले ठूला बजेटका फिल्म धेरै छन्। जसमा ‘राधे श्याम’, ‘सालार’, ‘आदिपुरुष’, ‘प्रोजेक्ट के’ र ‘स्प्रिट’ छन्। उनको रिलिज हुन लागेका धेरै फिल्म निर्माता भूषण कुमारले बनाएका हुन्।

प्रभासले सन्दीप रेड्डी वांगाको फिल्म ‘स्प्रि,ट’को लागि १ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका हुन्। उनले फिल्म ‘आदिपुरुष’मा पनि १ सय ५० करोड नै पारिश्रमिक लिएका थिए।

अभिनेता सलमान खानले फिल्म ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’का लागि सय करोड बढी पारिश्रमिक लिएका थिए। सलमान पछि पछिल्लो १० वर्षमा सय करोड भन्दा बढी पारिश्रमिक लिने अभिनेतामा अक्षय कुमार पर्दछन्।

उनले फिल्म ‘बेल बटम’बाट सय करोड पारिश्रमिक लिएका थिए। प्रभासको फिल्म ‘स्प्रिट’को सुटिङ सन् २०२२ को अन्त्यतिर हुनेछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.