कट्रिनाले विवाहबारे किन खोलिनन् मुख ?

एजेन्सी । बलिउड अभिनेबी कट्रिना कैफ सुन्दरताका कारण सधैं चर्चामा हुन्छिन्। दुनियाँ उनको दिवानी छ। अभिनेता सलमान खानसँगको उनको निकटता र अर्का अभिनेता रणवीर कपुरसँगको लभ अफेयरका कारण उनी लामो समय चर्चामा रहिन्।

तर यीभन्दा पनि अभिनेता विक्की कौशलसँगको सम्बन्धले बजारलाई बढी ततायो। यसै वर्ष विक्की कट्रिना विवाह बन्धनमा बाँधिन लागेको बताइएको छ। भारतीय सञ्चार माध्यमले विवाहबारे सम्पूर्ण जानकारी निकालिसकेका छन्। तर यसको आधिकारिकता भने कतैबाट पुष्टि भएको छैन।

न विक्कली विवाहबारे केही भनेका छन् न कट्रिनाले मुख खोलेकी छिन्। आजतकका अनुसार कट्रिना आफ्नो पुराना सम्बन्धहरुका कारण विवाहबारे नबोलेकी हुन्। प्रेममा उनको दि धेरैपटक टुटिसकेको छ। असफल प्रेमबाट थाकेकी कट्रिनाको फिल्म करियरमा पनि कुनै समय ठूलो असर देखिएको थियो।

कट्रिनाले विक्कीसँगको सम्बन्धलाई गुपचुप राख्दै सिधै विवाह गर्न खोजेको बताइएको छ। उनीहरुको विवाह राजस्थानमा हुने दाबी गरिएको छ। डिसेम्बरमा विवाह तय भएको र पाहुनाहरुको लिस्टसमेत तयार भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.