अर्थ

चिनियाँ कम्पनीहरूलाई कुलमान घिसिङको चेतावनी

चिनियाँ कम्पनीहरूलाई कुलमान घिसिङको चेतावनी

काठमाडाैं । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन र सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको निरीक्षण भ्रमण गर्दै आगामी असारभित्र निर्माण सक्न ती कम्पनीहरूलाई चेतावनी दिएका छन्। चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटमध्ये भोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ। आयोजना असारभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ। यो सबस्टेसन निर्माण नभएमा मध्यभोटेकोसीको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न नसकी खेर जाने छ। कार्यकारी निर्देशक घिसिङले त्यस्तो अवस्था आएमा १०२ मेगावाटको विद्युत् आयोजनाले…
Read More
नेपाली नाेट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

नेपाली नाेट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्ममा चिनियाँ कम्पनीलाई दिएकाे छ । राष्ट्र बैंकले आइतबार उक्त दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको हो । बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ । केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको…
Read More
नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

काठमाडाैं । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो । फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप) र फेब्रुअरी १८ मा जोइन्ट स्टेयरिङ कमिटीको बैठक बस्ने भेटुवालले जानकारी दिनुभयो । “अर्को हप्ता तय भएको बैठकमा मुख्यगरी दुई देशको ऊर्जा सहकार्य, अन्तरदेशीय विद्युत् व्यापार, अन्तरदेशीय प्रशारणलाइन पूर्वाधार निर्माणलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार…
Read More
अझै खाेलेन चीनले ताक्लाकोट नाका

अझै खाेलेन चीनले ताक्लाकोट नाका

दार्चुला । छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । तीन वर्षदेखि नाका बन्द रहँदा यहाँका व्यवसायी मर्कामा परेका छन् । ६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् । नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् । चीनसित जोडिएका अन्य उत्तरी नाका खोल्न पहल भए पनि दार्चुलासितको नाका सञ्चालनका लागि कुनै पहल नभएको स्थानीय व्यापारीहरूले गुनासो गरेका छन् । विगतमा ताक्लाकोटबाट भन्सार पास नहुदा नेपाल–चीनको व्यापार बन्द भए पनि दार्चुलाको व्यासका स्थानीयले…
Read More
नेपाल-भारत सहकार्यको ७५ वर्ष : ७५ विकास कार्यक्रममा साझेदारीको घोषणा

नेपाल-भारत सहकार्यको ७५ वर्ष : ७५ विकास कार्यक्रममा साझेदारीको घोषणा

काठमाडौं । नेपाल-भारत कूटनैतिक सम्बन्ध तथा विकास साझेदारीको सफलतापूर्वक ७५ वर्ष पूरा भएको छ । सोही अवसरमा सोमबार राजधानीमा नेपालका लागि भारती दूतावासले 'इन्डिया-नेपाल डेभलपमेन्ट पार्टनसिप कनक्लिभ' को आयोजना गर्दै ७५ वर्ष, ७५ विकास कार्यक्रमको साझेदारीको घोषणा गरेको छ। नेपालसँगको साझेदारीमा मुलुकभित्र भौतिक, पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य, ऊर्जा, खानेपानी तथा संस्कृति, पर्यटन क्षेत्रमा काम गरिरहेको भारतले आर्थिक वर्ष २०२२/२३ मा ७५ वटा परियोजनामा काम गर्ने जनाएको छ । जसमध्ये ४८ वटा कार्यक्रम भूकम्प पछि मात्रै सम्पन्न गरिएको दूतावासको भनाइ छ । भूकम्प लगत्तै एक सय मिलियन अमेरिकी डलर आर्थिक सहयोग गरेको भारत सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा मात्र ११ वटा…
Read More
चिनियाँ कम्पनी होङ्सी ग्रुपमा लगानी गरेका बैंकहरूकाे ६ अर्ब डुब्ने खतरा

चिनियाँ कम्पनी होङ्सी ग्रुपमा लगानी गरेका बैंकहरूकाे ६ अर्ब डुब्ने खतरा

काठमाडौं। हाेङ्सी सिमेन्ट सञ्चालक समितिबाट नेपाली साझेदार बाहिरिएपछि यसका लगानीकर्ता बैंकहरू अहिले तनावमा छन्। व्यवस्थापनको मनपरीका कारण होङ्सीको वित्तीय अवस्था प्रभावित भएको र सच्याउनसमेत तयार नभएपछि नेपाली साझेदार बोर्डबाट बाहिरिएका थिए। केही दिनअघि बोर्डबाट शिवम् सिमेन्टका तर्फबाट सञ्चालक बनेका विश्वनाथ गोयल, शिवरतन शारडा र सुशील गुप्ताले राजिनामा दिएका थिए। उनीहरूले व्यवस्थापनको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएको र बोर्डबाट स्वीकृत नगराइ काम गर्न थालेपछि चित्त बुझाएका थिएनन्। नेपाली साझेदार बोर्डबाट बाहिरिएपछि होङ्सीमाथि लगानी गर्ने बैंकहरू एकापसमा छलफलमा जुटेका छन्। ‘होङ्सीको वित्तीय अवस्था राम्रो छैन, फेरि स्वदेशी साझेदार पनि त्यही विषयलाई लिएर असन्तुष्ट हुँदै बाहिरिएका छन्,’ होङ्सीमाथि लगानी गर्ने एक बैंक सञ्चालकले क्यापिटल…
Read More
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे लागि चीनबाट लिएकाे ऋण ‘आत्मघाती’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे लागि चीनबाट लिएकाे ऋण ‘आत्मघाती’

काठमाडाैं । चीनले दिएकाे ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण सम्पन्न भएकाे छ । जसकाे आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन समेत गरेका छन् । तर गत २ जेठ २०७९ मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित रहेकाे अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाे छ । यो बेला धेरैको मनमा उठेको प्रश्न छ, ‘पोखराको सुविधासम्पन्न नयाँ विमानस्थलको हालत पनि भैरहवाको गौतमुबद्ध विमानस्थलको जस्तै हुन्छ कि ?’ तथ्यमा हेर्ने हो भने भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका केही समानताहरु छन् । यी दुबै विमानस्थल स्थानीय क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरेर बनेका हुन् । तर, यी दुबै विमानस्थल…
Read More
चाइना लैजान लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा, चलखेल हुनसक्ने आशंका

चाइना लैजान लागिएको ५ हजार केजी रुद्राक्ष राजस्वको कब्जामा, चलखेल हुनसक्ने आशंका

शंकास्पद रूपमा नेपालबाट चाइनातर्फ लैजाँदै गरेको ५ हजार केजी रुद्राक्ष राजस्व अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएर केन्द्रीय कार्यालय काठमाडौं पठाएको छ । बिहीबार आन्तरिक राजस्व कार्यालय धरानले क्रेता र बिक्रेता स्पष्ट नभएको र शंकास्पद रूपमा ढुवानी गरिएको पाइएपछि धरानबाट दुईवटा पिकअपलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको थियो । तर, आइतबार राजस्व अनुसन्धान कार्यालयले इटहरीमा अनुसन्धान नै नगरी उक्त सामानसहित राजस्व अनुसन्धान विभाग केन्द्रीय कार्यालय काठमाडौंमा पठाएको छ । बाग्मती प्रदेश ०१–०२६ च ५६०२ र प्रदेश १–०२–००२ च ४४३९ नम्बरको पिकअप गाडी आन्तरिक राजस्व कार्यालय धरानले नियन्त्रणमा लिएर अनुसन्धानका लागि इटहरीमा बुझाएको थियो । उक्त पिकअपमा एउटामा २ हजार ५…
Read More
प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नै सेनाले दियाे द्रुतमार्गकाे ठेक्का

प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ कम्पनीलाई नै सेनाले दियाे द्रुतमार्गकाे ठेक्का

प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ ठेकेदार कम्पनीले नै द्रुतमार्गको ठेक्का हात पारेकाे छ । नेपाली सेनाले प्राविधिक प्रस्ताव अस्वीकार गरेको चिनियाँ ठेकेदार कम्पनीलाई नै काठमाडौं–तराई–मधेश द्रुतमार्ग छैठौँ प्याकेजको ठेक्का दिएको हाे । प्याकेज ६ का लागि ग्लोबल टेन्डर आह्वान हुँदा सुरुमा सेनाले छनाेट गरेका कम्पनीमा नरहेको चाइना फस्ट हाइवे कम्पनीले सोही प्याकेज निर्माणको ठेक्का पाएको खुलेकाे छ । प्याकेज ६ का लागि सेनाले जेठ १८ गते टेन्डर आह्वानमा १२ कम्पनीले प्रस्ताव पेस गरेका थिए। सेनाले १६ भदौमा प्राविधिक प्रस्तावमा पास भएका पाँचवटा कम्पनीलाई भदौ ३१ गते वित्तीय प्रस्ताव खुला गर्ने भन्दै सहभागिताका लागि चिठी लेख्यो। तर, एक दिनअघि ३० भदौमा…
Read More
दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प

दुई महिनासम्म चिनियाँ खाद्य सामग्रीको आयात ठप्प

काठमाडाैं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ खाद्य सामग्रीको आयात दुई महिनासम्म हुन सकेन। चीनको तिब्बतका विभिन्न स्थानमा कोरोना देखिएपछि नाका बन्द हुन पुग्यो जसका कारण भदौ र असोजमा खाद्य सामग्रीको आयात ठप्प भयो। अहिले नाका सञ्चालनमा आएको भएपनि खाद्य सामग्रीको आयातले निरन्तरता पाउन सकेको छैन। चालु आर्थिक वर्ष २०७९/८० को साउन महिनामा ४९.३ मेट्रिक टन खाद्य सामग्री आयात भएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जनाएको छ। साउनमा ४० वटा नमुना परीक्षण गरेको थियो। कार्यालयका अनुसार नाकाबाट केही महिनायता आयातमा पनि कमि आएको छ। चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.